Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3799 - 3804 of 24236
फिल्मीखबर, काठमाडौं, 2023-11-03, शुक्रवार

यस वर्षको महाशिवरात्रीमा नेपाली फिल्मबीच रोचक प्रतिस्पर्धा हुने छनक देखिएको छ । आगामी फागुन २५ गते एकपछि अर्को फिल्म थुप्रिरहेका छन् । ‘काँडेतार’, ‘रंगेली’ र ‘लोकल हिरो’पछि अब यो मितिमा अभिनेत्री रेखा थापाको कमब्याक फिल्म ‘उपहार’ पनि प्रदर्शनमा आउने भएको छ । शुक्रबार एक गीत रिलिज गर्दै महाशिवरात्रीलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2023-11-03, शुक्रवार

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएदेखि बोर्ड इतिहासमा नै सर्वाधिक विवादमा तानिँदै आएको छ । कहिले राष्ट्रिय अवार्डबाट उत्कृष्ट फिल्मको विधा नै हटाउने निर्णयका कारण होस् या केही संस्थाहरुले फिल्मको नाममा आपत्ति जनाएपछि शीर्षक नै हेरफेर गर्न भूमिका खेलेको घटनाले होस्, उनीसँगै बोर्डको औचित्यमाथि पनि गम्भीर प्रश्न उठ्दै आइरहेको अवस्था छ ।

फिल्मीखबर, काठमाडौं, 2023-11-03, शुक्रवार

अभिनय र लेखनमा अब्बल मानिएका खगेन्द्र लामिछानेका लागि यस वर्ष विशेष छ । यही दशैंमा उनको लेखन तथा निर्माण रहेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ व्यावसायिक रुपमा सफल ठहरियो । अब उनको मुख्य भूमिका रहेको फिल्म ‘दिमाग खराब’ तिहारको अवसर पारेर कात्तिक २४ गतेबाट प्रदर्शन हुँदैछ । यो फिल्म पनि सफल भैदिए उनका लागि यस वर्ष यादगार रहनेछ ।

फिल्मीखबर, काठमाडौं, 2023-11-02, बिहिवार

इन्टनेटको पहुँच बढेसँगै विभिन्न सामाजिक सञ्जालमा फिल्मको प्रचार गर्ने ट्रेन्ड पनि बढेको छ । निर्माताले फिल्मको प्रचारका लागि सामाजिक सञ्जालमा मात्रै लाखौं रुपैयाँ खर्चिँदै आएका छन् । अब यसको विकल्पको रुपमा ‘पोष्टाम’ नामक अनलाइन प्लेटफर्मको उदय भएको छ । फिल्मका सामाग्रीलाई विश्वभर पुर्‍याउने उद्देश्य लिएको उक्त प्लेटफर्मले फिल्म ‘काजी’सँग सहकार्य गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-11-02, बिहिवार

उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’को शीर्ष गीत सार्वजनिक गरिएको छ । रोमान्टिक भावको गीतमा अभिनेता इओन लिम्बु र अभिनेत्री सिमोन गिरी फिचर्ड छन् । प्रविसा अधिकारी र सिडी विजय अधिकारीको स्वर रहेको गीतमा डिपी खनालको शब्द रचना तथा तारा प्रकाश लिम्बुको संगीत छ । रामजी लामिछानेको नृत्य निर्देशन रहेको यो गीत पर्यटकीय क्षेत्र मुस्ताङमा खिचिएको हो ।

Results : 3799 - 3804 of 24236