

गत मंसिरदेखि नेपालका हलमा विदेशी फिल्मको दबदबा देखिएको छ । मंसिरमा ‘एनिमल’, पुषमा ‘आक्वाम्यान २’, ‘डंकी’, ‘सलार’, ‘मेरी क्रिसमस’, ‘क्याप्टेन मिलर’ जस्ता फिल्म रिलिज भए । यही शुक्रबारबाट साउथ फिल्म ‘हनुमान’ प्रदर्शन भैरहेको छ । विदेशी फिल्मको चुनौतीका बावजूद मंसिर र पुषमा नेपाली फिल्म रिलिज नभएका होइनन् । तर, कुनैले दर्शक आकर्षित नै गर्न सकेनन् ।

सौन्दर्य प्रतियोगिताको जगमा उभिएर फिल्मसम्मको यात्रा तय गरेका एकाधको मात्र करिअर सुखद् देखिएको छ । प्रायः फिल्मको असफलताले संकटको अवस्थामा छन् । कतिले पलायनको बाटो समेत रोजिसकेका छन् । सन् २०१२ की मिस इन्टरनेशनल र सन् २०१७ की वर्ल्ड मिस यूनिभर्सिटीकी विजेता शुभेच्छा खड्कालाई पनि फिल्मको श्रृंखलाबद्ध असफलताले ठूलो धक्का दिएको छ ।

आगामी फागुन महिनामा फिल्म रिलिजको ठूलो चाप देखिने भएको छ । फागुन ११ गते ‘गोर्खा वारियर’, फागुन १८ गते ‘अगस्त्य’ र फागुन २५ गते ‘उपहार’, ‘रंगेली’ र ‘काँडेतार’ प्रदर्शनमा आउने निश्चित भैसकेको अवस्थामा अब बाँकी रहेको फागुन पहिलो हप्ता फिल्म ‘जिग्री’ प्रदर्शन हुने भएको छ । आइतबार तीन पोस्टर सार्वजनिक गर्दै फागुन ४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।

अष्ट्रेलियाको भिक्टोरियास्थित वाल्हालामा नेपालको पहिचान र संस्कृति झल्किने गरी तयार गरिएको सेटमा हलिउड फिल्म ‘आइस रोड २’को छायांकन भैरहेको छ । त्यहाँको सडकदेखि घर र होटलसम्मलाई नेपालको हिमाली भेगको झल्को दिने गरि सजाइएको छ । फिल्मको छायांकनका लागि नेपाल पुलिस लेखिएको केही भ्यान र नेपालको झण्डा इंकित एक बस समेत तयार गरिएको छ ।

गायनमा सफल मानिएको जोडी प्रकाश सपूत र शान्तिश्री परियारले पहिलोपटक फिल्मको गीतमा सहकार्य गरेका छन् । ‘प्रकाश’ फेम्ड निर्देशक दिनेश राउतको सातौं फिल्म ‘पूजार सार्की’को एक गीतमा उनीहरुले स्वर भरेका हुन् । यो जोडीले ‘गलबन्दी’, ‘बोल माया’, ‘दमाई महाराज’ जस्ता चर्चित गीतमा सहकार्य गरिसकेको छ । अब फिल्मको गीतमा पनि दुवैको स्वर गुञ्जिन लागेको हो ।
- ‘राम नाम सत्य’को ट्रेलरमा विराज र सुशीलको टकराव
- काठमाडौंमा सुरू भयो ‘निफ’, भोलि संवाद गर्दै ‘शोले’ निर्देशक र हमाल
- सागरमाथि बलात्कारको आरोप लगाएकी युवती भन्छिन्, ‘दाइ भन्थेँ, राक्षस रहेछ’
- बलात्कारको आरोप लागेपछि ‘पाँच पाण्डव’बाट निकालिए ‘बले’
- विराजलाई प्रश्न- ‘नातिनी उमेरकी युवतीसँग रोमान्स गर्न कसरी मान्नुभयो ?’

