Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2869 - 2874 of 24090
फिल्मीखबर, काठमाडौं, 2024-05-09, बिहिवार

केही समय अगाडि अभिनेत्री आँचल शर्माले सामाजिक सञ्जालमा एक्सन सिकिरहेको भिडियो सेअर गरेकी थिइन् । त्यसले उनको एक्सन फिल्ममा काम गर्ने भोक दर्शाएको थियो । अन्ततः उनको त्यो इच्छा फिल्म ‘वर एण्ड वधु’मा पूरा भएको छ । झन्डै डेढ वर्ष अड्किएर यही बैशाख पहिलो साताबाट दोस्रो चरणको छायांकन सुरु गरिएको फिल्ममा बिहीबार उनको एक्सन दृश्य खिचियो ।

एजेन्सी, काठमाडौं, 2024-05-09, बिहिवार

सन् २०२३ मा आएको फिल्म ‘टाइगर ३’पछि अब बलिउड सुपरस्टार सलमान खान नयाँ फिल्म ‘सिकन्दर’मा देखिँदैछन् । ‘किक’ निर्माता साजिद नाडियाडवालाको निर्माणमा बन्न लागेको फिल्मलाई ए.आर. मुरुगदासले निर्देशन गर्दैछन् । उनले यसअघि ‘गजनी’ निर्देशन गरेका थिए । आगामी वर्ष अर्थात् सन् २०२५ को इदमा रिलिजको तयारी गरिएको फिल्ममा अब मुख्य अभिनेत्रीको पनि टुंगो लागेको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-05-09, बिहिवार

लभर ब्वाईको छवि बनाएका अभिनेता पल शाहले फिल्म ‘पूजार सार्की’मा पहिलोपटक फरक चरित्रमा काम गरेका छन् । जातीय विभेद अन्त्यका लागि विद्रोह गर्ने पात्रको भूमिकामा उनी छन् । यसलाई उनको छवि बदल्ने अवसरको रुपमा हेरिएको छ । यसै साता सार्वजनिक भएको ट्रेलरले पनि उनको चरित्रबारे प्रकाश पार्छ । तर, ट्रेलरमा उनलाई अर्का दुई अभिनेता आर्यन सिग्देल र प्रदीप खड्काको तुलनामा कम ‘स्क्रिन स्पेश’ मिलेको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-05-09, बिहिवार

अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्मको वितरण गर्दै आएको कम्पनी सेभेन सीज इन्टरटेन्मेन्टको निर्माणमा बन्न लागेको पहिलो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारको लाइनअप रोचक बनिरहेको छ । फिल्मको मुख्य भूमिकामा गायक तथा अभिनेता प्रकाश सपूत अनुबन्ध भइसकेका छन् भने अब अर्का अभिनेता मुकुन भुषालको पनि प्रवेश भएको छ । निर्माणपक्षले मुकुनसँग केही दिनअघि मात्रै लिखित सम्झौता गरेको हो ।

फिल्मीखबर, काठमाडौं, 2024-05-08, बुधवार

पहिलो फिल्म हरेक कलाकारका लागि विशेष हुन्छ । त्यसले करिअरमा अर्थ राख्ने भएकाले फिल्म रिलिजको संघारमा हुँदा प्रायःको धड्कन तेज हुन्छ । एकातिर व्यावसायिक दबाब हुन्छ भने अर्कोतिर कामको मूल्यांकन कसरी हुन्छ भन्ने चिन्ता रहन्छ । फिल्म ‘खजुरे ब्रो’बाट डेब्यु गरेकी नीति शाह पनि यतिबेला यही मनोविज्ञानमा छिन् । मंगलबार साँझ काठमाडौंमा भएको प्रिमियरमा उनी ‘नर्भस’ र खुसी दुवै भावमा देखिइन् ।

फिल्मीखबर, काठमाडौं, 2024-05-08, बुधवार

नयाँ छिमलका सुपरस्टार हुन्, अनमोल केसी र प्रदीप खड्का । लगभग एकै समयमा नेपाली फिल्ममा दुवैको उदय भएको थियो । उनीहरुलाई रुचाउने दर्शक समूह पनि एउटै छ । र, दुवै रोमान्टिक भूमिकामा बढी रुचाइन्छन् । यसैले पनि उनीहरुलाई एकअर्काका प्रतिस्पर्धी भन्ने गरिएको छ । त्यो प्रतिस्पर्धा बेला बखतमा उनीहरुको अभिव्यक्तिमा पनि झल्किन्छ । मौका पाउनुपर्छ, दुवैले एकअर्कालाई ठुँग हानिरहेका हुन्छन् ।

Results : 2869 - 2874 of 24090