Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3847 - 3852 of 23516
फिल्मीखबर, काठमाडौं, २०८० वैशाख १७, आईतवार

फिल्मको चर्चा बनाइराख्न कलाकारको लुक्सले ठूलो भूमिका खेल्छ । उदाहरणको रुपमा साउथ फिल्म ‘पुष्पा २ : द रुल’लाई लिन सकिन्छ । सुपरस्टार अल्लू अर्जुनले साडी लगाएको एउटा पोस्टरले फिल्मलाई चौगुणा चर्चा दिलायो । नेपाली मेकरहरु भने सुटिङ सेटबाटै किस्ता-किस्तामा कलाकारको लुक्स सार्वजनिक गरिदिन्छन् । जसले गर्दा रिलिजसम्म फिल्मप्रति उत्साह नै बाँकी रहँदैन ।

फिल्मीखबर, काठमाडौं, २०८० वैशाख १७, आईतवार

अभिनेता गौरव पहारीको फिल्ममा व्यस्तता बढ्न थालेको छ । उनले गत हप्ता मात्र फिल्म ‘नम्बरी सुन’को छायांकन पूरा गरेका थिए । यसलगत्तै उनी फिल्म ‘दुई कदम’को छायांकनमा व्यस्त भएका छन् । फिल्ममा उनको जोडी अभिनेत्री विमला लिम्बुसँग बाँधिएको छ । सुटिङ सेटबाट फिल्मको टिमले उपलब्ध गराएको तस्बिरहरुमा गौरव र विमला रोमान्टिक भावमा देखिएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० वैशाख १७, आईतवार

‘कबड्डी ४’ र ‘जारी’को सुपरहिट जोडी दयाहाङ राई र मिरुना मगर अभिनीत फिल्म ‘नाङ्गो गाउँ’को छायांकन नसकिँदै अष्ट्रेलिया राइट्स विक्री भएको छ । अष्ट्रेलियाको एमएसएम इन्टरटेन्मेन्ट्सले फिल्मको प्रदर्शन अधिकार खरिद गरेको हो । फिल्मको राइट्स महंगोमा विक्री भएको निर्माण टिमले दाबी गरे पनि मूल्य भने खुलाइएको छैन । फिल्मको २० प्रतिशत छायांकन हुन बाँकी नै छ ।

फिल्मीखबर, काठमाडौं, २०८० वैशाख १७, आईतवार

नेपालीमा एउटा उखान छ, ‘नपत्याउने खोलाले बगाउँछ ।’ फिल्म ‘जारी’ले यो उखानलाई चरितार्थ गरिदिएको छ । टिजर रिलिज हुँदासम्म फिल्मको व्यापार बलियो हुने अपेक्षा फिल्मकर्मीलाई मात्र होइन, टिमकै सदस्यहरुलाई पनि थिएन । त्यसमाथि फिल्मको प्रदर्शन पटक-पटक सर्दै आएको थियो । तर, जब ट्रेलर र ‘चरी बस्यो’ गीत रिलिज भयो त्यसपछि फिल्मको हाइप ह्वात्तै चुलियो ।

फिल्मीखबर, काठमाडौं, २०८० वैशाख १६, शनिवार

टिकटकबाट उदाएर म्यूजिक भिडियोमा जमेकी मोडल गरिमा शर्मा अब अभिनेत्रीको रुपमा स्थापित हुने प्रयासमा छिन् । कोरोना महामारीपछि उनले लगातार फिल्म साइन गरिरहेकी छन् । उनको डेब्यू फिल्म ‘लण्डन टू पेरिस’ प्रदर्शनको पखाईमा छ भने दोस्रो फिल्म ‘ह्रस्व दीर्घ’ दोस्रो चरणको छायांकनको तयारीमा छ । यसबीच, गरिमाले तेस्रो फिल्मको रुपमा ‘दौँतरी’ साइन गरेकी छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० वैशाख १६, शनिवार

‘नाईं नभन्नू ल’ सिरिज कलाकार जन्माउने फ्याक्ट्री हो । यो सिरिजले जन्माएका धेरै कलाकार फिल्म क्षेत्रमा स्थापित छन् । अनुभव रेग्मी, वर्षा सिवाकोटी, पल शाह, वर्षा राउत, आँचल शर्मा, सेड्रिना शर्मा, अभिषेक नेपाल यही फिल्मको सिरिजका उत्पादन हुन् । शुक्रबारबाट प्रदर्शनरत फिल्म ‘नाईं नभन्नू ल ६’बाट पनि निर्देशक विकासराज आचार्यले केही नयाँ कलाकारलाई भित्राएका छन् ।

Results : 3847 - 3852 of 23516