Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2947 - 2952 of 23506
फिल्मीखबर, काठमाडौं, २०८० मंसिर २१, बिहिवार

भारतीय फिल्ममा नकारात्मक भूमिकामा रुचाइएका अभिनेता ह्यारी जोशले नेपाली फिल्ममा अभिनय गर्ने भएका छन् । ‘वान्टेड’, ‘धूम २’, ‘वेलकम’ जस्ता फिल्ममा अभिनय गरिसकेका उनी नेपाली फिल्म ‘देव वाणी’मा देखिन लागेका हुन् । फिल्ममा अभिनय गर्न उनी बुधबार नेपाल आइसकेका छन् । उनलाई फिल्मको टिमले त्रिभुवन विमानस्थालमा खादा र मालाले स्वागत गरेको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर २०, बुधवार

बक्स अफिसमा फ्लप तर युट्युबमा सर्वाधिक रुचाइएको बलिउड फिल्म ‘सनम तेरी कसम’बाट चर्चामा आएका अभिनेता हर्षवर्धन राणेको नेपालमा पनि राम्रो क्रेज छ । गत वर्ष साथीको विवाहमा सहभागी हुन नेपाल आउँदा काठमाडौंको एक रेस्टुराँमा उनलाई हेर्नकै लागि युवायुवतीहरुको ठूलो भीड लागेको थियो । र, उनले नेपाली फ्यानहरुप्रति दर्शाएको प्रेमको धेरैले प्रशंसा गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर २०, बुधवार

उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंका एक कार्यक्रमबीच सार्वजनिक २ मिनेट ३ सेकेण्ड लम्बाईको ट्रेलरमा एक जोडीको प्रेममा आउने उतार-चढाव र लिम्बु संस्कारलाई प्रस्तुत गरिएको छ । ट्रेलरको सुरुवातमा रहेको इओन लिम्बु र सिमोन गिरीको बाइक यात्रा र नोकझोंकको दृश्य भने फिल्म ‘प्रेमगीत’सँग मिल्दोजुल्दो देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर १९, मंगलवार

पछिल्लो समय साउथ र बलिउडका एक्सन फिल्ममा मेसिनगनको प्रयोग अनिवार्य जस्तै भएको छ । ‘केजीएफ’, ‘पठान’, ‘एनिमल’, ‘टाइगर ३’ जस्ता फिल्ममा प्रयोग भएको मेसिनगनलाई लिएर राम्रै चर्चा भएको थियो । विशेषगरी ठूला एक्सन सिनमा मेसिनगनको प्रयोग गरिन्छ । अब नेपाली एक्सन प्रधान फिल्म ‘दान्भी’मा अभिनेत्री पूजा शर्मा शक्तिशाली मेसिनगनसहित देखिने भएकी छन् ।

एजेन्सी, मुम्बई, २०८० मंसिर १९, मंगलवार
फिल्मीखबर, काठमाडौं, २०८० मंसिर १९, मंगलवार

७ वर्ष अगाडि फिल्म ‘मन्दिरा’मा सहकार्य गरेका निर्देशक दीपेश सापकोटा र निर्माता हरि भट्ट (सूर्यनाथ)ले अब ‘अभेद्य’ शीर्षकमा फिल्म निर्माण गर्ने भएका छन् । २०२४ को सुरुवातसँगै छायांकन गर्न लागिएको फिल्ममा कलाकार र प्राविधिकको भने टुंगो लाग्न बाँकी छ । रोमान्स र थ्रीलर जनरामा बन्न लागेको फिल्मको यतिबेला स्क्रिप्ट लेखनको काम अन्तिम चरणमा पुगेको बताइएको छ ।

Results : 2947 - 2952 of 23506