
दुई सातादेखि पूर्वका विभिन्न विभिन्न स्थानहरुमा छायांकन भैरहेको फिल्म ‘रङ्गेली’को बलियो स्टारकास्टका कारण विदेशी भूमिमा माग चर्किन थालेको छ । छायांकनकै क्रममा फिल्मको जापान, कोरिया र हङकङ प्रदर्शन अधिकार बिक्री भएको छ । उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्टले तीन देशको वितरण अधिकार खरिद गरेको फिल्मका निर्माता जीतेन्द्र खतिवडाले जानकारी दिए ।

अक्सर नेपाली फिल्मको प्रचारदेखि प्रिमियरसम्म काठमाडौं केन्द्रित हुने गरेको छ । तर, बडा दशैंको छेको पारेर यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी २’ले भने प्रचार र प्रिमियर दुवैका लागि मोफसल रोजेको छ । फिल्मको कथामा आधारित गीति नाटक चितवनदेखि पोखरासम्मका कलेजहरुमा देखाएपछि शुक्रबार दिउँसो बाग्लुङमा प्रिमियर आयोजना गरियो ।

शुक्रबार साँझपख साँगाबाट आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसी अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । महानगरीय प्रहरी वृत्त, सिंहदरबारको नियन्त्रणमा रहेका उनलाई महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना गरिएको जानकारी प्राप्त छ । उनको स्वास्थ्यमा अचानक समस्या आएपछि अस्पताल भर्ना गरिएको जनाइएको छ ।

आपराधिक विश्वासघात गरेको आरोपमा शुक्रबार पक्राउ परेका अभिनेता अनमोल केसीले पक्राउ पर्नुभन्दा दुई अगाडि नै उच्च अदालत, पाटनबाट निषेधाज्ञाको आदेश लिएको भेटिएको छ । अदालतले असोज १० गते (बुधबार) उनलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक विश्वासघात गरेको आरोपमा उनलाई उपत्यका प्रहरी अपराध महाशाखाले शुक्रबार दिउँसो भक्तपुरबाट पक्राउ गरेको जानकारी प्राप्त छ । एक करोड १५ लाखको आर्थिक विश्वासघात गरेको आरोपमा अदालतबाट अनुमति लिएर प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बलिउड सुपरस्टार टाइगर श्राफ अभिनीत फिल्म ‘गणपत’को ‘एक्सन-प्याक्ड’ टिजर सार्वजनिक गरिएको छ । ‘भिजुअल इफेक्टस’ जबर्जस्त रहेको १ मिनेट ४५ सेकेण्डको टिजरमा टाइगर एक्सन गर्दै प्रस्तुत छन् । एक्सनमा योगा र मार्शल आर्ट्सको ‘फर्म’ प्रयोग गरिएको छ । टिजरमा हाईटेक विल्डिङ, मार्वल्स युनिभर्सको फिल्ममा जस्तै हाईटेक प्लेन र रोबोटवाला बाघ पनि देख्न सकिन्छ ।

