

आपराधिक विश्वासघातको मुद्धामा असोज १२ गते शुक्रबार साँझ पक्राउ परेका अभिनेता अनमोल केसीलाई ३ दिन (पक्राउ परेको दिनदेखि तीन दिन अर्थात् आजसम्म) हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश कृष्ण प्रसाद सुवेदीको इजलासले उनलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । अनमोललाई सोमबार अदालतमा पुनः उपस्थित गराइनेछ ।

‘लभ स्टेशन’ फेम्ड अभिनेता प्रकाश शाह विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विधार्थीहलाई लक्षित गरेर स्थापना भएको ग्लोबल डायस्पोरा एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बास्डरमा नियुक्त भएका छन् । आइतबार कन्सल्टेन्सी र शाहबीच एक वर्षको लागि सम्झौता भएको हो । यो कन्सल्टेन्सीले जापान, अष्ट्रेलिया, युकेलगायत देशमा अध्ययन गर्न चाहने विधार्थीलाई पठाउँदै आएको छ ।

शिव आर जीको निर्देशनमा तयार भएको फिल्म ‘बालापन’को काठमाडौंमा प्रिमियर गरिएको छ । शनिबार चाबहिलस्थित चलचित्र विकास बोर्डको सभा हलमा संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँती प्रमुख अतिथ्यतामा आयोजित प्रिमियरमा फिल्मले उठाएको विषयवस्तुको उपस्थित अतिथिहरुले प्रशंसा गरे । मन्त्री किराँतीले फिल्मले समाजभित्रको यथार्थ कुराहरुलाई चित्रण गरेको बताए ।

नेपाली अभिनेत्रीहरु विदेश पुगेपछि पहिरनको मामलामा खुल्ने ट्रेन्ड जस्तै छ । विशेषगरी विदेशका समुन्द्री तटमा पुगेपछि प्रायःले विकिनी अवतारमा खिचाएका तस्विरहरुले आफ्नो सामाजिक सञ्जाल रंग्याउने गरेका हुन्छन् । र, त्यसले मिडियामा ठूलो चर्चा पनि दिलाइदिन्छ । वर्षौंसम्म गुमनाम अभिनेत्रीहरुलाई समेत समुन्द्री तटका विकिनी तस्विरले ‘लाइमलाइट’मा ल्याएका उदाहरण छन् ।

यही असोज १२ गते शुक्रबार साँगाबाट आपराधिक विश्वासघातको मुद्धामा पक्राउ परेका अभिनेता अनमोल केसीलाई आइतबार प्रहरीले अनुसन्धानका लागि म्याद लिन जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउँदैछ । अहिले अनमोल प्रहरीको निगरानीमा महाराजगञ्जस्थित चिरायु अस्पतालमा छन् । पक्राउ परेको साँझ स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालबाटै उनलाई अदालत लगिँदैछ ।

