Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3271 - 3276 of 24235
फिल्मीखबर, काठमाडौं, 2024-03-10, आईतवार

चकलेटी अभिनेताको रुपमा चिनिएका प्रदीप खड्का आफूलाई ‘भर्सटायल’ बनाउने प्रयासमा छ । अघिल्लो वर्ष फिल्म ‘प्रकाश’मा उनले जुम्लेली चरित्रमा चुनौती मोलेका थिए । अब नयाँ फिल्म ‘पूजार सार्की’मा उनी दलित युवकको भूमिकामा प्रस्तुत हुँदैछन् । छायांकन सुरु हुनुभन्दा अगाडि निर्माण टिमले सार्वजनिक गरेको ‘फर्स्टलुक’ पोस्टरमा उनको चरित्रचित्रण रोचक देखिएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2024-03-10, आईतवार
फिल्मीखबर, काठमाडौं, 2024-03-09, शनिवार

हिट जोडी दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘रङ्गेली’ले प्रदर्शनको दुई दिन घरेलू बक्स अफिसमा सुखद् व्यापार गरेको छ । शुक्रबार देशभर ७० प्रतिशतमाथिको अकुपेन्सी देखिएकोमा शनिबार पनि सोही अनुपात कायम रहेको वितरक गोविन्द शाहीले जानकारी गराएका छन् । शनिबार काठमाडौं र मोफसलका धेरैजसो हलहरु हाउसफुल भएको उनको दाबी छ ।

फिल्मीखबर, काठमाडौं, 2024-03-09, शनिवार

महाशिवरात्रिको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘काँडेतार’लाई हलबाट उतार्ने घोषणा गरिएको छ । हलहरुले पर्याप्त शोज र ‘प्राइम टाइम’ शोज उपलब्ध नगराएको भन्दै फिल्मलाई शनिबारबाटै हलमा नचलाउने निर्देशक तथा निर्माण नवल खड्काले घोषणा गरेका हुन् । उनले शनिबार एक बक्तव्य जारी गर्दै फिल्ममाथि संगठित गिरोह खनिएको समेत आरोप लगाए ।

फिल्मीखबर, काठमाडौं, 2024-03-09, शनिवार

महाशिवरात्रिको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘उपहार’ले बक्स अफिसमा सुखद् सुरुवात गरेको छ । पहिलो दिन देशभर ६० प्रतिशतमाथि अकुपेन्सी कायम गरेको फिल्म शनिबार पनि बलियो देखियो । बिहानदेखि साँझसम्म काठमाडौं र मोफसलका प्रायः हलमा दर्शकको चाप उल्लेख्य छ । फिल्मलाई देशभर प्राप्त शोजमा ८० प्रतिशतसम्म अकुपेन्सी देखिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-03-09, शनिवार

अभिनेता हरिवंश आचार्यले फिल्म होस् या सिरियल, आफ्नो चरित्रमा विविधता दिएका छन् । कुनैमा उनले आदर्श पात्र भएर काम गरेका छन् भने कुनैमा नकारात्मक चरित्र निभाएका छन् । यसैले त उनी ‘भर्सटायल अभिनेता’को रुपमा चिनिन्छिन् । आगामी चैत ९ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘महाजात्रा’मा भने उनी भ्रष्ट नेताको भूमिकामा छन् । अर्थात् उनको चरित्र नकारात्मक छ ।

Results : 3271 - 3276 of 24235