
फिल्मलाई कला-संस्कृति तथा पर्यटन प्रवर्द्धनको माध्यमको रुपमा लिने गरिन्छ । यसैले विश्वका धेरै देशले फिल्मलाई संस्कृति तथा पर्यटन मन्त्रालयअन्तर्गत राखेका छन् । नेपालमा भने फिल्मलाई सञ्चार मन्त्रालयले हेर्छ । जसले गर्दा राज्यले फिल्मलाई प्रचारको माध्यमको रुपमा मात्र लिएको देखिन्छ । यसैले फिल्मलाई संस्कृति मन्त्रालयमा राख्नुपर्ने माग फिल्मकर्मीहरुले गर्दै आएका छन् ।

अघिल्लो वर्ष फिल्म ‘प्रेमगीत ३’ प्रदर्शनताका अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीप्रति लक्षित गरेर दिएका अभिव्यक्तिले दुवैबीच शीतयुद्धको स्थिति बनेको थियो । त्यसबेला आक्रामक देखिएका प्रदीपले भुवनको योग्यतामाथि प्रश्न उठाउँदै राजीनामा समेत मागेका थिए । त्यसको प्रतिजवाफमा भुवनले पनि विभिन्न मिडियामा प्रदीपलाई ‘फ्लप हिरो’ भनेका थिए ।

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सातौँ संस्करण आगामी चैत १ गतेदेखि ५ गतेसम्म हुने भएको छ । मंगलबार नेपाल पर्यटन बोर्डको हलमा आयोजित एक कार्यक्रमका बीच आयोजक संस्था नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले महोत्सवमा प्रदर्शन हुने फिल्महरुको ‘लाइनअप’ पनि सार्वजनिक गर्यो । पाँच दिन चल्ने महोत्सवमा ४० देशका ८८ फिल्म प्रदर्शन गरिने भएको छ ।

अभिनेता नाजिर हुसेनका लागि फिल्म ‘अगस्त्य’ विशेष छ । किनकि, यसमा उनी एक्सन भूमिकामा प्रस्तुत छन् । त्यसका लागि उनले २० केजी तौल समेत बढाएका थिए । अब उनको ‘क्यारेक्टर’ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा उनी फरक-फरक लुक्स र मनोभावमा प्रस्तुत छन् । कुनैमा उनी एक्सन मुडमा रगताम्मे भएर देखिएका छन् भने कुनैमा गम्भीर भावमा चित्रित छन् ।

फिल्म चल्नका लागि बजेट र स्टारकास्टभन्दा कन्टेन्ट बलियो हुनुपर्छ भन्ने उदाहरण बनेको छ, तेलुगू फिल्म ‘हनुमान’ । २५ करोड भारुमा निर्माण भएको फिल्ममा ठूलो स्टारकास्ट छैन । तर, यतिबेला फिल्मले बलियो ‘वर्ड अफ माउथ’को सहारामा भारतीय बक्स अफिसमा जबर्जस्त कमाई गरिरहेको छ । फिल्मले हिन्दीसहित पाँच भाषामा गरी ४ दिनमा ५५ करोडमाथिको कमाई गरेको छ ।

फिल्मी दुनियाँमा नआउँदै राम्रो ‘नेम-फ्रेम’ बनाएकी मोडल हुन्, नीति शाह । सन् २०१७ मा मिस इन्टरनेशनलको उपाधि जितेपछि उनको सौन्दर्यको चर्चा हुँदा धेरै फिल्मको अफर पुगेको थियो । त्यसमध्ये एक थियो, ‘ड्रिम्स’ । अभिनेता भुवन केसी स्वयंले उनलाई फिल्म अफर गरेका थिए । तर, त्यसबेला उनले उक्त फिल्म अस्वीकार गरिन् । र, साम्राज्ञी आरएल शाहले डेब्युको मौका पाइन् ।
- ‘राम नाम सत्य’को ट्रेलरमा विराज र सुशीलको टकराव
- काठमाडौंमा सुरू भयो ‘निफ’, भोलि संवाद गर्दै ‘शोले’ निर्देशक र हमाल
- सागरमाथि बलात्कारको आरोप लगाएकी युवती भन्छिन्, ‘दाइ भन्थेँ, राक्षस रहेछ’
- बलात्कारको आरोप लागेपछि ‘पाँच पाण्डव’बाट निकालिए ‘बले’
- विराजलाई प्रश्न- ‘नातिनी उमेरकी युवतीसँग रोमान्स गर्न कसरी मान्नुभयो ?’

