
‘बाहुबली’ फेम्ड अभिनेता प्रभास अभिनीत नयाँ फिल्म ‘आदिपुरुष’को उच्च भिएफएक्ससहितको ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट १९ सेकेन्डको ट्रेलरमा हनुमानको बहादुरी र शक्ति, राम-सीताको प्रेम, राम बनवास गएपछि रावणले सीतालाई अपहरण गरेर लंका लगेको, राम लंका गएर सीतालाई ल्याउन गरेको कथालाई देखाइएको छ । ट्रेलरमा भिएफएक्स सानदार देखिएको छ ।

बौद्ध धर्मका ठूला गुरु मानिने खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)द्वारा निर्देशित पाँचौं फिल्म ‘डाकिनी’ आगामी जेठ ५ गतेबाट नेपालका हलमा प्रदर्शन हुने भएको छ । ‘टलकजंग भर्सेस टुल्के’, ‘जात्रा’ र ‘महापुरुष’ जस्ता सफल फिल्मको निर्माता कम्पनी षट्कोण आर्टस्ले यो फिल्मलाई नेपालमा प्रदर्शन गर्न लागेको हो । फिल्मलाई सीमित नेपाली मल्टिप्लेक्सहरुमा रिलिज गरिनेछ ।

नेपालकै धनाड्य र सफल ब्यानर मानिन्छ, आइकोर फिल्म्स । मेकिङमा पैसाको खोलो बगाउने ब्यानर हो यो । ‘मेरो एउटा साथी छ’ र ‘इन्टु मिन्टु लण्डनमा’ले यो प्रमाणित गर्छ । बैशाख २१ गतेबाट प्रदर्शनमा आएको यही ब्यानरको नयाँ फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’मा पनि मेकिङमा ‘कम्प्रमाइज’ देखिन्न । तर, यो फिल्मले आइकोर फिल्म्सको साख जोगाउन असमर्थ भएको छ ।

अघिल्लो वर्ष प्रदर्शनमा आएको फिल्म ‘प्रेमगन्ज’मा अभिनेत्री बेनिशा हमालपछि अभिनयको प्रशंसा कमाएका कलाकार हुन्, तेज गिरी । पेशाले उनी बैंकर्स हुन् तर रुचि अभिनयमा छ । यसैले उनले दुई डुंगामा खुट्टा राखेर एकसाथ यात्रा गरिरहेका छन् । र, दुवै पेशामा सन्तुष्ट छन् उनी । उनले ‘काले’, ‘धौली’, ‘पञ्चेबाजा’, ‘लभ लभ लभ’, ‘गोपी’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन् ।

अभिनेत्री वर्षा सिवाकोटीको यस वर्षका लागि पहिलो फिल्म ‘ए साथी सुन’ आगामी जेठ ५ गतेबाट प्रदर्शनमा आउँदैछ । उनले यो फिल्मबाट व्यावसायिक सफलताको आशा राखेकी छन् । यसै साता सार्वजनिक ट्रेलरमा उनी लभर गर्लको रुपमा प्रस्तुत छिन् । एक दृश्यमा भने उनलाई एन्टागोनिस्ट पात्रले बन्धक बनाएको देख्न सकिन्छ । ट्रेलरले फिल्म बदलाको कथामा बनेको संकेत गर्छ ।

दुई श्रृंखलामा निर्माण हुन लागेको फिल्म ‘द अनब्रेकेबल : अगस्त्य’ च्याप्टर वानमा कलाकार प्रवेशको शिलशिला रोकिएको छैन । सौगात मल्ल, मलिका महत र नाजिर हुसेनपछि फिल्ममा थप तीनजना कलाकारहरु प्रमोद अग्रहरी, रविन्द्र झा र विजय बराल जोडिएका छन् । योसँगै फिल्ममा कलाकारको लाइनअप बलियो बनेको छ । फिल्ममा केही भारतीय कलाकार पनि जोडिनेछन् ।

