Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3415 - 3420 of 23942
एजेन्सी, मुम्बई, 2023-11-29, बुधवार

जब निर्देशक सन्दीप रेड्डी भांगाले आफ्नो सुपरहिट फिल्म ‘अर्जुन रेड्डी’को हिन्दी रिमेक ‘कबीर सिंह’मा अभिनेता शाहिद कपूरलाई काष्ट गर्ने निर्णय गरेका थिए, त्यसबेला उनको कास्टिङलाई लिएर प्रश्न उठेको थियो । तर, शाहिद निर्देशक भांगाको पहिलो रोजाई भने थिएनन् । सुरुमा उनले अभिनेता रणवीर सिंहलाई फिल्म अफर गरेका थिए । तर, उनले डार्क फिल्म भन्दै काम गर्न मानेनन् ।

फिल्मीखबर, काठमाडौं, 2023-11-29, बुधवार

‘नाङ्गो गाउँ’को सफलतापछि निर्देशक दीपेन्द्र लामाले अभिनेता दयाहाङ राईलाई लिएर फिल्म ‘दुःखी आत्मा’ बनाउने भएका छन् । उनीहरुबीच तेस्रो पटक सहकार्य हुन लागेको हो । यसअघि फिल्म ‘घामपानी’मा पनि उनीहरुको टिमअप भएको थियो । क्लक वर्क क्रियशनको ब्यानरमा हिमाल कडरिया निर्माता रहने फिल्मको यस वर्षको अन्त्यतिरबाट छायांकन सुरु गरिने जनाइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-11-29, बुधवार

राष्ट्रिय अवार्ड विजेता दिनेश राउत अहिले फिल्म ‘पुजार सार्की’को तयारीमा छन् । आगामी माघबाट पश्चिम नेपालमा छायांकन गर्न लागिएको फिल्मको मुख्य भूमिकामा अभिनेताद्वय आर्यन सिग्देल र प्रदीप खड्काका नाम चर्चामा छ । तर, दुवै निश्चित भैसकेका छैनन् । वास्तविक कथा तथा पात्रबाट प्रभावित भएर बन्न लागेको फिल्मका लागि मुख्य भूमिकामा अभिनेत्रीको खोजी गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-11-29, बुधवार

गत वर्षको मंसिर १२ गते एयर होस्टेस तथा मोडल करिश्मा केसीसँग विवाह गरेका अभिनेता सलोन बस्नेत पिता बन्ने भएका छन् । मंगलबार पहिलो विवाह वर्षगाँठको अवसरमा केक काट्ने क्रममा ‘सलोमा’ जोडीले आमा-बुबा बन्न लागेको जानकारी गराएका हुन् । करिश्माले ‘कमिङ मे २०२४’ लेखिएको केकको भिडियो टिकटकमा साझेदार गर्दै आमा-बुबा बन्न लागेको खुसी साटेकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2023-11-28, मंगलवार

घनश्याम लामिछानेको निर्देशनमा बनेको फिल्म ‘चित्रा’को कथासार बुझाउने उद्देश्यसहित ‘क्यारेक्टर’ पोस्टर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक तीनवटा पोस्टरमा सम्बन्ध र द्वन्द्वको मिश्रण छ । एउटा पोस्टरमा बाबुछोरीको सम्बन्ध दर्शाइएको छ भने दोस्रो पोस्टरमा तीन पुरुष पात्र ‘इन्टेन्स लुक’मा प्रस्तुत छन् । तेस्रो पोस्टरले तीन महिला पात्रको मनोदशा र परिस्थिति बोलेको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-11-28, मंगलवार

फिल्म ‘प्रेमगीत ३’ हिन्दीमा स्वरांकन भएर भारतमा समेत प्रदर्शन भएपछि अभिनेता प्रदीप खड्का लागि बलिउड प्रवेशको ढोका खुलेको थियो । अब उनले हिन्दी भाषामा बन्न लागेको फिल्म ‘ऐरी’मा मुख्य भूमिकामा अभिनय गर्ने भएका छन् । मंगलबार मोसन पोस्टर र टिजरमार्फत् यो फिल्मको घोषणा गरिएको हो । टिजरमा प्रदीपलाई ऐरी अर्थात् सिकारी अवतारमा प्रस्तुत गरिएको छ ।

Results : 3415 - 3420 of 23942