Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3601 - 3606 of 24235
फिल्मीखबर, काठमाडौं, 2023-12-25, सोमवार

धरानस्थित पर्यटकीय क्षेत्र चिन्डेडाँडामा ‘सुम्निमा-पारुहाङको प्रतिमा’ निर्माणका लागि धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले चलाएको आर्थिक सहयोग संकलन अभियानमा किराँती समुदायबाट प्रतिनिधित्व गर्ने कलाकारहरुले साथ दिएका छन् । सोमबार काठमाडौंमा आयोजित छलफलमा अभिनेताद्वय दयाहाङ राई र विल्सन विक्रम राईले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-12-25, सोमवार

कुनै ठूलो नेपाली र विदेशी फिल्म प्रदर्शनमा आउँदा प्रदर्शनको संघारमा रहेका नेपाली फिल्मको टिजर तथा ट्रेलर हलमा देखाइने गरिएको छ । यसले धेरै दर्शकमा फिल्मको जानकारी पुग्ने विश्वास नेपाली निर्माताहरुमा छ । दर्शकलाई फिल्मप्रति आकर्षित गर्न युट्युब रिलिजमा नसमेटिएका दृश्य समेत हलमा देखाइने गरिन्छ । फिल्म ‘हात्तीछाप’का मेकरले पनि यही शैली अपनाएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-12-25, सोमवार

निर्देशक रामबाबु गुरुङको नयाँ फिल्म ‘डिग्री माइला’मा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा छन् । फिल्मको पहिलो चरणको छायांकन भैसकेको छ । दोस्रो चरणको छायांकन भने यही मंसिर पहिलो साताबाट सुरु गर्ने तयारीमा निर्माण टिम थियो । तर, गत कात्तिकमा घाइते भएका कलाकार प्रकाश घिमिरेलाई उभिएर छायांकन गर्न समस्या भएकाले फिल्मको सेड्युल धकेलिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-12-25, सोमवार

अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा युवा ज्योतिष हरिहर अधिकारीको डेब्यू निर्माण फिल्म ‘ह्रस्व दीर्घ’को यतिबेला चितवनस्थित सौराहा क्षेत्रमा दोस्रो चरणको छायांकन भैरहेको छ । पहिलो चरणको छायांकन भने अघिल्लो वर्षको माघ अन्तिममा भारतस्थित प्रतिष्ठित ‘रामोजी फिल्म सिटी’मा भएको थियो । नेपालमा फिल्मको करिब एक महिनासम्म छायांकन गरिने जानकारी प्राप्त छ । 

फिल्मीखबर, काठमाडौं, 2023-12-24, आईतवार

अभिनयमा पारंगत मानिने विल्सन विक्रम राईले अब फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनले फिल्म ‘लाहुरे एण्ड दाउरे’को निर्माण तथा निर्देशन गर्न लागेका हुन् । फिल्मको मुख्य भूमिकामा उनले सुपरस्टार दयाहाङ राईलाई अनुबन्धित गरेका छन् । दुई पक्षबीच आइतबार कागजी सम्झौता भएको हो । शीर्षकले फिल्म सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुने संकेत गर्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-12-24, आईतवार

कुनै बेला अभिनेता राजेश हमालको फिल्ममा जुनखालको व्यस्तता हुने गर्थ्यो, लगभग त्यही अवस्था यतिबेला दयाहाङ राईको छ । यसैले त उनलाई ‘दोस्रो राजेश हमाल’ भन्ने गरिन्छ । लगातार फिल्मको सफलता र उम्दा अभिनय गर्ने भएकाले मेकरको रोजाईमा उनी परिरहेका हुन् । उनको व्यस्तता कुन हदसम्म छ भने अबको झण्डै एक वर्ष उनलाई एक दिन पनि फुर्सदले बस्ने समय छैन ।

Results : 3601 - 3606 of 24235