
दशैंको एक हप्ता लामो विदा छोप्न आगामी कात्तिक ४ गते अर्थात् फूलपाती (शनिबार)बाट नेपालसँगै संसारभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ले घरेलू बक्स अफिसमा आक्रामक व्यापार गर्ने प्रक्षेपण गरिएको छ । ब्रान्ड नाम, पोस्टरदेखि टिजर-गीतसंगीतले पाएको चर्चा, सशक्त स्टारकास्टका कारण फिल्मलाई लिएर दर्शकहरु अधैर्य देखिएका छन् ।

फिल्म अभिनयमा सक्रिय कलाकारहरुले आर्यआर्जनका लागि वैकल्पिक बाटो रोज्न थालेका छन् । फिल्मको काम रोकिँदा वा उमेर ढल्किएपछि आम्दानीको स्रोतका लागि कलाकारहरुले अहिलेदेखि नै विभिन्न क्षेत्रमा लगानी गरिरहेका छन् । कोरोना महामारीपछि यो क्रम थप बढेको छ । कसैले रेस्टुरेन्ट व्यवसायमा लगानी गरेका छन् त कोही शेयर तथा रियल स्टेट (घरजग्गा)मा आबद्ध छन् ।

रामेछाप र दोलखाको सीमावर्ती पर्यटकीय टाकुरा शैलुङ (समुन्द्री सतहबाट ३४०० मिटर अग्लो)मा स्पार्क कारले ‘स्पार्क एड्भेन्चर २०२३’ अन्तर्गत आयोजना गर्न लागेको ‘वाइल्ड स्टे विथ चौँरी’मा कलाकार, प्रशासनिक एवं सुरक्षा निकायका विशिष्ट अधिकारीहरु सहभागी हुने भएका छन् । उक्त एड्भेन्चरमा दुईसय बढी सहभागी रहने कार्यक्रम संयोजक अमरदीप भट्टराईले जानकारी दिए ।

नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’को झ्याउरे गीत सार्वजनिक गरिएको छ । ‘परदेशी छुकछुके रेलैमा’ बोलको गीतमा निर्देशक रायमाझी, तेजेन्द्र गुरुङ, टिका पुन, देवी घर्ती र ममता गुरुङको स्वर छ भने शब्द रचना तथा संगीत निर्देशक रायमाझी र प्रेमदेव गिरीको छ । गीतमा फिल्मका प्रमुख तीन कलाकारहरु प्रकाश सपूत, केकी अधिकारी र प्रशान्त तामाङ फिचर्ड छन् ।

बलिउडका ‘दबंग स्टार’ सलमान खान अभिनीत फिल्म ‘टाइगर ३’को टिजर सार्वजनिक गरिएको छ । ‘टाइगरको म्यासेज’ भनेर सार्वजनिक गरिएको टिजर एक्सन प्याक्ड छ । १ मिनेट ४६ सेकेण्ड लम्बाईको टिजरमा सलमान एक्सन अवतारमा प्रस्तुत छन् । टिजरको सुरुवातमा टाइगर पात्रको ‘कन्फेसन’ छ, जहाँ उसले आफू भारतको दुश्मन र एक नम्बर गद्दार रहेको दाबी गरेको छ ।

भदौ २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘नाङ्गो गाउँ’ हिट सावित भैसकेको छ । पहिलो हप्ताबाटै निर्माताले लगानी सुरक्षित गरेर सिक्वेल निर्माणको समेत घोषणा गरिसकेका छन् । दोस्रो हप्तामा पनि सुखद दर्शक पाइरहेको फिल्मले राजनीतिकर्मीहरुलाई हल तान्न थालेको छ । मंगलबार दिउँसो पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वमन्त्री हिसिला यमी (भट्टराई)ले फिल्म हेरेका छन् ।

