Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3793 - 3798 of 23516
फिल्मीखबर, काठमाडौं, २०८० वैशाख ३१, आईतवार

नेपालमा आयोजना हुने प्रायः अवार्डमा उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्री विधाको अवार्डमा उमेरको हकबन्दी जस्तै छ । ४०-४५ वर्षमाथिका कलाकारहरुले यो विधाको अवार्ड जितेको ज्यादै कम उदाहरण छन् । तर, यो गलत अभ्यास हो । फिल्मको केन्द्रिय भूमिकामा रहेको कलाकारले जीवन्त अभिनय गरेको छ भने ऊ अवार्डको बलियो हकदार हुन्छ । त्यसमा उमेरले माइने राख्दैन ।

एजेन्सी, मुम्बई, २०८० वैशाख ३१, आईतवार

बलिउडका ठूला सुपरस्टारका फिल्मलाई समेत सय करोड कमाउन असम्भव भैरहेको बेला अघिल्लो हप्ता प्रदर्शन भएको फिल्म ‘द केरला स्टोरी’ले ९ दिनमै सय करोडभन्दा बढीको कमाई गरेको छ । ट्रेड एनालिस्ट तरण आदर्शले फेसबुकमार्फत फिल्मले ९ दिनमा १ सय १२ करोड ९९ लाख कमाएको जानकारी गराएका छन् । उनले फिल्मको कमाईलाई ‘घोडाको रफ्तार’ भनेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० वैशाख ३०, शनिवार

जुन समय नेपाली समाज सन्देश आदान-प्रदानका लागि चिठीपत्रमा निर्भर थियो, त्यसबेलाको कथामा बनेको फिल्म हो, ‘हल्कारा’ । विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलहरुमा अवार्ड जितेकाले यो फिल्मको नेपालमा ठूलो पखाई थियो । अन्ततः त्यो पखाई अन्त्य भएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मको ‘वर्ड अफ माउथ’ बलियो छ । समीक्षक र दर्शक दुवैले फिल्म निकै रुचाएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० वैशाख ३०, शनिवार

जेलमुक्त भएपछि अभिनेता पल शाहको पहिलो म्यूजिक भिडियो बिहीबार सार्वजनिक भयो । ‘तिमीलाई हेर्ने बानी पर्‍यो’को फिमेल भर्सनबाट उनको म्यूजिक भिडियोमा कमब्याक भएको हो । यसमा उनकै निर्माण, निर्देशन र अभिनय छ । भिडियोमा एक पात्रको जेल जीवनदेखि रिहाइसम्मको घटनालाई देखाइएको छ । जसले गर्दा पलले आफ्नै कथामा भिडियो बनाएको टिप्पणी भैरहेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० वैशाख २९, शुक्रवार

आगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउन लागेको शम्भु थापाद्वारा निर्देशित फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को गीत ‘जाउ नआउ’ सार्वजनिक गरिएको छ । युशिन राईको स्वर तथा शब्द रचना रहेको गीतमा प्रयत्न श्रेष्ठको संगीत छ । गीतमा फिल्मका पात्रहरुको मनोदशा र मनोविज्ञानलाई देखाइएको छ । गीतमा फिल्मका केही संवादसहितका दृश्य समावेश छ । गीतको अडियो बलियो छ ।

फिल्मीखबर, काठमाडौं, २०८० वैशाख २९, शुक्रवार

नेपालका केही हिमाली जिल्लामा अझै बहुपति प्रथा कायम छ । एउटा घरको दाजुभाईमध्ये कोही एकले विवाह गरेको महिलालाई सबैले विवाह गरेर श्रीमती मान्नुपर्ने प्रचलनलाई बहुपति प्रथा भनिन्छ । यही प्रथामा आधारित भएर निर्माण भएको फिल्म ‘टुल्की’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट लामो ट्रेलरमा तीन दाजुभाईको श्रीमती हुनुपर्ने टुल्की पात्रको नियतिलाई देखाइएको छ ।

Results : 3793 - 3798 of 23516