
अभिनयमा पारंगत मानिने अभिनेत्री नम्रता श्रेष्ठ करिब चार वर्षदेखि पर्दामा देखिएकी छैनन् । पछिल्लो पटक २०७६ सालमा उनी अभिनीत फिल्म ‘जाइरा’ रिलिज भएको थियो । त्यसपछि उनले केही फिल्म त सम्झौता गरिन् तर काम गरिनन् । फिल्म ‘प्रसाद २’ विभिन्न लफडाले सुटिङमा गएर पनि रोकिएपछि उनले फिल्मै छाडिदिइन् । र, उनको ठाउँमा केकी अधिकारीले अभिनय गरिन् ।

नेपाली फिल्मले छिमेकी मुलुक भारतमा आफ्नो उपस्थिति बढाउन थालेको छ । अघिल्लो वर्ष फिल्म ‘प्रेमगीत ३’ हिन्दीमा डबिङ भएर भारतकै हलमा प्रदर्शन भएपछि धेरै निर्माता हौसिएका छन् । र, एकपछि अर्को फिल्म हिन्दीमा डब भैरहेका छन् । आगामी असार १५ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘परस्त्री’लाई पनि भारतका हलमा प्रदर्शन गर्ने गरी हिन्दी भाषामा डब गरिएको छ ।

नेपाली फिल्ममा ठूला व्यापारिक घरानाको उपस्थिति शून्य बराबर नै छ । एकदमै जोखिमपूर्ण व्यवसाय भएकाले पनि ठूला घरानाहरु फिल्म निर्माणमा आकर्षित हुन नसकेको देखिन्छ । यद्यपि, कुनै समय देशकै सबैभन्दा ठूलो घराना चौधरी ग्रुपले ‘बासुदेव’ जस्तो कालजयी फिल्मको निर्माण गरेको थियो । २०७० सालतिर फिल्म ‘भिसा गर्ल’को पनि निर्माण गर्यो । यसपछि भने यो घराना फिल्म निर्माणमा पछाडि सरेको छ ।


कोरोना महामारी नफैलिएको भए फूलमान बल निर्देशित फिल्म ‘नीरफूल’ २०७६ सालमा नै प्रदर्शन भैसकेको हुने थियो । फिल्म चैत ७ गते प्रदर्शनमा आउँदै थियो । सरकारले महामारी नियन्त्रणका लागि चैत ५ गते नै देशभरका हलहरु बन्द गर्ने निर्णय गर्यो । जसले गर्दा प्रचार-प्रचार गरिसकेर पनि फिल्म प्रदर्शनमा आउन सकेन । कोरोनाको पहिलो गाँसमा परेको यो फिल्म अब यही जेठ २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

अभिनेत्री दीया पुनले नेपाली फिल्ममा पाइला राखेको ७ वर्ष बढी भैसकेको छ । ‘वीर विक्रम’ उनको डेब्यू फिल्म थियो । पहिलो फिल्मबाटै अभिनयमा राम्रो सम्भावना देखाएकी उनले करिअरको ७ वर्षमा ५ वटा फिल्ममा मात्रै काम गरेकी छन् । त्यसमध्ये पनि तीनवटा मात्र प्रदर्शन भएका छन्, दुईवटा प्रदर्शन हुन बाँकी छ । उनको करिअरको अवधिको तुलनामा फिल्मको संख्या कम हो ।