Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2881 - 2886 of 24090
फिल्मीखबर, काठमाडौं, 2024-05-06, सोमवार

पत्रकारिता हुँदै फिल्म निर्देशनमा होमिएका लक्ष्मण सुवेदी निर्देशित तेस्रो फिल्म ‘सतीदेवी’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार वितरक कम्पनीसँग कागजी सम्झौतापछि निर्देशक सुवेदीले आगामी साउन ४ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । अहिलेसम्म यो मितिमा अरु फिल्म छैनन् । यसर्थ फिल्मलाई एकल रिलिजको सम्भावना देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-05-06, सोमवार

‘नुमाफुङ’ निर्देशक नबीन सुब्बाको कमब्याक फिल्म ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक टिजरले ग्रामीण जीवनको कथा पेश गर्छ । गाउँमा बाटो पुग्नुअघि र बाटोसहित मोटर पुगेपछिको अवस्थालाई देखाउन खोजिएको छ । बाबु-छोराबीचको सम्बन्धको कथा पनि फिल्मले भन्ने टिजरले बुझाउँछ ।

फिल्मीखबर, काठमाडौं, 2024-05-06, सोमवार

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘एक तार मनको’ बोलको गीतमा हर्क साउदको शब्द रचना छ भने सुशान्त गौतमको स्वर तथा संगीत छ । गीतमा प्रविण खतिवडा र बाल कलाकार नेनाहाङ राईबीचको निकटता देखाइएको छ । फिल्ममा नेनाहाङले अभिनेत्री मिरुना मगरको छोराको भूमिकामा अभिनय गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-05-06, सोमवार

गीतसंगीत क्षेत्रमा गायक प्रकाश सपूतले आफ्नो फराकिलो प्रकाश छरिसकेका छन् । उनका गीत जति चर्चित हुन्छन्, त्यत्तिकै प्रभावशाली हुन्छन् गीतमा उठाइएका मुद्धा पनि । उनका गीतमा समाजको यथार्थ चित्रण भेटिन्छ । यसैले त उनका जुन गीत आए पनि त्यसले एकखालको हलचल ल्याउने गरेका छन् । गीत लेखन र म्यूजिक भिडियोमा उनको कथावाचन शैली तिख्खर र निख्खर देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-05-06, सोमवार

पत्रकार ऋषि धमलाले सन् २०१६ मा आएको फिल्म ‘हाउ फन्नी’मा पहिलोपटक अभिनय गरेका थिए । एकपटक फेरि उनी फिल्ममा देखिँदैछन् । यतिबेला लमजुङको भुजुङ गाउँमा छायांकन भइरहेको फिल्म ‘भाइरल गोर्खे’मा उनले अभिनय गरेका छन् । सोमबार फिल्मका मुख्य अभिनेता सौगात मल्लसँग उनले अन्तर्वार्ता लिएको दृश्य छायांकन गरिएको छ । यसमा उनी पत्रकारकै भूमिकामा प्रस्तुत छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-05-05, आईतवार

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको नेपाल र वेष्टइण्डिजबीचको पाँच खेलमा शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘मनसरा’ले पनि सहकार्य गरेको थियो । हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई निर्माताले पुरस्कार प्रदान गरेका थिए । शनिबार भएको अन्तिम खेलमा भने फिल्मको टिमले भिन्न अभ्यास गर्‍यो । यसपटक खेलाडीलाई नभइ ग्राउन्ड स्टाफलाई पुरस्कार प्रदान गरियो ।

Results : 2881 - 2886 of 24090