
कुनै समय एउटै सेड्युलमा ४ वटासम्म फिल्मको छायांकन गरेका सुपरस्टार निखिल उप्रेती विगत केही वर्षयता अभिनयमा सक्रिय छैनन् । अफर पुगेका फिल्महरु पनि नकार्दै आइरहेका छन् । बरु उनी आफूले सुरु गरेको ‘समबोधी अभियान’मार्फत जीवन र जगतका बारेमा प्रवचन दिँदै हिँडिरहेका छन् । उनलाई हेरेर हुर्किएका प्रशंसकहरु भने उनको नयाँ फिल्मको व्यग्र पखाईमा छन् ।

एउटै शैलीको कथावाचनमा बाँचिरहेको नेपाली फिल्मलाई निर्देशक निश्चल बस्नेतले फिल्म ‘लुट’मार्फत नयाँ बाटो देखाएका थिए । बलिउड फर्मुलाबाट ग्रस्त नेपाली फिल्मको परम्परागत कथ्य संरचना र शैलीको मानक भत्याएको यो फिल्म व्यापारमा समेत ‘ट्रेन्ड सेटर’ बन्यो । नेपाली फिल्मप्रति युवापुस्तालाई आकर्षित गर्ने र विदेशमा बजार विस्तार गर्ने फिल्मको श्रेय पनि ‘लुट’लाई नै जान्छ ।

नेपाली फिल्म क्षेत्रका लागि यस वर्षको सुरुवात सुखद रह्यो । बैशाख १ गते प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘जारी’ले ‘सरप्राइज’ कमाई गर्यो । प्रदर्शनको पहिलो दिनदेखि नै फिल्मले आक्रामक कमाईलाई जारी राखेको थियो । बलियो ‘वर्ड अफ माउथ’को बलमा फिल्म लामो रेसको घोडा बनेको छ । तीन हप्तामा १५ करोड कमाएको फिल्मले ५१औं दिने यात्रा पनि पूरा गर्ने भएको छ ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसद्मा प्रस्तुत गरेको बजेटमा यसपटक फिल्म क्षेत्र खासै प्राथमिकतामा पर्न सकेन । दोलखामा फिल्म सिटी र बनेपामा स्टुडियो निर्माणको विषयलाई नै यसपटकको बजेटमा पनि समावेश गरिएको छ ।

गत वर्षको बैशाखमा गोरखाको लाप्राकमा आयोजना भएको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्करण काभ्रेपलान्चोकको भकुन्डेबेसीमा हुने भएको छ । सोमबार काभ्रेको बनेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी जेठ २५ गतेदेखि २७ गतेसम्म महोत्सव हुन लागेको जानकारी गराइयो । महोत्सवमा २६ वटा फिल्महरु सहभागी हुने आयोजक संस्था सेलिब्रेटी नेपालका प्रमुख रघुनाथ सापकोटाले बताए ।

‘विजयपथ’, ‘आवेग’, ‘मेला’, ‘राजनीति’ आदि फिल्मका निर्देशक वसन्त निरौलाले नयाँ फिल्म ‘ज्वाइँ साब’को निर्देशकीय जिम्मेवारी सम्हाल्ने भएका छन् । उनले सोमबार खोटाङको धार्मिकस्थल हलेसी महादेव मन्दिरमा पूजाआजा गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् । रेड आई फिल्मस्को प्रस्तुति रहेको फिल्मको छायांकन केही महिनापछि सुरु हुने निर्देशक निरौलाले जानकारी दिए ।