Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3637 - 3642 of 23944
फिल्मीखबर, काठमाडौं, 2023-09-29, शुक्रवार

दीपेन्द्र के. खनालद्वारा निर्देशित फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ दशैंको अवसर पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउँदैछ । ब्रान्ड नाम र बलियो स्टारकास्ट रहेकाले फिल्मको ओपनिङ उच्च हुने आँकलन गरिएको छ । करिब ७ वर्ष अगाडिको सुपरहिट फिल्म ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलमा अभिनेता सौगात मल्लको चरित्रले ‘सरप्राइज’ बनाउन सक्ने चर्चा भैरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-09-29, शुक्रवार

कलाकारको निजी जीवन हुँदैन भनिन्छ । सार्वजनिक व्यक्ति भएकाले हरेक कुरा सार्वजनिक हुन्छन् । अभिनेत्री वर्षा सिवाकोटीको पनि गत वर्ष विवाहको केही महिनामै डिभोर्सको खबर बाहिरियो, जुन अप्रत्यासित थियो । यसपछि उनी लामो समय सार्वजनिक कार्यक्रम र मिडियाबाट टाढा रहिन् । फिल्मको प्रचारमा समेत हिँड्न चाहिनन् । सायद डिभोर्सबारे आउनसक्ने प्रश्नको भय थियो ।

फिल्मीखबर, काठमाडौं, 2023-09-29, शुक्रवार

बलिउड फिल्मदेखि डराउनुपर्ने नेपाली फिल्मको बाध्यता दशकौंदेखि कायम छ । केही वर्षयता त साउथ फिल्मले पनि नराम्रोसँग लखेट्न थालेको छ । अर्कोतिर, हलिउडको त्रास त छँदैछ । ठूला स्टारका विदेशी फिल्मसँग भिड्दा हल र दर्शक दुवै नपाइने भय निर्मातामा हुने गरेको छ । यसैले निर्माताहरु ‘हुलमुलमा जिउ जोगाउनु’ निको ठान्छन् । तर, केही वर्षयता परिस्थिति बदलिँदो छ ।

फिल्मीखबर, काठमाडौं, 2023-09-28, बिहिवार
फिल्मीखबर, काठमाडौं, 2023-09-28, बिहिवार

‘रोमान्टिक हिरो’को छवि बनाएका भुवन केसीको निजी जीवनमा पनि रोमान्सका किस्सा धेरै छन् । फिल्म अभिनयमा सक्रिय रहँदा उनको धेरै अभिनेत्रीहरुसँग नाम जोडियो । दुईवटा त उनले विवाह नै गरे । तर, दुवै टिकेन । विगत केही वर्षदेखि उनी अभिनेत्री जीया केसीसँग लिभिङ टूगेदरमा छन् । कानुनी रुपमा श्रीमान्-श्रीमती नभइसके पनि दुवै एकअर्काको बलियो साहरा बनेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-09-28, बिहिवार

फिल्म रिलिजका लागि दशैंको विदा सबैभन्दा उपयुक्त मानिन्छ । झण्डै एक हप्ता लामो विदा र फेस्टिभलको रमझम हुने भएकाले धेरैको रोजाईमा फिल्म पर्छ । यसैले हरेक वर्षको दशैंमा फिल्म रिलिज गर्न नेपाली निर्माताहरुबीच ठूलो रस्साकस्सी हुने गरेको छ । यस वर्षको दशैंमा पनि फिल्म रिलिजको बाढी आउनेवाला छ । एकै मितिमा तीनवटा नेपाली फिल्म भिड्ने निश्चित भएका छन् ।

Results : 3637 - 3642 of 23944