Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2977 - 2982 of 23938
फिल्मीखबर, काठमाडौं, 2024-03-09, शनिवार

महाशिवरात्रिको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘उपहार’ले बक्स अफिसमा सुखद् सुरुवात गरेको छ । पहिलो दिन देशभर ६० प्रतिशतमाथि अकुपेन्सी कायम गरेको फिल्म शनिबार पनि बलियो देखियो । बिहानदेखि साँझसम्म काठमाडौं र मोफसलका प्रायः हलमा दर्शकको चाप उल्लेख्य छ । फिल्मलाई देशभर प्राप्त शोजमा ८० प्रतिशतसम्म अकुपेन्सी देखिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-03-09, शनिवार

अभिनेता हरिवंश आचार्यले फिल्म होस् या सिरियल, आफ्नो चरित्रमा विविधता दिएका छन् । कुनैमा उनले आदर्श पात्र भएर काम गरेका छन् भने कुनैमा नकारात्मक चरित्र निभाएका छन् । यसैले त उनी ‘भर्सटायल अभिनेता’को रुपमा चिनिन्छिन् । आगामी चैत ९ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘महाजात्रा’मा भने उनी भ्रष्ट नेताको भूमिकामा छन् । अर्थात् उनको चरित्र नकारात्मक छ ।

फिल्मीखबर, काठमाडौं, 2024-03-09, शनिवार

२०४० सालमा निर्माण भएको अभिनेता नीर शाह निर्देशित फिल्म ‘बासुदेव’लाई कृतिमाथि बनेको नेपालको अब्बल फिल्म मानिन्छ । आख्यानकार डा. ध्रुवचन्द्र गौतमको चर्चित उपन्यास ‘कट्टेल सरको चोटपटक’मा आधारित भएर फिल्म बनेको थियो । फिल्ममा निर्देशक शाहसँगै मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, हरिहर शर्मा, कृष्ण मल्ल र शर्मिला मल्लले मुख्य भूमिकामा काम गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2024-03-08, शुक्रवार

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘बोक्सीको घर’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार महाशिवरात्रि तथा नारी दिवसको दिन पारेर सार्वजनिक टिजरमा बोक्सी कुप्रथाको नाममा महिलामाथि हुने हिंसालाई देखाइएको छ । अभिनेत्री केकी अधिकारी नव-विवाहित महिलाको रुपमा प्रस्तुत छन् । टिजरको अन्तिम दृश्यमा उनको चरित्रचित्रण प्रभावशाली देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-03-08, शुक्रवार

मिलन चाम्स निर्देशित फिल्म ‘अञ्जिला’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । महाशिवरात्रि र नारी दिवसको अवसर पारेर शुक्रबार सार्वजनिक एक पोस्टरमा अभिनेता दयाहाङ राई र महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बालाई प्रस्तुत गरिएको छ । दयाहाङ ढाकाटोपी लगाएर मुस्कुराएको भावमा देखिएका छन् भने अञ्जिलाको फुटबल मोह दर्शाइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-03-08, शुक्रवार

फागुनको तीन हप्ता नेपाली फिल्मबीच भिडन्त देखिएन । तीन हप्तामा तीन फिल्म रिलिज भए । तर, यो हप्ता एकसाथ तीन फिल्म ‘रङ्गेली’, ‘उपहार’ र ‘काँडेतार’ प्रदर्शनमा आएका छन् । शुक्रबार महाशिवरात्री तथा नारी दिवसको विदा भएकाले यी तीन फिल्म एकआपसमा भिड्न पुगेका हुन् । तर, तीनवटै फिल्मको विषयवस्तु फरक भएकाले दर्शकको दक्षित वर्ग पनि फरक हुनसक्छन् ।

Results : 2977 - 2982 of 23938