Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3409 - 3414 of 23942
फिल्मीखबर, काठमाडौं, 2023-12-01, शुक्रवार

सत्यराज आचार्यको परिचय गायकको रुपमा मात्र सीमित छैन । उनी गीतकार हुन्, संगीतकार हुन् र फिल्मको हिरो पनि । उनले मुख्य भूमिकामा ‘आचार्य’, ‘साढे ७’ र ‘हैरान’ गरी तीनटा फिल्ममा अभिनय गरिसकेका छन् । ‘साढे ७’को त उनी निर्माता पनि हुन् । तर, गायनमा जति सफलता उनलाई अभिनय र निर्माणमा मिल्न सकेको छैन । अब उनी फिल्मको निर्देशक बन्ने तयारीमा छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-11-30, बिहिवार

यस वर्षको बैशाख १ गतेदेखि प्रदर्शित फिल्म ‘जारी’पछि हलमा ५१औं दिने यात्रा तय गर्ने फिल्मको सूचीमा अब ‘परदेशी २’ पनि अटाउने भएको छ । फिल्मले यही शनिबार आधा दर्जन बढी हलमा ५१औं दिने दुर्लभ रेकर्ड बनाउन लागेको हो । काठमाडौंमा अष्टनारायण र गोपीकृष्ण हलमा प्रदर्शनरत यो फिल्म बिहीबारसम्म आइएनआई सिनेमाजको नयाँ बानेश्वरमा पनि टिकेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2023-11-30, बिहिवार

नेपाली फिल्ममा बेला बखतमा केही जोडी दर्शकको ‘प्रिय’ बन्ने गरेका छन् । कुनै बेला राजेश हमाल र करिश्मा मानन्धरको जोडी सर्वाधिक हिट मानिन्थ्यो । अघिल्लो वर्ष फिल्म ‘कबड्डी ४’पछि दयाहाङ राई र मिरुना मगरको जोडी अहिले ‘हाई डिमाण्ड’मा छ । पर्दामा रुचाइएको जोडी लिँदा फिल्म चलाउन धेरै सहज हुन्छ भन्ने विश्वासले मेकरहरुले पनि एउटै जोडी दोहोर्‍याउने गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-11-30, बिहिवार

नेपाली फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिदमा यतिबेला कुनै कम्पनीको हालिमुहाली छ भने त्यो सेभेन सिज इन्टरटेनमेन्ट हो । ठूला स्टार र प्रतिष्ठित ब्यानरका फिल्महरु आफ्नो पोल्टामा पार्दै आएको यो कम्पनीले अब ‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी फिल्मम्को नयाँ फिल्म ‘दयारानी’को पनि अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार लिएको छ । बुधबार दुई कम्पनीबीच सम्झौता भएको हो ।

फिल्मीखबर, काठमाडौं, 2023-11-30, बिहिवार

यतिबेला दयाहाङ राई र मिरुना मगरको जोडी ‘हटकेक’ छ । ‘कबड्डी ४’ र ‘जारी’ फिल्मको सफलतापछि उनीहरु हरेक मेकरको रोजाईमा परिरहेका छन् । उनीहरुले पनि लगातार फिल्ममा काम गरिरहेका छन् । यस वर्षको भदौमा आएको उनीहरु अभिनीत फिल्म ‘नाङ्गो गाउँ’ पनि हिट भएको थियो । आगामी फागुन २५ गते यही जोडीको अभिनय रहेको फिल्म ‘रङ्गेली’ प्रदर्शन हुँदैछ ।

फिल्मीखबर, काठमाडौं, 2023-11-30, बिहिवार

फिल्म ‘साङ्लो’ रिलिजको ४ वर्षपछि ‘एक्सन स्टार’ विराज भट्टले नयाँ फिल्मको घोषणा गरेका छन् । बिहीबार फेसबुकमा एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्म ‘१२ गाउँ’को निर्माण घोषणा गरेका हुन् । पोस्टरको पृष्ठभूमिमा गाउँलाई चित्रित गरिएको छ । विराज स्वयंको निर्देशन रहने फिल्म एक्सन-थ्रिलर कथामा बन्नेछ । विराज भट्ट फिल्म प्रडक्सनको ब्यानरमा फिल्म निर्माण हुनेछ ।

Results : 3409 - 3414 of 23942