Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2983 - 2988 of 23938
फिल्मीखबर, काठमाडौं, 2024-03-08, शुक्रवार

अभिनेता अनमोल केसी र अभिनेत्री पूजा शर्मा बक्स अफिसमा आमनेसामने हुने भएका छन् । आगामी जेठ १० गतेबाट अनमोल अभिनीत फिल्म ‘फर्की फर्की’ प्रदर्शनमा आउने तयारीमा छ । अब यो मितिमा पूजाको एक्सन फिल्म ‘दान्भी’ पनि आउने निश्चित भएको छ । बुद्ध जयन्तीको सार्वजनिक विदा पारेर दुवै फिल्म प्रदर्शनमा आउन लागेका हुन् । दुवै फिल्मको जनरा भने फरक छ ।

फिल्मीखबर, काठमाडौं, 2024-03-07, बिहिवार

महाशिवरात्रीको दिन पारेर भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको ज्ञानेन्द्र देउजाद्वारा निर्देशित फिल्म ‘उपहार’ले प्रिमियरमा अब्बल प्रतिक्रिया प्राप्त गरेको छ । बिहीबार दिउँसो काठमाडौंमा आयोजित प्रिमियरमा पुगेका फिल्मकर्मीहरुले एउटा ‘प्याकेज’को फिल्म बनेको भन्दै प्रशंसामा शब्द खर्चिएका थिए । अधिकांशले फिल्मको कथावस्तु र कलाकारको अभिनयको खुलेर प्रशंसा गरे ।

फिल्मीखबर, काठमाडौं, 2024-03-07, बिहिवार

अभिनेत्री मलिका महतलाई जुत्ताको माला लगाएको फर्स्टलुक पोस्टर सार्वजनिक भएसँगै चर्चामा रहेको फिल्म ‘सतीदेवी’ लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकामा छायांकन गरिएको हो । सोही नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले फिल्म हेरेपछि विशेष सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । बुधबार दमौलीस्थित क्युएफएक्स हलमा फिल्मको विशेष प्रदर्शन गरिएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2024-03-07, बिहिवार

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर चलचित्र विकास बोर्डले नेपाली फिल्ममा योगदान पुर्‍याउने महिला कलाकारदेखि पत्रकारसम्मलाई सम्मान गरेको छ । बुधबार बोर्डमा आयोजित एक कार्यक्रमका बीच सञ्चारमन्त्री रेखा शर्माले अभिनेत्रीहरु केकी अधिकारी, प्रियंका कार्की, सरिता लामिछाने, निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहाल र रंग पत्रकार सारदा थापालाई जनही पच्चीस हजारसहित सम्मान गरेकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2024-03-07, बिहिवार

निर्देशक शोभित बस्नेतका छोरा सलोन बस्नेत बाल्यकालदेखि नै अभिनयमा सक्रिय छन् । अब शोभितकी छोरी सलिना बस्नेत पनि अभिनयमा आउने भएकी छन् । डकुड्रामा सिरिज ‘हामी छौं’बाट उनले अभिनयमा डेब्यू गर्न लागेकी हुन् । विगत लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएकी उनी यो ड्रामामा काम गर्न आगामी बैशाखमा नेपाल आउँदैछिन् । यसमा उनी स्वयंको निर्माण रहनेछ ।

फिल्मीखबर, काठमाडौं, 2024-03-07, बिहिवार

हतारोमा फिल्म बनाउने र रिलिज गर्ने नेपाली फिल्मकर्मीहरुको पुरानै रोग हो । पोष्ट प्रोडक्सनको काम नसकिँदै रिलिजको चटारोले फिल्ममा प्राविधिक कमजोरी देखिने गरेको छ । गत शुक्रबार प्रदर्शनमा आएको फिल्म ‘अगस्त्य’को पनि हतारमा काम गर्दा डबिङदेखि ब्याकग्राउन्ड म्यूजिकसम्म कमजोरी देखिएको थियो । रिलिजको अघिल्लो दिनसम्म पनि धेरै फिल्मको पोष्टको काम सकिएकै हुँदैन । अनि हतारमा काम गर्दा फिल्म विग्रिने गरेका छन् ।

Results : 2983 - 2988 of 23938