
गत वर्षको भदौ १० गते प्रदर्शनमा आएको फिल्म ‘द सेक्रेट्स अफ राधा’लाई चार दिनमै निर्माताले हलबाट उतारेका थिए । हलले शोज बाँडफाँडमा अन्याय गरेको भन्दै फिल्मको प्रदर्शन स्थगित गरिएको थियो । त्यही बेला निर्माता तथा निर्देशक सुवर्ण थापाले अनुकूल समय हेरेर फिल्मलाई पुनः रिलिज गरिने बताएका थिए । अब आगामी भदौ २९ गते फिल्म पुनः प्रदर्शन हुने भएको छ ।

गत बैशाख २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘हल्कारा’ले उम्दा प्रतिक्रियाका बावजूद दर्शकको राम्रो साथ पाउन सकेन । दोस्रो हप्ताबाट प्रायः मल्टीप्लेक्सहरुले फिल्मलाई उतारेका थिए । तर, सुन्धारास्थित सिडिसी सिनेमामा भने फिल्मले एक शो पाइरहेको थियो । दोस्रो हप्तामा एउटा मात्र हलमा चलेको फिल्मलाई तेश्रो हप्तादेखि सिडिसी सिनेमाले नै एक शो थपेर दुई शो बनाएको छ ।

नेपाली फिल्ममा सबैभन्दा बढी रुचाइएको जोडी हुन्, राजेश हमाल र करिश्मा मानन्धर । फिल्म ‘भाउजु’मा पहिलो पटक एकसाथ काम गरेका उनीहरुको त्यसपछि दर्जनौं फिल्ममा जोडी बाँधियो । उनीहरुको केमेस्ट्री यतिसम्म मिलेको थियो कि दर्शकहरुले ‘रियल कपल’ नै ठान्थे । त्योबेला फिल्मको हिरो-हिरोइन भनेका राजेश हमाल र करिश्मा मानन्धर मात्र हुन् भन्ने आमबुझाइ थियो ।

प्रदर्शनभन्दा अगाडिदेखि नै ठूलो विवादमा घेरिएको फिल्म ‘द केरला स्टोरी’ले बक्सअफिसमा भने जबर्जस्त कमाई गरिरहेको छ । भारतीय बक्सअफिसमै २ सय करोडभन्दा बढीको कमाई गरिसकेको फिल्मको कथावस्तुलाई लिएर दर्शकदेखि फिल्म स्टारसम्म दुई खेमामा बाँडिएका छन् । एकथरीले फिल्मले उठाएको विषयको खुलेर समर्थन गरेका छन् त अर्काथरीले विरोध जनाएका छन् ।

विश्वमै हलको विकल्पको रुपमा ओटीटी प्लेटफर्मलाई लिन थालिएको छ । कोरोना महामारीपछि त दर्शकहरुको यसतर्फ आकर्षण बढ्दो छ । नेटफ्लिक्स, प्राइम भिडियो, डिज्नी प्लस, हुलु जस्ता ओटीटी प्लेटफर्ममा विश्वकै ठूला फिल्महरु रिलिज भैरहेका छन् । कति फिल्महरु त हलमा नभइ सिधै ओटीटीमा रिलिज हुने गरेका छन् । आम्दानीका लागि ओटीटी बलियो माध्यम बनिरहेको छ ।

नेपाली मुलकी अभिनेत्री अदिती बुढाथोकीले एक दर्जन बढी हिन्दी र पञ्जाबी म्यूजिक भिडियोमा काम गरिसकेकी छन् । म्यूजिक भिडियोमा उनको व्यस्तता बढ्दो छ । अब उनले हिन्दी वेब सिरिजमा फड्को मारेकी छन् । नितिन गावडेद्वारा निर्देशित ‘म्यूजिक’ नामक वेब सिरिजको तीन सिजनसम्म अदितीले मुख्य भूमिका निभाउनेछिन् । ९ दिनदेखि उनी यसैको छायांकनमा व्यस्त छिन् ।