Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3271 - 3276 of 23939
फिल्मीखबर, काठमाडौं, 2024-01-02, मंगलवार

विश्वमै सिरिज फिल्मप्रति मेकर र दर्शकको आकर्षण अद्भुत छ । यसैले सफल फिल्मको नाममा थुप्रै श्रृंखला निर्माण भएका छन् । नेपालमा पनि व्यावसायिक हिसाबले सिरिज फिल्म नै सर्वाधिक सफल देखिन्छन् । यसमा ‘ए मेरो हजुर’ सिरिज पनि पर्छ । यसका चारवटा श्रृंखला निर्माण भैसकेका छन् । तर, पहिलो श्रृंखलाको गर्विलो साख अरुले जोगाउन नसकेको टिप्पणी हुँदै आइरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-01-01, सोमवार

विश्वकै प्रतिष्ठित मानिने ‘भेनिस फिल्म फेस्टिभल’मा महत्त्वपूर्ण दुई अवार्ड जितेको नेपाली फिल्म ‘द रेड सुटकेस’को प्रदर्शन मिति घोषणा गरिएको छ । अंग्रेजी नयाँ वर्ष (२०२४)को अवसर पारेर सोमबार एक पोस्टर सार्वजनिक गर्दै आगामी चैत ३० गतेलाई प्रदर्शन मिति निश्चित गरिएको हो । यो मितिमा रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ पनि प्रदर्शनमा आउने तयारीमा छ ।

फिल्मीखबर डटकम, काठमाडौँ, 2024-01-01, सोमवार

आगामी माघ २६ गते रिलिज हुने नेपाली फिल्म ‘दयारानी’को 'चोरी चोरी' बोलको गीत रिलिज भएको छ ।  नयाँ वर्षको अवसर पारेर इन्टरनेटमा रिलिज गरिएको यस गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री दिया पुनको अभिनय छ ।

फिल्मीखबर, काठमाडौं, 2024-01-01, सोमवार

अभिनेता सौगात मल्ल आफ्ना फिल्मको प्रचारमा उत्तिधेरै मिहिनेत गर्दैनन् । फिल्मका एकाध कार्यक्रम र मिडिया भेटघाटमा मात्र उनी सीमित रहन्छन् । तर, आगामी माघ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हात्तीछाप’को प्रचारका लागि भने उनी महोत्सव समेत धाइरहेका छन् । फिल्मको मुनाफाको हिस्सेदारीमा रहेकाले उनी फिल्मको प्रचारमा गम्भीर देखिएको बताइन्छ ।

फिल्मीखबर डटकम, काठमाडौँ, 2024-01-01, सोमवार

लेखक तथा निर्देशक सौरभ चौधरीको महत्त्वाकाङ्क्षी फिल्म ‘द अन ब्रेकेबल अगस्त्य: च्याप्टर १’को फस्ट लुक रिलिज गरिएको छ । योसँगै यसको प्रदर्शन मिति घोषणा गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-12-31, आईतवार

निर्माता सन्तोष सेन आफ्नो नयाँ फिल्म ‘बलिदान’मा कलाकारको ‘लाइनअप’ बलियो बनाउने कसरतमा छन् । अभिनेताद्वय सौगात मल्ल र अर्पण थापा मुख्य भूमिकामा अनुबन्धित भैसकेको फिल्ममा अब ‘एक्सन स्टार’ विराज भट्टको प्रवेश हुने सम्भावना बढेको छ । टिजर रिलिजपछि फिल्ममा उनको सर्वाधिक माग भएको थियो । अब निर्माण टिमले उनीसँग छलफल अगाडि बढाएको छ ।

Results : 3271 - 3276 of 23939