
लोकसंगीत क्षेत्रमा गर्विलो नाम हो, नारायण रायमाझी । मौलिक गीत गाएरै पृथक छवि बनाएका उनी नेपाली फिल्मका पनि सफल निर्देशकमा गनिन्छन् । उनको पहिलो फिल्म ‘गोर्खा पल्टन’ होस् या दोस्रो फिल्म ‘परदेशी’, दुवै व्यावसायिक रुपमा सफल भएका थिए । अब उनी यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी २’बाट सफलतामा ह्याट्रिक गर्ने धाउन्नमा छन् ।

साउनपछिको महिना फिल्म छायांकनका लागि राम्रो मानिन्छ । वर्षाको सम्भावना न्यून रहने र विस्तारै गर्मी कम हुँदै जाने भएकाले प्रायः निर्माता/निर्देशकले छायांकनका लागि भदौदेखिको महिना रोज्ने गरेका हुन्छन् । यसपटक पनि भदौदेखि छायांकनमा निस्कने फिल्मको चाप बढेको छ । यतिबेला आधा दर्जनभन्दा बढी फिल्म छायांकनमा छन् । दशैं-तिहारपछि थप वृद्धि हुनसक्ने देखिन्छ ।

दशैंको छेको पारेर यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको कुमार भाष्करद्वारा निर्देशित फिल्म ‘कौसीद’को पहिलो गीत सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक ‘नझर्थेर आँशु’ बोलको मार्मिक भावको गीतमा स्वर तथा संगीत बुद्ध लामाको छ भने शब्द रचना लक्ष्मण बानियाँको हो । गीतले आफ्नो पीडा भुलेर अरूको खुसीको लागि संघर्षरत एक शिक्षकको कथा व्यक्त गर्छ ।

भनिन्छ, ‘विश्वासभन्दा ठूलो अरु केही पनि छैन ।’ मानिसको जीवन नै विश्वासमा टिकेको छ । तर, नेपाली फिल्म क्षेत्रमा विश्वास भन्ने चिज नै लोप भैसकेको छ । यसैको परिणाम हो, फिल्म ‘रावायण’लाई लिएर उत्पन्न विवाद । एउटा नायकमाथि गरिएको विश्वासले निर्माता यतिबेला घर न घाटको भएका छन् । र, निर्माताले आवेशमा निर्णय लिँदा ती नायकको चरित्रमा नमेटिने दाग लागेको छ ।

२०७२ सालमा सार्वजनिक प्रदर्शन भएको फिल्म ‘पशुपति प्रसाद’ घरेलू बक्स अफिसमा ‘नपत्याउने खोला’ बनेको थियो । किनकि, रिलिजपूर्व फिल्मको हाइप सामान्य थियो । कलाकारहरु पनि नाम कहलिएका थिएनन् । मुख्य भूमिकामा रहेका खगेन्द्र लामिछाने र विपिन कार्की आफूलाई स्थापित गर्ने चरणमा थिए । जसले गर्दा फिल्म व्यावसायिक रुपमा सफल हुनेमा टिमभित्रै संशय थियो ।

अर्पण गिरी (अरमान जंग)को डेब्यूू निर्देशनमा तयार भएको फिल्म ‘वानर सेना’को दोस्रो गीत सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ‘तिम्रो जुनेली रुप’ बोलको रोमान्टिक थिमको गीतमा मुख्य कलाकार अर्पण गिरी र आरजु प्रसाई फिचर्ड छन् । गीतमा निर्देशक गिरीको शब्द रचना र स्वर छ भने जोन तामाङ र निर्देशक गिरी स्वयंको संगीत छ ।

