
यही शुक्रबार (बैशाख २८)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘खजुरे ब्रो’बाट पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहले डेब्यु गरेकी छन् । उनकै नामका कारण फिल्मको पनि चर्चा भइरहेको छ । फिल्ममा डेब्यु अगाडि नै ‘लाइमलाइट’मा रहेकी नीतिको अभिनयलाई लिएर धेरैमा चासो देखिन्छ । मंगलबार साँझ काठमाडौंको सिभिल मलस्थित क्यूएफएक्स हलमा भएको फिल्मको प्रिमियरमा उनको अभिनयको परीक्षण भयो ।

अभिनेता सलोन बस्नेत र उनकी श्रीमती करिश्मा केसी अभिभावक बनेका छन् । बुधबार मातातीर्थ औंसीको दिन उनीहरुलाई पुत्रीलाभ भएको हो । ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा करिश्माले बिहान साढे ८ बजे पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । उनलाई प्रसव पीडा भएपछि मंगलबार राति अस्पताल भर्ना गरिएको थियो ।

‘प्रकाश’बाट राष्ट्रिय अवार्ड विजेता दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पूजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक करिब साढे ४ मिनेट लामो ट्रेलरले कथावस्तुबारे महत्त्वपूर्ण जानकारी गराउँछ । अन्तरजातीय प्रेमले निम्त्याएको घटना र परिघटनालाई देखाउन खोजिएको छ ।

कुनै बेला बलिउड फिल्ममा अभिनेत्री मनीषा कोइरालाको राम्रो दबदबा थियो । सन् १९९१ मा आएको फिल्म ‘सौदागर’बाट अभिनय करिअर सुरु गरेकी उनले त्यसपछि दर्जनौं फिल्ममा काम गरिन् । उनले अघिल्लो पुस्ताका स्वर्गीय अभिनेता ऋषि कपूरदेखि अहिलेका सुपरस्टार रणवीर कपूरसम्म काम गरेकी छन् । तर, जीवनको एउटामा विन्दूमा आएको उतार-चढावले उनको करिअरमा पनि प्रत्यक्ष असर पार्यो ।

अक्सर आफ्नो अभिव्यक्तिका कारण चर्चा र विवादमा आउने गरेकी अभिनेत्री कंगना राणावतले अब राजनीतिमा आफ्नो कदम राखेकी छन् । भारतीय जनता पार्टी (बीजेपी)बाट उनी लोकसभा चुनावमा उम्मेदवार बनेकी छन् । उनलाई हिमाचल प्रदेशको मण्डी जिल्लाका लागि टिकट मिलेको छ । यतिबेला उनी जोडतोडले प्रचारमा हिँडिरहेकी छन् । चुनाव जित्नेमा उनी विश्वस्त देखिन्छिन् ।

यही बैशाख २८ गतेबाट प्रदर्शनमा आउन लागेको कमेडी ड्रामा फिल्म ‘खजुरे ब्रो’को नयाँ सार्वजनिक गरिएको छ । ‘मैले फकाएर मात्र’ बोलको रोमान्टिक गीतमा अनमोल गुरुङको शब्द रचना, संगीत तथा स्वर छ भने रिकेश गुरुङको संगीत संयोजन छ । गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता रेअर राई र अभिनेत्री नीति शाह प्रेमिल भावमा प्रस्तुत छन् । कहीँ रेअर रिसाएकी नीतिलाई फकाउँदै देखिएका छन् भने कहीँ दुवै लुकामारी खेलिरहेका छन् । उनीहरुको केमेस्ट्री रोचक देखिन्छ ।

