
वर्षेनि अमेरिकामा आयोजना हुँदै आएको नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको सातौं संस्करण अगामी वर्षको असार ७ देखि १० गते (२०२४ जुन २० देखि २३) सम्म हुने भएको छ । अमेरिकाको मेरील्याण्ड राज्य तथा वासिङ्गटन डिसी महानगर क्षेत्रमा आयोजना गरिने महोत्सवका लागि विश्वभरिबाट आवेदन खुला गरिएको आयोजक संस्थाले जनाएको छ ।

आगामी वर्षको दशैंमा फिल्म रिलिजको चाप देखिने भएको छ । ‘बलिदान’ र ‘छक्का पञ्जा ५’ले दशैं ‘रिजर्भ’ गरिसकेको अवस्थामा अब फिल्म ‘ह्रस्व दीर्घ’ पनि थपिएको छ । बिहीबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी असोज ११ गतेलाई फिल्मको प्रदर्शन मिति तय गरिएको हो । पोस्टरमा साउथका चर्चित अभिनेता ब्रह्मानन्दम चित्रित छन् । उनलाई ‘पण्डित’ अवतारमा देख्न सकिन्छ ।

फिल्म असफल हुँदा त्यसको प्रभाव कलाकारको करिअरमा पर्ने विश्लेषण हुने गरेको छ । तर, अभिनेत्री आँचल शर्माको हकमा त्यसको ठीक विपरित देखिन्छ । गत बैशाखमा उनी अभिनीत फिल्म ‘नाईं नभन्नू ल ६’ प्रदर्शन भएको थियो । ब्रान्ड नामको बावजूद पनि यो फिल्म ‘डिजास्टर’ बन्यो, जुन आँचलका लागि ठूलो धक्का थियो । तर, यसले उनको करिअरमा भने असर पारेको छैन ।

केही वर्ष नेपाली फिल्ममा एक्सनको चर्को अभाव देखियो । कमेडी र लभस्टोरी फिल्म बनाउन मेकरहरु बढी केन्द्रित हुँदा एक्सन छुटिरहेको थियो । कोभिडपछि बलिउड र साउथले एक्सन फिल्मलाई प्राथमिकता दिन थालेपछि अब नेपालमा पनि त्यो लहर सुरु भएको छ । अर्को वर्ष एक्सन फिल्मको निर्माण उच्च हुने देखिन्छ । यसले नेपाली फिल्मको ट्रेन्ड नै बदल्ने विश्लेषण भइरहेको छ ।

विनोद पौडेलले आफ्नो दोस्रो निर्देशकीय फिल्म ‘भूठान’ (द वर्ल्ड ह्यापियस्ट म्यान)को सम्पूर्ण छायांकन सकाएका छन् । मंगलबार अमेरिकाको ओहियो राज्यमा फिल्म ‘प्याकअप’ गरिएको हो । छायांकन सकिएसँगै निर्माण टिमले उपलब्ध गराएको तस्वीरहरुमा हलिउड अभिनेता ब्रुस डर्न र दयाहाङ राईको एकसाथ छायांकन भैरहेको देखिन्छ । दयाहाङ अमेरिकी आर्मीको पोशाकमा छन् ।

नेपाली निर्मातालाई सबैभन्दा हतारो फिल्मको घोषणा गर्न हुन्छ । एउटा फिल्म प्रदर्शन नहुँदै त्यसको सिक्वेल घोषणादेखि २/४ वटा फिल्म एकसाथ घोषणा गर्न समेत निर्माताहरु पछाडि पर्दैनन् । तर, घोषणा भएकामध्ये थोरै मात्र फिल्म निर्माण हुन्छन् । निर्देशक ऋषिराज आचार्यले पनि ५ वर्षअघि फिल्म ‘द्रोपदी’ घोषणा गरेका थिए । अब बल्ल उनी यो फिल्म बनाउने तयारीमा जुटेका छन् ।
- ‘राम नाम सत्य’को ट्रेलरमा विराज र सुशीलको टकराव
- काठमाडौंमा सुरू भयो ‘निफ’, भोलि संवाद गर्दै ‘शोले’ निर्देशक र हमाल
- सागरमाथि बलात्कारको आरोप लगाएकी युवती भन्छिन्, ‘दाइ भन्थेँ, राक्षस रहेछ’
- बलात्कारको आरोप लागेपछि ‘पाँच पाण्डव’बाट निकालिए ‘बले’
- विराजलाई प्रश्न- ‘नातिनी उमेरकी युवतीसँग रोमान्स गर्न कसरी मान्नुभयो ?’

