Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2917 - 2922 of 23657
एजेन्सी, मुम्बई, 2024-01-20, शनिवार

२२ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘गदर’को दोस्रो सिक्वेलले गत वर्ष भारतीय बक्स अफिसमा ५ सय करोडमाथिको ‘रेकर्ड’ बनायो । यो व्यापार बलिउडका लागि कुनै ‘सरप्राइज’भन्दा कम थिएन । किनकि, प्रदर्शनपूर्व फिल्मको उत्तिधेरै चर्चा थिएन । तर, नामै ब्रान्ड भएकाले ‘गदर २’ले अप्रत्यासित रुपमा सफलता हासिल गर्‍यो । अब यसको तेस्रो सिक्वेल पनि निर्माण हुने भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-01-20, शनिवार

फिल्मको हाइप निर्माण गर्न गीतको ठूलो भूमिका हुने गर्छ । यसैले गीतको अडियो र भिडियो स्तरीय बनाउन निर्माताले लाखौं खर्च गर्ने गरेका छन् । तर, यतिबेला गीतमाथिको लगानी बालुवामा पानीझैँ भैरहेको देखिन्छ । वर्षमा एकाध गीत मात्र चर्चामा आउँछन्, बाँकी त युट्युबमै हराउँछन् । यसैले अचेल गीतलाई जबर्जस्ती हिट देखाउन डलर तिरेर युट्युबमा भ्यूज थुपार्ने ट्रेन्ड फस्टाएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-01-19, शुक्रवार

केही वर्षयता अमेरिकामा बस्दै आइरहेका अभिनेता राजबल्लभ कोइरालाले फिल्म ‘कामिनो’बाट ९ वर्षपछि कमब्याक गर्ने निश्चित भएको थियो । तर पछि फिल्मको निर्माण अन्योल भएपछि उनी सहमतिमै बाहिरिएका थिए । अब अर्को फिल्म ‘एक्टर’बाट उनले कमब्याक गर्ने भएका छन् । शुक्रबार आफू चित्रित फिल्मको एक पोस्टर फेसबुकमा सेअर गर्दै उनले कमब्याक पुष्टि गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2024-01-19, शुक्रवार

व्यक्तिगत जीवनमा आएको उतार-चढावपछि अभिनेत्री शिल्पा पोखरेल ५ वर्षदेखि फिल्मबाट टाढा देखिएकी छन् । उनी अभिनीत पछिल्लो फिल्म ‘भिलेन’ हो, जुन सन् २०१९ मा रिलिज भएको थियो । यसपछि उनले नयाँ फिल्म सम्झौता गरेको जानकारीमा छैन । बरु यो बीचमा उनले तीनवटा जति भोजपुरी फिल्ममा काम गरिन् । नेपाली फिल्ममा भने उनको कमब्याक अझै अनिश्चित छ ।

फिल्मीखबर, काठमाडौं, 2024-01-19, शुक्रवार

नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डले फिल्मसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा प्राप्त राय सुझावको विषयमा सरोकारवालाहरूसँग छलफल अगाडि बढाएको छ । यही बिहीबार बोर्डमा फिल्मसम्बद्ध संघ-संस्थाका प्रतिनिधि तथा फिल्मकर्मीहरुको उपस्थितिमा माग र सम्बोधनका विषयमा केन्द्रित भएर छलफल गरिएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2024-01-19, शुक्रवार

‘तीन पाते’, ‘फूलथुंगे रानी’, ‘लजाएर’, ‘गाला पुक्क’, ‘घुमी घुमी’, ‘बाफ’ जस्ता गीतबाट लोकप्रियताको उत्कर्षमा पुगेका गायक सुजन चापागाईँले फिल्ममा पनि हिट गीत दिएका छन् । उनको स्वर तथा संगीत रहेको फिल्म ‘बाबरी’को ‘चुलबुल चुलबुल’ गीत चर्चित बनेको थियो । अब उनी सन्तोष सेनको निर्देशन तथा निर्माणमा बन्न लागेको फिल्म ‘बलिदान’को गीतमा पनि गुञ्जिने भएका छन् ।

Results : 2917 - 2922 of 23657
Most Visited News (monthly)