Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2893 - 2898 of 24090
फिल्मीखबर, काठमाडौं, 2024-05-03, शुक्रवार

‘जारी’ समूहको नयाँ फिल्म ‘मनसरा’को शुक्रबारबाट भाग्य परीक्षा सुरु भइसकेको छ । देशभर उच्च शोज पाएको फिल्मले काठमाडौंमा मध्यम व्यापार गरिरहँदा पूर्वमा भने आक्रामक सुरुवात गरेको छ । लाहुरेको सहर भनेर चिनिने धरानमा फिल्मले बिहानैदेखि हाउसफुल यात्रालाई कायम राखेको छ । धरानस्थित फ्रेण्ड्स सिनेमाजले उपलब्ध गराएको चारवटै शोजमा हाउसफुल दर्शक देखिए ।

फिल्मीखबर, काठमाडौंं, 2024-05-03, शुक्रवार

जेठ १० गते रिलिज हुने नेपाली चलचित्र 'पुजार सार्की'को टिम र राष्ट्रिय दलित आयोगका पदाधिकारी बिच छलफल भएको छ। जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित भएर बनेको यो चलचित्र प्रति योगले चासो देखाउँदै यसै साता ललितपुरको कुपण्डलोस्थित आयोगको कार्यालयमा छलफल कार्यक्रम राखेको थियो।

फिल्मीखबर, काठमाडौं, 2024-05-03, शुक्रवार

टिकटकमा ‘कुल ब्वाई’को रुपमा चर्चित मानिएका पारस बम ठकुरी अब फिल्ममा देखिने भएका छन् । उनले फिल्म ‘होस्टेल ३’बाट डेब्यु गर्न लागेका हुन् । बुधबार उनीसँग कार्यकारी निर्माता शंकर कोइरालाले कागजी सम्झौता गरेका छन् । उनलाई फिल्मको महत्त्वपूर्ण भूमिकामा लिइएको निर्देशक सशान कँडेलले जानकारी गराए । फिल्मले ‘डिमान्ड’ गरेको पात्रमा पारस सबै पक्षबाट उत्तम हुने भएपछि उनलाई लिइएको निर्देशक कँडेल बताउँछन् ।

फिल्मीखबर, काठमाडौं, 2024-05-03, शुक्रवार

अघिल्लो वर्ष प्रदर्शनमा आएको फिल्म ‘जारी’ले बक्स अफिसमा ठूलो व्यावसायिक रेकर्ड राख्यो । झन्डै साढे १७ करोडको कमाई गरेको यो फिल्मको रेकर्ड गत वर्ष कसैले तोड्न सकेनन् । अब यही समूहको नयाँ फिल्म ‘मनसरा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । निर्देशकदेखि ‘स्टारकास्ट’सम्म एउटै भएकाले ‘जारी’को बक्स अफिस रेकर्ड अब आफैंले तोड्नुपर्ने चुनौती यो समूहलाई छ ।

फिल्मीखबर, काठमाडौं, 2024-05-02, बिहिवार

अभिनेत्री केकी अधिकारीको निर्माण तथा अभिनय रहेको फिल्म ‘बोक्सीको घर’ले घरेलु बजारमा अकल्पनीय व्यापार गरिरहेको छ । सानदार ओपनिङ गरेको फिल्मले हरेक दिन हलमा दर्शकको मेला लगाएको छ । बुधबार मजदुर दिवसको सार्वजनिक विदामा फिल्मको व्यापार गत शनिबारको भन्दा आक्रामक रह्यो । बुधबार मात्र फिल्मले देशभर १ करोड ६० लाख ग्रस व्यापार गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-05-02, बिहिवार

रंगमञ्चबाट उदाएका कलाकार हुन्, रेअर राई । दर्जनौं नाटकमा अभिनय गरिसकेका उनले ‘ए मेरो हजुर ३’, ‘यात्रा’, ‘चपली हाइट २’, ‘गोर्खा वारियर’ जस्ता फिल्ममा सहायक चरित्रमा काम गरेका छन् । तर, अक्सर मुख्य कलाकारभन्दा उनकै अभिनयको बढी वाहवाही हुन्छ । उनको ‘कमिक टाइमिङ’ बुलन्द मानिन्छ । अब पहिलोपटक उनी मुख्य अभिनेता भएर फिल्ममा देखिएका छन् ।

Results : 2893 - 2898 of 24090