Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2923 - 2928 of 23657
फिल्मीखबर, काठमाडौं, 2024-01-18, बिहिवार

‘झोला’बाट निर्देशकको रुपमा अगाडि आएका यादव भट्टराईले ६ वर्षपछि निर्देशनमा कमब्याक गर्ने भएका छन् । सन् २०१८ मा रिलिज भएको फिल्म ‘भोर’पछि उनी निर्देशनमा सक्रिय थिएनन् । अब भट्टराईले फिल्म ‘झिल्को’बाट कमब्याक गर्न लागेका हुन् । बिहीबार बागमतीको दक्षिणी किनारामा अवस्थित गुहेश्वरी मन्दिरमा शुभमुहूर्त गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरियो ।

फिल्मीखबर, काठमाडौं, 2024-01-18, बिहिवार

अभिनयमा पारंगत मानिने माओत्से गुरुङको डेब्यु निर्देशित फिल्म ‘दयारानी’को टिजर सार्वजनिक गरिएको छ । सवा एक मिनेट लामो टिजरमा निःसन्तान दाम्पतीको कथा भनिएको छ । श्रीमान्-श्रीमतीको भूमिकामा रहेका दयाहाङ राई र दीया पुनबीच सन्तान नहुँदा उत्पन्न परिस्थितिलाई चित्रित गरिएको टिजरमा सन्तानका लागि दीयाले दयाहाङलाई दोस्रो बिहे गर्न दबाब दिएको देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-01-18, बिहिवार

नेपालमा मौसम हेरेर फिल्मको रिलिज घोषणा गर्ने ट्रेन्ड छ । वर्षात र चिसो मौसममा फिल्म रिलिज गर्नु भनेको निर्माताले आफ्नै खुट्टामा बञ्चरो हान्नु मानिन्छ । यी दुवै मौसममा हल पुगेर दर्शकले फिल्म हेर्दैनन् भन्ने भ्रम धेरैमा छ । यसैले वर्षेनि यी दुई मौसममा नेपाली फिल्म रिलिजको खडेरी लाग्छ । यसपालिको पुषमा पनि जम्मा दुईवटा फिल्म रिलिज भए, ‘चित्रा’ र ‘पर्खि बसें तिमीलाई’ ।

एजेन्सी, मुम्बई, 2024-01-18, बिहिवार

सन् २०१९ मा निर्देशक सञ्जय लीला भंसालीले अभिनेता सलमान खान र अभिनेत्री आलिया भट्टलाई मुख्य भूमिकामा लिएर फिल्म ‘इन्शाअल्लाह’ बनाउने तयारी गरेका थिए । तर पछि भंसाली र सलमानबीच श्रृजनात्मक मतभेदपछि फिल्मको काम अगाडि बढ्न सकेको थिएन । अब भंसाली ‘इन्शाअल्लाह’लाई फरक ढंगले बनाउने तयारीमा जुटेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-01-18, बिहिवार

‘लुट’बाट नेपाली फिल्मको परम्परागत कथावाचन शैलीको ट्रेन्ड नै बदलेका निश्चल बस्नेतले लगभग ६ वर्षपछि ‘दिमाग खराब’बाट निर्देशनमा पुनरागमन गरे । यस वर्षको तिहार छेको पारेर प्रदर्शनमा आएको यो फिल्म व्यावसायिक रुपमा सफल भएपछि उनले यसको सिक्वेल निर्माणको घोषणा गरिसकेका छन् । ‘दिमाग खराब २’लाई २०८३ सालको दशैंमा प्रदर्शन गर्ने उनको तयारी छ ।

फिल्मीखबर, काठमाडौं, 2024-01-17, बुधवार

नेपाल सरकारले हरेक वर्ष बजेट र नीति तथा कार्यक्रममा नेपाललाई विदेशी फिल्म छायांकन गन्तव्यका रुपमा विकास गर्ने घोषणा गर्दै आएको छ । तर, त्यो घोषणामा मात्रै सीमित देखिन्छ । छायांकन अनुमति लिन झन्झटिलो प्रक्रिया, बाटोघाटो सहज नहुनु आदि कारणले विदेशी मेकर नेपालमा छायांकन गर्न हच्किरहेका छन् । बरु विदेशमा नै नेपालको सेट बनाएर छायांकन गरिरहेका छन् ।

Results : 2923 - 2928 of 23657
Most Visited News (monthly)