
नेपाली कलाकारहरु एकआपसमा मिलेर काम गर्दैनन् भन्ने भाष्यलाई तोड्दै फिल्म ‘पूजार सार्की’मा अहिलेका तीन स्टार नायकहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले पहिलोपटक एकसाथ काम गर्दैछन् । सम्भवतः एक दशकपछि चलेका नायकहरुबीच यसप्रकारको समीकरण भएको हो । यसले फिल्म क्षेत्रलाई नै सन्देश दिएको छ । यो फिल्मलाई दिनेश राउतले निर्देशन गर्दैछन् ।

नेपाली फिल्म क्षेत्रमा सबैभन्दा बढी सम्बन्ध विग्रिएको अभिनेताको रुपमा प्रदीप खड्कालाई लिइन्छ । ‘प्रेमगीत’पछि सुदर्शन थापा र पूजा शर्मासँग, ‘लिलिबिली’पछि निर्देशक मिलन चाम्ससँग र ‘रोज’पछि निर्देशक निरक पौडेलसँग उनको सम्बन्ध चिसियो । भुवन केसी र अनमोल केसीसँग पनि वार छ । फिल्ममा राजनीति बढी गर्ने भएकाले प्रदीपको मेकरसँग सम्बन्ध विग्रने गरेको बताइन्छ ।

घनश्याम लामिछानेको निर्देशनमा बनेको फिल्म ‘चित्रा’को टिजर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको १ मिनेट २४ सेकेण्डको टिजर बाबु-छोरीको भावनात्मक सम्बन्धको वरिपरि घुमेको छ । एक्सनलाई पनि प्राथमिकता दिइएको टिजरले फिल्म बदलाको कथामा आधारित रहेको संकेत गर्छ । एक्सन कोरियोग्राफी टिजरमा आकर्षक छ ।

दिनेश राउतको निर्देशनमा बन्न लागेको फिल्म ‘पूजार सार्की’मा दुईजना अभिनेत्रीको प्रवेश भएको छ । फिल्म ‘महापुरुष’बाट डेब्यू गरेकी अञ्जना बराइली र ‘जारी’, ‘छक्का पञ्जा ४’ जस्ता फिल्ममा काम गरिसकेकी परीक्षा लिम्बु फिल्मको मुख्य भूमिकामा निश्चित भएका हुन् । दुई हप्ताअघि निर्माण टिमले अभिनेत्रीका लागि अडिसन आह्वान गरेको थियो । दुवैलाई अडिसनबाटै छानिएको हो ।

यो वर्षको ७ महिनालाई समीक्षा गर्दा नेपाली फिल्मका लागि सुखद् मान्न सकिन्छ । यो अवधिमा दुई दर्जन आसपास फिल्म रिलिज हुँदा ५ फिल्म सफल भए । र, यस वर्षको अन्त्यसम्म यो अंक १० पुग्न सक्ने सम्भावना प्रवल छ । एकसेएक ठूला विदेशी फिल्मसँग प्रतिस्पर्धाका बावजूद नेपाली फिल्मले व्यावसायिक सफलता हासिल गर्नु फिल्म क्षेत्रकै लागि एउटा ठूलो उपलब्धि मान्न सकिन्छ ।

यसमा दुईमत नै छैन कि पल शाह अहिलेको समयका राम्रो क्रेज भएका अभिनेता हुन् । विशेषगरी म्यूजिक भिडियोबाट उनी घर-घरमा चिनिएका छन् । एक घटनाका कारण एक वर्ष जेल जीवन विताए पनि उनको क्रेज खासै खस्किएको छैन । मेला-महोत्सवमा उनको नामले उर्लिने भीडले पनि यो प्रष्ट देखाउँछ । जेलमुक्त भएपछि उनी लगातार विभिन्न महोत्सवमा सहभागी भइरहेका छन् ।

