Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3649 - 3654 of 23944
फिल्मीखबर, काठमाडौं, 2023-09-26, मंगलवार

अभिनेत्री तथा निर्मात्री रेखा थापा आमा बन्ने भएकी छन् । उनले आगामी माघ महिनामा पहिलो सन्तानलाई जन्म दिन लागेकी हुन् । उनको गर्भमा अहिले ५ महिनाको शिशु रहेको जनाइएको छ । रेखा स्वयंले आफू आमा बन्न लागेको कुराको पुष्टि गरेकी हुन् । गर्भवतीका बाबजूद उनी अहिले फिल्म ‘उपहार’को सुटिङमा व्यस्त छिन् । केही दिनदेखि एक्सन सिनको छायांकन भैरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-09-26, मंगलवार

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको अध्यक्षमा अभिनेता राहुल केसी निर्वाचित भएका छन् । सन् २०२१ देखि २०२३ सम्म महासचिव रहेका उनी अब अध्यक्षको जिम्मेवारीमा आएका हुन् । आइतबार अमेरिकाको मेरिल्यान्डमा सम्पन्न राष्ट्रिय अधिवेशनबाट आगामी दुई वर्षका लागि अध्यक्षसहित १३ जनाको कार्यसमिति निर्वाचित भएको हो ।

फिल्मीखबर, काठमाडौं, 2023-09-26, मंगलवार

खासमा ‘ह्याट्रिक’ शब्द फुटबलका लागि बनेको हो । तर, नेपाली फिल्ममा पनि यसको प्रयोग हुने गर्छ । यो शब्द आफैंमा अत्यन्त सुखद हो । लगातार तीनपटक कुनै उपलब्धि हासिल हुँदा ह्याट्रिक भनिन्छ । र, यो सुखद यात्रा अभिनेत्री मिरुना मगरले पार गरेकी छन् । उनका लगातार तीनटा फिल्म सफल भएका छन् । त्यो पनि एउटै नायक (दयाहाङ राई)सँग । यस्तो संयोग कमैलाई जुर्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-09-26, मंगलवार

अभिनेता विपिन कार्कीको अभिनयमा खोट कमै भेटिन्छ । जस्तोसुकै चरित्रमा ढल्न सक्ने उनको खुबी छ । यसैले फिल्म डिजास्टर नै भए पनि उनको अभिनय सुपरहिट हुन्छ । अभिनयमा अब्बलताकै कारण उनी प्रायः मेकरहरुको रोजाईमा छन् । तर, फिल्मको सफलता भने उनका लागि ठूलो चुनौती बनिरहेको छ । गएको ५ महिनाको अवधिमा मात्र उनका दुईवटा फिल्म असफल भैसके ।

फिल्मीखबर, काठमाडौं, 2023-09-25, सोमवार

विश्वका प्रतिष्ठित ओटीटी प्लेटफर्महरुमा अब नेपाली फिल्म रिलिज गरिने भएको छ । डिजिटल रिलिज अमेरिकन कम्पनी ‘रिलिज वर्ल्ड’ले एसियाका फिल्महरु ओटीटीमा रिलिज गर्ने बाटो खुल्ला गरेको हो । अबदेखि यो कम्पनीले नेटफ्लिक्स, वूट, अमेजन प्राइम भिडियो, जियो सिनेमा, डिज्नी प्लस हटस्टार, जी फाइभलगायतका प्रमुख ओटीटी प्लेटफर्महरुमा नेपाली फिल्म रिलिज गराउनेछ ।

फिल्मीखबर, काठमाडौं, 2023-09-25, सोमवार

तीजको अवसर पारेर भदौ २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘नाङ्गो गाउँ’ले ‘हिट’को ट्याग पाएसँगै निर्माताले सिक्वेल निर्माणको घोषणा गरेका छन् । निर्माता हिमाल कडरिया र लेखक तथा निर्देशक दीपेन्द्र लामाबीच सिक्वेल बनाउने सहमति भएपछि सोमबार फिल्मको थिम पोस्टर सार्वजनिक गरिएको छ । ‘नाङ्गो गाउँ २’ शीर्षक रहने फिल्मलाई ‘अ पोलिटिकल कमब्याक’ भनिएको छ ।

Results : 3649 - 3654 of 23944