Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3799 - 3804 of 23516
फिल्मीखबर, काठमाडौं, २०८० वैशाख २९, शुक्रवार

गत आइतबार विपश्यना ध्यानका लागि नेपाल आएका अभिनेता आमिर खान स्वदेश फर्किएका छन् । उनी शुक्रबार बिहान करिब ११ बजे इण्डिगो एयरलाइन्सबाट भारत प्रस्थान गरेको जानकारी प्राप्त छ । उनी १० दिनको ध्यान बीचमै छाडेर स्वदेश फर्किनुको कारण भने खुलेको छैन । उनी बुढानीलकण्ठस्थित नेपाल विपश्यना ध्यान केन्द्रको ध्यान शिविरमा भाग लिन नेपाल आएका थिए ।

फिल्मीखबर, काठमाडौं, २०८० वैशाख २९, शुक्रवार

अभिनेत्रीको जुन मानक बनेको छ, त्यसमा अटाउने नाम हो, जसिता गुरुङ । अभिनेत्रीमा हुनुपर्ने सबै गुण छ उनमा । सुन्दरताको चर्चा हुँदा उनको नाम छुट्दैन । अभिनयमा पनि उनले आफ्नो कला देखाइसकेकी छन् । फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’बाट उनले नृत्यमा पनि आफूलाई प्रमाणित गरेकी छन् । तर, उनका लागि फिल्मको सफलता भने ‘आकाशको फल’ झैँ बनिरहेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० वैशाख २९, शुक्रवार

मोबाइल र इन्टरनेटको युगभन्दा अगाडि नेपालमा चिठीबाट सन्देश आदान-प्रदान हुन्थ्यो । चिठी लिएर हुलाकी घर-घर पुग्थे । कुनै समय चिठीले नेपाली समाजमा मोबाइलको काम गरेको थियो । तर, प्रविधिको फड्कोसँगै मोबाइलको बढ्दो प्रयोगले अहिले चिठीपत्र भन्ने कुरा एकादेशको कथा जस्तो भैसकेको छ । अबको नयाँ पुस्तालाई त हुलाक र चिठीपत्र भन्ने नै थाहा नहुन सक्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० वैशाख २८, बिहिवार

अभिनेता पल शाहले आफूले भोगेको घटनामाथि आफ्नै निर्देशन र अभिनयमा म्यूजिक भिडियो तयार पारेका छन् । बिहीबार पल स्वयंको युट्युब च्यानलमा सार्वजनिक गरिएको ‘तिमीलाई हेर्ने बानी पर्‍यो’को फिमेल भर्सन गीतमा उनले आफ्नै कैदी जीवनदेखि रिहाईसम्मको घटना देखाएका छन् । एक घटनाका कारण पल गत वर्षको फागुन १५ गते १ वर्ष जेल जीवन विताएर फर्केका हुन् ।

एजेन्सी, मुम्बई, २०८० वैशाख २८, बिहिवार

बलिउडमा सय करोडलाई फिल्म सफलताको मानक मानिन्छ । ठूला सुपरस्टारका फिल्मलाई समेत यो अंक जोड्न हम्मेहम्मे पर्छ । २०२३ मा अहिलेसम्म तीनवटा फिल्म ‘पठान, ‘किसीका भाई किसीका जान’ र ‘तू झुठी मैं मक्कार’ले मात्र सय करोड कमाएका छन् । अक्षय कुमार, अक्षय देवगन, कात्तिक आर्यन जस्ता ठूला सुपरस्टारका फिल्मलाई समेत यो वर्ष सय करोड असम्भव बन्यो ।

फिल्मीखबर, काठमाडौं, २०८० वैशाख २८, बिहिवार

यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हल्कारा’ले प्रिमियरमा प्रशंसा कमाएको छ । बुधबार साँझ राजधानीमा भएको प्रिमियरमा उपस्थित कलाकारदेखि नेतासम्मले फिल्मको कथावस्तु, कलाकारको अभिनय आदिको खुलेर प्रशंसा गरे । प्रिमियरमा नेताहरु रघुजी पन्त, प्रदीप ज्ञवालीसँगै कलाकारहरु मुकुन भुषाल, राजन खतिवडा, मनिष राउतलगायतको उपस्थित रहेको थियो ।

Results : 3799 - 3804 of 23516