Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3403 - 3408 of 23511
फिल्मीखबर, काठमाडौं, २०८० श्रावण २९, सोमवार

अहिले राजनीतिक विषयवस्तुमा आधारित भएर फिल्म निर्माण हुने क्रम बढेको छ । यो सूचीमा आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ऐंचो पैंचो’ पनि थपिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको फिल्मको ट्रेलर राजनीतिलाई नै मियो बनाएर घुमेको छ । चुनावमा हुने रस्साकस्सी र युवाको राजनीतिमा उपस्थितिलाई चित्रण गरिएको छ ।

एजेन्सी, मुम्बई, २०८० श्रावण २९, सोमवार
फिल्मीखबर, काठमाडौं, २०८० श्रावण २९, सोमवार

नेपाली फिल्म अवार्डको महत्त्व र गरिमा स्खलित हुँदै गइरहेको छ । विगतमा अवार्ड लिने र दिने दुवैको गर्वले ढक्क छाती फुल्थ्यो । अहिले अवार्ड पाउँदा देखाउन र भन्न लाज हुने स्थिति आएको छ । न अवार्ड पाउनेलाई पाउनुको कारण थाहा हुन्छ न दिनेलाई दिनुको कारण । सिर्फ बाँड्नका लागि अवार्ड कार्यक्रम आयोजना भैरहेका छन् । तर पनि न अवार्ड थाप्ने घटेका छन् न त बाँड्ने ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण २९, सोमवार

‘कबड्डी ४’ र ‘जारी’ फिल्मको सफलतापछि निर्देशक रामबाबु गुरुङ नयाँ फिल्मको तयारीमा जुटेका छन् । उनले सोमबार आफ्नो निर्देशन रहने फिल्म ‘डिग्री माइला : म थर्ड क्लास’को थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरेका छन् । साथै, आगामी नयाँ वर्ष २०८१ लाई फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा फिल्मको निर्माण हुनेछ ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण २८, आईतवार

अभिनेत्री दीया पुनले सफलतापूर्वक अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको आरोहण गरेकी छन् । आइतबार बिहान ठीक साढे ७ बजे उनी हिमालको चुचुरोमा पुगेकी हुन् । ५ हजार ८ सय ९५ मिटर (१९ हजार ३४१ फिट) अग्लो उक्त हिमालको चुचुरोमा पुगेपछि उनले नेपालको झण्डा फहराएकी थिइन् । उनले आफ्नो अर्को सपना पूरा भएको भन्दै खुसी व्यक्त गरेकी छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण २८, आईतवार

भनिन्छ, ‘सबैले बलेकै आगो ताप्छन् ।’ अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको हकमा यो कुरा लागू हुन्छ । ‘कबड्डी ४’ र ‘जारी’को ‘रेकर्डब्रेक’ सफलतापछि यो जोडीलाई फिल्ममा खेलाउन मेकरहरुबीच खोसासोख छ । उनीहरुले पनि सहकार्यलाई निरन्तरता दिइरहेका छन् । फिल्म ‘नाङ्गो गाउँ’मा काम गरिसकेका उनीहरु भदौबाट फिल्म ‘रंङ्गेली ग्याङस्टार’मा काम गर्दैछन् ।

Results : 3403 - 3408 of 23511