
गत बैशाखमा आएको फिल्म ‘जारी’भन्दा ठूलो ओपनिङ गर्न सक्ने फिल्मको रुपमा ‘पशुपति प्रसाद २ : भष्मे डन’लाई हेरिएको छ । गीतसंगीतले बढाएको हाइप, सशक्त स्टारकास्ट, सफल मेकर, सुपरहिट फिल्मको सिक्वेल आदि कारणले फिल्मको आक्रामक ओपनिङको प्रक्षेपण गरिएको हो । दशैं विदाको अवसर पारेर आगामी कात्तिक ४ गते (फूलपाती)बाट फिल्म प्रदर्शनमा आउँदैछ ।

अभिनेता अनमोल केसी दशैं अगाडि निर्देशक सुदर्शन थापाको ‘रावायण’ र तिहारलगत्तै निर्देशक सुयोग गुरुङको ‘फर्की फर्की’मा काम गर्ने योजनामा थिए । तर, उनले अचानक ‘रावायण’बाट हात झिकेपछि अब दशैंको फूलपातीबाट ‘फर्की फर्की’को छायांकन थालिने भएको छ । फिल्ममा उनको जोडी अभिनेत्री जसिता गुरुङसँग बाँधिनेछ । उनीहरुबीच पहिलोपटक सहकार्य जुरेको हो ।

हरेक कलाकारको करिअरमा उतारचढाव आउँछ । एकनाशले कसैको करिअर अगाडि बढ्दैन । विशेषतः फिल्मको असफलताले कलाकारको करिअरलाई असन्तुलित बनाउँछ । यसैले पनि प्रायःलाई सफलताको दबाब हुने गर्छ । जब लगालग फिल्म असफल भैरहन्छ तब करिअरलाई लिएर कलाकारमा चिन्ता बढ्छ । जसरी अहिले अभिनेता पुष्प खड्का करिअरलाई लिएर चिन्तित छन् ।

अध्ययनको शिलशिलामा रोजगारीका लागि विदेश जाने युवाहरुको संख्या बढ्दो छ । त्रिभुवन विमानस्थलमा दिनहुँ देखिने भीडले देशको कहालीलाग्दो अवस्था बोल्छ । गाउँघरमा मलामी जानेसम्म भेटिन छाडिसकेका छन् । प्रायः हरेक घरमा बुढ्यौली लागेका आमाबुबाहरु सन्तान कुरेर बस्न बाध्य छन् । यही विषयलाई उनेर निर्देशक नारायण रायमाझीले फिल्म ‘परदेशी २’ बनाएका छन् ।

चलचित्र सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको प्रस्तावित विधेयकको मस्यौदाप्रति फिल्म सम्बद्ध संघ-संस्थाहरुले आपत्ति जनाएका छन् । फिल्म क्षेत्रको सर्वोच्च निकाय चलचित्र विकास बोर्डलाई स्वायत्तता बिना नै बनाइएको विधेयक मान्य नहुने अधिकांश संस्थाहरुको धारणा छ । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले यो विद्येयक स्वीकार्य नहुने बताएका छन् ।

एसएस राजामौलीद्वारा निर्देशित फिल्म ‘आरआरआर’को सफलतापछि साउथ सुपरस्टार जूनियर एनटीआरको लोकप्रियता विश्वभर फैलिएको छ । उनको क्रेजलाई मध्यनजर गर्दै बलिउड मेकरहरुले समेत फिल्मको प्रस्ताव गरिरहेका छन् । यसबीच, ‘केजीएफ’ निर्देशक प्रशान्त नीलसँग उनले फिल्ममा सहकार्य गर्ने भएका छन् । एक्सन प्रधान फिल्मको छायांकन आगामी अप्रिलबाट हुनेछ ।

