Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2857 - 2862 of 23656
फिल्मीखबर, काठमाडौं, 2024-02-02, शुक्रवार

अमेरिकामा फिल्म ‘भूठान’को एक हप्ता लामो छायांकन भ्याएर बुधबार काठमाडौं आइपुगेका अभिनेता दयाहाङ राई शुक्रबारबाट फिल्म ‘मनसरा’को छायांकनमा जोडिएका छन् । बिहीबार भने उनले यही माघ २६ गतेबाट एकसाथ प्रदर्शनमा आउन लागेका आफ्ना दुईवटा फिल्म ‘हात्तीछाप’ र ‘दयारानी’को प्रचारका लागि समय निकालेका थिए । दुवै फिल्मप्रति उनको उत्साह देखिन्थ्यो ।

फिल्मीखबर, काठमाडौं, 2024-02-02, शुक्रवार

अभिनेता माओत्से गुरुङले ‘दयारानी’मार्फत् मूलधारको फिल्म निर्देशनमा परीक्षा दिएका छन् । यही माघ २६ गतेदेखि प्रदर्शन हुन लागेको फिल्ममा उनले निःसन्तान दम्पतीको कथालाई उठाएका छन् । यो फिल्म उनले ५ वर्षअघि नै बनाएका हुन् । तर, देशको अवस्था र कोरोना महामारीका कारण फिल्म रिलिजमा ढिलाई भयो । यद्यपि, फिल्मको कथा सदाबहार रहेको उनको दाबी छ ।

फिल्मीखबर, काठमाडौं, 2024-02-02, शुक्रवार

नेपाली फिल्मको नियति के छ भने नआउँदा एउटै नआउने, आएपछि आ-आफैं जुध्ने गर्छन् । गत कात्तिकयता एक-एक महिनामा फिल्म रिलिज भए र आ-आफैं जुधेर सकिए । कात्तिकपछि मंसिर २९ गते ‘जम्प र ‘दुई कदम’, पुष २७ गते ‘चित्रा’ र ‘पर्खि बसें तिमीलाई’ प्रदर्शन भए । अब यसको एक महिनामा अर्थात् यही माघ २६ गतेबाट ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शनमा आउँदैछन् ।

फिल्मीखबर, काठमाडौं, 2024-02-01, बिहिवार

यतिबेला नेपाली फिल्म क्षेत्रका मियो हुन्, दयाहाङ राई । उनकै वरिपरि फिल्म क्षेत्र घुमेको छ । यस वर्ष घोषणा भएका फिल्मदेखि प्रदर्शन हुन लागेका फिल्मसम्म प्रायः दयाहाङका छन् । अहिले उनको नियति कस्तो आएको छ भने आफ्नै फिल्म भिड्न थालेका छन् । गत बैशाख १ गते ‘जारी’ र ‘बिहे पास’बीच भिडन्त भएको थियो । अब यही माघ २६ मा ‘हात्तीछाप’ र ‘दयारानी’ भिड्दैछन् ।

फिल्मीखबर, काठमाडौं, 2024-02-01, बिहिवार

महाशिवरात्रीको अवसर पारेर आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘उपहार’को वियोगान्त भावको गीत सार्वजनिक गरिएको छ । ‘हारेको छैन’ बोलको गीतमा फिल्मका तीन अभिनेत्रीहरु रेखा थापा, बेनिशा हमाल र पूजा शर्माको मनोभाव र परिघटनालाई दर्शाइएको छ । मुकुन भुषाललाई गम्भीर रोग देखिएपछि उत्पन्न परिस्थितिको वरिपरि गीत बुनिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-02-01, बिहिवार

महाशिवरात्रीको दिन पारेर आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘रङ्गेली’ले स्वतन्त्र नृत्य प्रतिस्पर्धा आयोजना गरेको छ । अघिल्लो हप्ता सार्वजनिक भएको ‘हातैले उघाएर’ गीतमा नृत्य गरेर आफ्नो फेसबुक वा इन्स्टाग्राममा पोस्ट गर्दा उत्कृष्ट फिचरसहितको युमिडिजी स्मार्टफोन प्राप्त गर्न सकिने फिल्मका कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले बताएका छन् ।

Results : 2857 - 2862 of 23656
Most Visited News (monthly)