
यही मंसिर २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘दुई कदम’को डान्सिङ शैलीको गीत सार्वजनिक गरिएको छ । ‘ए मेरा बाबै नि’ बोलको गीतमा फिल्मका मुख्य अभिनेता इओन लिम्बु र अभिनेत्री वर्षा सिवाकोटीले छरितो नृत्य प्रस्तुत गरेका छन् । क्लबमा खिचिएको गीतको अडियो तथा भिडियो आकर्षक छ । यो गीतले फिल्मको हाइप निर्माण गर्न ठूलो सहयोग गर्ने देखिन्छ ।


१२ वर्षपछि निर्देशनमा फर्किन लागेका शंकर घिमिरेले आफ्नो नयाँ फिल्म ‘तेल भिसा’मा कलाकारको ‘लाइनअप’ पूरा गरेका छन् । अभिनेता विपिन कार्कीलाई अनुबन्धित गर्दै फिल्म निर्माणको घोषणा गरेका उनले वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे र बुद्धि तामाङसँग पनि कागजी सम्झौता गरेका छन् । अमेरिकामा रहँदै आएकी ऋचाले यही फिल्मबाट १० वर्षपछि कमब्याक गर्दैछिन् ।

नेपाली फिल्मका लागि हलिउडभन्दा ठूलो चुनौती बलिउड हो । भाषाको सहजताले गर्दा बलिउड फिल्मको नेपालमा उच्च प्रभाव छ । यसैले नेपाली निर्माताहरु बलिउडको ठूलो फिल्म आउँदा सकभर जोखिम मोल्न चाहँदैनन् । तर, यसपालिको दशैं र तिहारमा बलिउड र साउथ फिल्ममाथि नेपाली फिल्म हाबी भए । यसले नेपाली फिल्मप्रति दर्शकको बढ्दो विश्वास र आकर्षण दर्शाउँछ ।

नेपाली फिल्मको भाग्य पनि अजिबको छ । हलमा दर्शकको हाहाकार भएको फिल्म युट्युबमा आउँदाखेरि मारामार हुन्छ । यसको एउटै कारण छ, हलमा सःशुल्क, युट्युबमा निःशुल्क । जब हलमा रिलिज भएको केही महिनामा नै फिल्म युट्युबमा आउँछ भने दर्शक हल किन जान्छन् ? यो अहिलेको टट्कारो प्रश्न हो । युट्युबमा फिल्म रिलिज गर्ने प्रवृतिले हलको व्यापार चौपट बनेको छ ।

मित्र प्रधान (नर)को निर्देशनमा बन्न लागेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को छायांकन सुरु गरिएको छ । सोमबार दमकस्थित पशुपतिनाथ मन्दिरमा शुभमुहूर्त गर्दै सोही ठाउँबाट छायांकन सुरु गरिएको हो । फिल्मको मुहूर्तभन्दा अगाडि निर्देशक प्रधानले पूर्वको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका थिए । सो अवसरमा पूर्वराजाले फिल्मलाई शुभकामना दिएका थिए ।

