Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3391 - 3396 of 23511
फिल्मीखबर, काठमाडौं, २०८० श्रावण ३२, बिहिवार

दुई फिल्म ‘अलविदा’ र ‘रोमियो’का निर्माता तथा अभिनेता हसनराजा खान अब आफैं फिल्म निर्देशनमा उत्रने भएका छन् । यसै हप्ता अमेरिकाको न्यूयोर्कमा आयोजित ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा उनले आफ्नो निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘प्रस्थान’को औपचारिक निर्माण घोषणा गरेका हुन् । वैदेशिक रोजगारीको कथामा आधारित भएर फिल्म बन्ने उनले बताएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण ३२, बिहिवार

तर, निर्माता सुनिल कुमार थापा फिल्म निर्धारित मितिमै प्रदर्शन हुने दाबी गर्छन् । उनी एकपटक प्रदर्शन मिति हेरफेर गर्ने कि भन्ने मनस्थितिमा भने पुगेका थिए । एक हप्ताअघि आउने ठूलो हिन्दी फिल्म र भदौ २९ मा अर्को नेपाली फिल्मसँग भिड्नुभन्दा आफ्नो फिल्मलाई पछाडि सार्ने विषयमा उनले वितरकसँग छलफल गरेका थिए । तर, अब फिल्मले भदौ २९ नछाड्ने निश्चित भएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण ३१, बुधवार

कुनै समयका हिरो र अहिलेका निर्माता तथा वितरक गोविन्द शाहीले अब विदेशी फिल्म वितरणमा हात हालेका छन् । करिब दुई दशकदेखि नेपाली फिल्म वितरणमा सीमित रहेका उनले दुई बलिउड फिल्म ‘ड्रिम गर्ल २’ र ‘घूमर’को नेपाल प्रदर्शन अधिकार लिँदै विदेशी फिल्म वितरणमा आफ्नो कदम राखेका हुन् । दुवै फिल्म एक हप्ताको अन्तरमा भारतसँगै नेपालमा प्रदर्शन हुँदैछन् ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण ३१, बुधवार

पहिलो फिल्मदेखि नै लभर गर्लको रुपमा प्रस्तुत हुँदै आएकी अभिनेत्री पूजा शर्मा पहिलो पटक फिल्म ‘दान्भी’मा एक्सन भूमिकामा देखिँदैछिन् । दुई हप्ता एक्सनको तालिम लिएपछि उनी फिल्मको छायांकनमा जोडिएकी थिइन् । यतिबेला काठमाडौंको नैकापमा तयार पारिएको सेटमा एक्सनयुक्त क्लाइमेक्स दृश्यको छायांकन भैरहेको छ । जसमा पूजा ‘एक्सन लेडी’को रुपमा प्रस्तुत छिन् ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण ३१, बुधवार

भनिन्छ नि, ‘जोगले हुन्छ भेट ।’ करिब २ दशकअघिको ब्लकबस्टर फिल्म ‘हामी तीन भाई’ जोडीको भेट पनि यसरी नै भएको छ । फिल्ममा तीन जोडी थिए, राजेश हमाल-रेखा थापा, श्रीकृष्ण श्रेष्ठ-झरना थापा र निखिल उप्रेती-नन्दिता केसी । यी तीन जोडीमध्ये निखिल र नन्दिताको भेट करिब एक दशकपछि अमेरिकाको न्यूयोर्क शहरमा भएको छ । त्यो पनि एक अवार्डको सिलसिलामा ।

फिल्मीखबर, काठमाडौं, २०८० श्रावण ३१, बुधवार

सोमबार फिल्म ‘ऐंचो पैंचो’को ट्रेलर रिलिज कार्यक्रममा उद्घोषक नरेश भट्टराईले स्वस्तिमा खड्कालाई ‘नम्बर वान अभिनेत्री’को रुपमा सम्बोधन गरे । नरेश उनै हुन्, जसले अभिनेता अनमोल केसीलाई ‘मेगास्टार’को उपाधि दिएका थिए । स्वस्तिमालाई उनले ‘नम्बर वान अभिनेत्री’को रुपमा सम्बोधन गर्नुको पछाडि उनी एक्लैले आफ्नो काँधमा फिल्म बोक्न सक्छिन् भन्ने अर्थ लुकेको छ ।

Results : 3391 - 3396 of 23511