Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3619 - 3624 of 23944
फिल्मीखबर, काठमाडौं, 2023-10-02, सोमवार

‘लुट’ फेम्ड निर्देशक निश्चल बस्नेतको निर्देशकीय कमब्याक फिल्म ‘दिमाग खराब’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ‘झम्के झमा झम’ बोलको लोक शैलीको गीतमा बाबुल गिरीको शब्द तथा संगीत छ भने सुमित खड्का र नम्रता काफ्लेको स्वर सुन्न सकिन्छ । भव्य लाइटिङले तयार पारिएको आकर्षक सेटमा गीत खिचिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-10-02, सोमवार

फिल्म ‘रावायण’लाई लिएर उत्पन्न विवाद उत्कर्षमा छ । अभिनेता अनमोल केसीले फिल्ममा काम गर्ने भनेर १० लाख पेश्की रकम लिएको तर पछि काम गर्न नमानेको भन्दै निर्माताले प्रहरीमा उजुरी दिएपछि उनी शुक्रबार पक्राउ परे । र, आइतबार साँझ हाजिरी जमानीमा उनी रिहा भए । प्रहरीले सोधपुछ गर्दा उनले स्क्रिप्ट मन नपरेकाले फिल्ममा काम गर्न अस्वीकार गरेको बताएका थिए ।

फिल्मीखबर, काठमाडौं, 2023-10-02, सोमवार

फिल्म ‘रावायण’लाई लिएर उत्पन्न विवाद प्रहरी हुँदै अदालतसम्म पुग्यो । अभिनेता अनमोल केसीले कागजी सम्झौताबिनै फिल्ममा काम गर्ने भनेर १० लाख पेश्की रकम लिएको तर पछि काम गर्न अस्वीकार गरेको भन्दै निर्देशक सुदर्शन थापाकी श्रीमती सुप्रिया कटुवाल (निर्मात्री)ले प्रहरीमा उजुरी दिएकी थिइन् । त्यही आधारमा उनी शुक्रबार पक्राउ परे । र, आइतबार हिरासतमुक्त भए ।

फिल्मीखबर, काठमाडौं, 2023-10-02, सोमवार

आपराधिक विश्वासघातको उजुरीको आधारमा पक्राउ परेका अभिनेता अनमोल केसी आइतबार साँझ हिरासतमुक्त भए । फिल्म ‘रावायण’का निर्देशक सुदर्शन थापाको कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट सुप्रिया कटुवालले फिल्ममा काम गर्ने भनेर १० लाख रुपैयाँ पेस्की रकम लिएको तर पछि विभिन्न बहाना बनाएर काम गर्न नमानेको भन्दै उजुरी दिएपछि त्यही आधारमा उनी पक्राउ परेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2023-10-01, आईतवार

फिल्म ‘रावायण’का निर्देशक सुदर्शन थापाको प्रोडक्सन कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट सुप्रिया कटुवालले दिएको आपराधिक विश्वासघातको उजुरीको आधारमा पक्राउ परेका अभिनेता अनमोल केसी आइतबार साँझ हिरासतमुक्त भए । उनलाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेको हो । उनी रिहा भएलगत्तै निर्देशक थापाले सामाजिक सञ्जालमा आएका अभिव्यक्ति र सञ्चारमाध्यमले आफ्नो छविलाई धमिल्याउन खोजेको बताएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-10-01, आईतवार

असोज १२ गते शुक्रबार साँझ साँगाबाट पक्राउ परेका अभिनेता अनमोल केसी हिरासत मुक्त भएका छन् । आइतबार काठमाडौं जिल्ला अदालतले पक्राउ परेको दिनदेखि तीन दिन अर्थात् आइतबार (आज)सम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिए पनि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएको भन्दै उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले हाजिरी जमानीमा रिहा गरेको हो ।

Results : 3619 - 3624 of 23944