Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3613 - 3618 of 23944
फिल्मीखबर, काठमाडौं, 2023-10-04, बुधवार

बडा दशंको छेको पारेर यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी २’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘कुरा सीधा छ’ बोलको डान्सिङ शैलीको गीतमा प्रताप दास र मीना निरौलाको स्वर छ भने बि.बि अनुरागीको शब्द रचना तथा संगीत छ । गोविन्द राईको कोरियोग्राफी रहेको गीतमा फिल्मका अभिनेता प्रकाश सपूत र अभिनेत्री वर्षा सिवाकोटी प्रस्तुत छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-10-03, मंगलवार

२०७२ सालमा निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का विवाह बन्धनमा बाँधिएका थिए । विवाह अगाडि निश्चलको ‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’ गरी दुई फिल्म प्रदर्शनमा आइसकेको थियो । ‘लुट’ले त उनलाई ‘सेलिब्रेटी निर्देशक’ कहलाएको थियो । विवाह हुँदा स्वस्तिमाको भने ‘होस्टेल रिर्टन्स’ मात्रै प्रदर्शनमा आएको थियो । उनी अभिनेत्रीको रुपमा स्थापित हुने प्रयासमा थिइन् ।

फिल्मीखबर, काठमाडौं, 2023-10-03, मंगलवार

निर्देशक निश्चल बस्नेतले डेब्यू फिल्म ‘लुट’बाट नेपाली फिल्ममा परम्परागत कथावाचनको शैली नै परिवर्तन गरिदिए । नभए नेपाली फिल्म एकैखालको कथावाचनमा चलिरहेको थियो । नयाँ प्रयोग नै हुन सकेको थिएन । अर्कोतिर, देशभित्रै बजार खस्किँदो थियो । ‘लुट’ले घरेलू बजारको आकार मात्र देखाएन, विदेशमा समेत सम्भावना देखाइदियो । त्यसैले ‘लुट’लाई ‘ट्रेन्ड सेटर’ फिल्म भनिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-10-03, मंगलवार

फिल्म ‘रावायण’को विवाद प्रहरी हुँदै अदालतसम्म पुगिसकेको छ । निर्देशक सुदर्शन थापाकी श्रीमती तथा निर्मात्री सुप्रिया कटुवालले आपराधिक विश्वासघातको आरोपमा दिएको उजुरीको आधारमा पक्राउ परेर अभिनेता अनमोल केसी आइतबार रिहा समेत भैसकेका छन् । तर, विवाद टुंगिसकेको छैन । निर्माताले अनमोलसँग १ करोड १५ लाख भरपाईको माग गरेका छन् । प्राविधिकदेखि विभिन्न पक्षमा उक्त रकम खर्च भएको बताइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-10-03, मंगलवार

‘कबड्डी’ र ‘दुई नम्बरी’को हिट जोडी दयाहाङ राई र सौगात मल्लले एकसाथ अभिनय गरेको नयाँ फिल्म ‘हात्तीछाप’ आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । उनीहरुबीचको सहकार्यकै कारण फिल्म व्यवसायिक रुपमा सफल हुने आधार बलियो छ । अघिल्लो महिना सार्वजनिक गरिएको सौगातको ‘बोतल राजा’ अवतारले फिल्मप्रति नै दर्शकमा कौतुहलता सृजना गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-10-02, सोमवार

सुदर्शन थापाको निर्देशनमा फिल्म ‘रावायण’मा काम गर्ने भनेर अभिनेता अनमोल केसीले गत साउनमा पेश्कीबापतको १० लाखको चेक बुझेका थिए । तर, दुवै पक्षबीच कागजी सम्झौता भएको थिएन । विश्वासको भरमा काम अगाडि बढेको थियो । जब निर्देशक थापा सुटिङमा निस्कन तयार भए तब अनमोल काम गर्न मानेनन् । त्यसपछि उत्पन्न भएको विवाद प्रहरी हुँदै अदालतसम्म पुग्यो ।

Results : 3613 - 3618 of 23944