
एक वर्षअघि एक नाबालिग गायिकाले अभिनेता पल शाहविरुद्ध प्रहरीमा जाहेरी हालेपछि फिल्मकर्मीहरु नै दई कित्तामा बाँडिए । कोही पलको समर्थनमा उभिए त कसैले ती गायिकालाई ठूलो आँड-भरोसा दिए । त्यसबेला पल निर्दोष रहेको भन्दै खुलेर वकालत गर्नेमा अभिनेत्री पूजा शर्मा सबैभन्दा अगाडि थिइन् । उनले पलको बचाउमा ती गायिकाको चरित्रमाथि प्रश्न समेत उठाएकी थिइन् ।

फिल्म निर्माणमा सफल मानिएका सुनिल कुमार थापाले आफ्नो नयाँ फिल्म ‘भगवत् गीता’लाई आगामी भदौ २९ गते प्रदर्शन गर्ने भएका छन् । यसअघि कृष्ण अष्टमीको अवसरमा फिल्म रिलिज गर्ने उनको योजना थियो । तर, भदौ २१ मा बलिउड सुपरस्टार शाहरुख खान अभिनीत फिल्म ‘जवान’ प्रदर्शन हुने भएपछि निर्माता थापाले तिजलाई लक्षित गरेर फिल्म प्रदर्शन गर्न लागेका हुन् ।

सुपरहिट फिल्मको सिक्वेल वा सिरिजलाई ब्रान्डको संज्ञा दिइन्छ । फिल्म व्यवसायमा ब्रान्डको आफ्नै महत्व छ । नाम ब्रान्ड भएको फिल्मलाई पैसा फल्ने बोट भन्ने गरिन्छ । यसैले त हरेक वर्ष नयाँ नाममा भन्दा सिक्वेल र सिरिज फिल्मको निर्माण बढी हुन्छ । तर, यस वर्ष प्रदर्शनमा आएका दुईटा फिल्म ‘प्रसाद २’ र ‘नाईं नभन्नू ल ६’को व्यापार अंकले अब ब्रान्ड बिक्छ भन्ने भ्रम तोडिएको छ ।

अभिनेत्री श्रद्धा प्रसाईं विवाह बन्धनमा बाँधिएकी छन् । उनले प्रेमी विक्की अग्रवालसँग लगनगाँठो कसेकी हुन् । विवाहपूर्व उनीहरु २ वर्षदेखि प्रेम सम्बन्धमा थिए । बुधबार आर्मी अफिसर्स क्लबमा भैरहेको विवाह समारोहमा ‘कमेडी क्लब’का कलाकारहरुदेखि शोकी अध्यक्ष दीपाश्री निरौलासम्मको उपस्थिति छ । श्रद्धा र विक्कीले बुधबार साँझ नै रिसेप्सन पार्टीको आयोजना गरेका छन् ।

अचेल फिल्म बनाउनभन्दा हलमा दर्शक तान्न महाभारत छ । विस्फोटक प्रचार गरिएका फिल्म समेत दर्शक अभावले छट्पटिएका छन् । दर्शकको खल्तीबाट पैसा निकाल्न कहाँ सजिलो छ र ? यसका लागि फिल्म आफैंमा बलियो हुनुपर्छ । तर, केही मेकरहरु फिल्मभन्दा फण्डामा विश्वास गर्छन् । कहिले लभ अफेयर त कहिले रोनाधाना । तर, अहिले यस्ता फण्डा हदभन्दा सस्ता भैसके ।

अभिनयमा पारंगत मानिन्छन्, महेश त्रिपाठी । उनले धेरै फिल्ममा काम गरेका छैनन्, तर जतिमा गरेका छन् आफ्नो अभिनयको प्रभाव छाडेका छन् । बैशाख दोस्रो साता सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘प्रसाद २’मा पनि उनको अभिनयको प्रशंसा भएको थियो । अब उनी अभिनीत नयाँ तर अभिनयको हिसाबले डेब्यू फिल्म ‘हल्कारा’ यही शुक्रबार (बैशाख २९ गते)बाट रिलिज हुँदैछ ।

