Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3841 - 3846 of 23516
फिल्मीखबर, काठमाडौं, २०८० वैशाख १८, सोमवार

निश्चल बस्नेतले निर्देशनमा कमब्याक गर्न लागेको फिल्म ‘दिमाग खराब’मा मुख्य कलाकारको लाइनअप पूरा भएको छ । निर्देशक बस्नेतले सोमबार सार्वजनिक गरेको फिल्मको पोस्टरमा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा र विजय बरालको नाम उल्लेख छ । फिल्ममा सौगात मल्लको पनि अभिनय रहने चर्चा थियो । तर, अब उनको ‘च्याप्टर क्लोज’ भएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० वैशाख १८, सोमवार

आगामी जेठ ५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ए साथी सुन’को ‘मनले भन्छ’ बोलको गीत सोमबार युट्युबमा सार्वजनिक गरिएको छ । गीतमा हर्क साउदको शब्द रचना तथा उज्वल सागरको संगीत र स्वर रहेको छ । लिरिकल गीतमा फिल्मका मुख्य अभिनेता रमेश बानियाँ र अभिनेत्री वर्षा सिवाकोटी प्रस्तुत छन् । उनीहरुको प्रेम र वियोगको दुईवटा पाटो गीतमा देखाइएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० वैशाख १८, सोमवार

नेपाली फिल्म क्षेत्रमा सर्वाधिक रुचाइएको जोडी हो, पल शाह र आँचल शर्मा । पहिलो पटक फिल्म ‘नाईं नभन्नू ल ४’मा एकसाथ काम गरेका उनीहरुले त्यसपछि फिल्मसँगै म्यूजिक भिडियोमा लामो समय सहकार्य गरे । जोडी रुचाइनु र सहकार्य पनि निरन्तर हुँदा उनीहरुको सम्बन्धलाई लिएर व्यापक चर्चा पनि भयो । तर, दुवैले यसको खण्डन गर्दै असल मित्रताको मात्र सम्बन्ध दर्शाए ।

फिल्मीखबर, मुम्बई, २०८० वैशाख १८, सोमवार

बलिउड सुपरस्टार आमिर खानले केही वर्षअघि एक अन्तर्वार्तामा भनेका थिए, ‘सलमान खानले सर्टको पछाडि चस्मा झुन्ड्याएको भरमा उनको फिल्मले सय करोड कमाउँछ । त्यो हो स्टारडम ।’ हुन पनि सलमानको स्टारडमले फिल्म कमजोर बनेको भए पनि डिजास्टर हुन दिँदैन । उनको नामैले फिल्म चल्छ । यसैले भन्ने गरिन्छ, ‘फिल्म कि सलमान भरोसाले चल्छ कि भगवान् भरोसाले ।’

फिल्मीखबर, काठमाडौं, २०८० वैशाख १७, आईतवार
फिल्मीखबर, काठमाडौं, २०८० वैशाख १७, आईतवार

चलचित्र पत्रकार संघ नेपाल (एफजेए)को २४औं वार्षिकत्सवको अवसरमा सात जना चलचित्र पत्रकारहरु सम्मानित तथा पुरस्कृत हुने भएका छन् । आइतबार काठमाडौंमा बसेको संघको कार्यसमिति बैठकले आगामी जेठ ७ गते शातिप्रिय, तुलसी गिरी, श्रीराम सिग्देल, कुबेर डंगोल, दीपज्योति थापा, सृष्टि पोखरेल र रवि अधिकारीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

Results : 3841 - 3846 of 23516