Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2941 - 2946 of 23938
फिल्मीखबर, काठमाडौं, 2024-03-17, आईतवार

फिल्ममा डेब्यूका लागि मोडल नीति शाहले ठूलै संघर्ष गर्नुपर्‍यो । लगातार चारवटा फिल्म सम्झौता गर्दा पनि कुनै निर्माण भएनन् । यसपछि फिल्म ‘खजुरे ब्रो’बाट डेब्यू गरेकी उनले त्यसपछि निर्देशक सविर श्रेष्ठको फिल्म ‘रुखान’ सम्झौता गरिन् । उनले निर्देशक दीवाकर भट्टराईको नयाँ फिल्म ‘राजा’मा पनि काम गर्न लागेको जानकारी प्राप्त छ । यसरी हेर्दा उनलाई फिल्म अभाव देखिँदैन ।

फिल्मीखबर, काठमाडौं, 2024-03-17, आईतवार

अचेल नेपालमा फिल्म निर्माण र प्रदर्शनभन्दा ज्यादा अवार्ड र फेस्टिभलहरु आयोजना भइरहेका छन् । तर, एकाधबाहेक कुनैको गर्विलो साख छैन । न त नेपाली फिल्मको बजार विस्तारमा भूमिका खेल्न सकेका छैनन् । अहिले अवार्ड र फेस्टिभलहरु कमाउने धन्दाको रुपमा आयोजना भइरहेको आरोप लाग्ने गरेको छ । यो चैत महिनामा मात्र काठमाडौंमा फिल्म फेस्टिभलहरुको बाढी छ ।

फिल्मीखबर, काठमाडौं, 2024-03-17, आईतवार

गत फागुन ११ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘अगस्त्य’ले तेस्रो हप्तामा पनि हलमा आफ्नो पकड कायम राखेको छ । इनिसियल व्यापार अपेक्षाकृत नभए पनि पहिलो हप्ताको अन्त्यबाट व्यापारमा ‘वर्ड अफ माउथ’को प्रभाव देखिन थालेको थियो । दोस्रो हप्ता घरेलू बक्स अफिसमा राम्रो अंक जोडेको फिल्मलाई तेस्रो हप्ताको शनिबार पनि प्राप्त शोहरुमा दर्शक अकुपेन्सी सुखद् देखियो ।

फिल्मीखबर, काठमाडौं, 2024-03-17, आईतवार

अभिनेता पुष्प खड्काले करिब एक वर्षको अन्तरालपछि नयाँ फिल्म सम्झौता गरेका छन् । उनले शंकर कार्कीको निर्देशनमा बन्न लागेको फिल्म ‘सिड्नी ब्लूज’मा काम गर्न लागेका हुन् । शुक्रबार उनीसँग निर्माण टिमले कागजी सम्झौता गरेको हो । फिल्ममा उनको जोडी ‘महापुरुष’ फेम्ड अभिनेत्री अञ्जना बराइलीसँग बाँधिनेछ । उनी एक महिनाअघि नै फिल्ममा अनुबन्ध भएकी थिइन् ।

फिल्मीखबर, काठमाडौं, 2024-03-17, आईतवार

नेपालमा फागुन २५ गतेदेखि प्रदर्शनरत फिल्म ‘रङ्गेली’ अब भारतमा रिलिज हुने भएको छ । युसुफ शेखले नेतृत्व गरेको भारतको वितरण कम्पनी एन मुभिज र जनता सिनेमाले फिल्मलाई भारतमा प्रदर्शन गर्न लागेको हो । यसका लागि हिन्दी अनुवादको काम भैरहेको कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले जानकारी गराए । भारतका एक सयभन्दा बढी सिनेमा हलमा फिल्म रिलिज हुनेछ ।

फिल्मीखबर, काठमाडौं, 2024-03-16, शनिवार

अभिनेत्री दीपिका प्रसाईं आमा बन्दैछिन् । चिकित्सकले उनलाई आगामी बैशाख पहिलो साताको ‘डेलिभरी डेट’ दिएका छन् । चार वर्षअघि निर्देशक दीवाकर भट्टराईसँग विवाह बन्धनमा बाँधिएकी उनले गत मंसिरमा फिल्म ‘मायावी’को छायांकन सकाएकी थिइन् । गर्भावस्थामै उनले यो फिल्मको छायांकन गरेकी हुन् । दीपिका र दीवाकर पहिलो सन्तानलाई स्वागत गर्न आतुर देखिएका छन् ।

Results : 2941 - 2946 of 23938