
शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘बद्री बहादुर’ आगामी असार २९ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको दुईटा पोस्टरमा बस्नेत परिवारको दुई पुस्ता देख्न सकिन्छ । एउटामा सलोन बस्नेतलाई पिता शोभित बस्नेत र काका जयकिशन बस्नेतले बोकेका छन् भने अर्कोमा तीनैजना काँधमा काँध मिलाएर हर्षित भावमा प्रस्तुत छन् ।

गत वैशाख १ गते प्रदर्शनमा आएको फिल्म ‘जारी’पछि घरेलू बजारमा सन्नाटा छाएको छ । आशातित फिल्मले समेत निराशाजनक प्रदर्शन गरिरहेका छन् । यसको प्रमुख कारण भनेको फिल्महरु आफैंमा सशक्त नहुनु हो । बजारमा आर्थिक मन्दीको असर पनि केही हदसम्म नेपाली फिल्मको व्यापारमा परेको देखिन्छ । यद्यपि, हरेक हप्ता फिल्म प्रदर्शनको सिलसिला भने रोकिएको छैन ।

शुक्रबारदेखि काभ्रेको भकुण्डेबेसीमा हुन लागेको दोस्रो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा प्रदर्शन हुने फिल्मको लाइनअप सार्वजनिक गरिएको छ । महोत्सवमा १६ वटा फिल्म छनोट भएको बिहीबार काठमाडौंका एक कार्यक्रमका बीच जानकारी गराइयो । ग्रामीण परिवेशमा बनेका फिल्महरुलाई मात्र महोत्सवका लागि छनोट गरिएको आयोजक संस्था सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।

नेपालमा फिल्मको प्रिमियर प्रशंसा सुन्नका लागि आयोजना गरिन्छ । र, नेपाली फिल्मकर्मीहरु पनि यति इमानदार छन् कि हलबाट निदाएर उठेको भए पनि मिडियाको अगाडि प्रशंसाको पूल बाँध्छन् । त्यही प्रशंसा सुनेर निर्मातादेखि कलाकारसम्मको खुट्टा भूँइमा हुँदैन । जब फिल्म प्रदर्शन हुन्छ तब उनीहरुले यथार्थ थाहा पाउँछन् । प्रायः फिल्मको प्रिमियरमा झुट बोल्ने प्रतिस्पर्धा नै चल्छ ।

फिल्म ‘चपली हाइट’पछि यौन मनोविज्ञानमा आधारित भएर फिल्म निर्माणको ट्रेन्ड नै सुरु भएको थियो । केही वर्षयता भने कमेडी र लभस्टोरीको बाढीले त्यसमा केही कमी आएको छ । तर, ‘चपली हाइट’कै निर्देशक दीपेन्द्र के. खनालले फिल्म ‘परस्त्री’मार्फत् फेरि एकपटक यौन मनोविज्ञानको कथालाई प्रस्तुत गरेका छन् । बिहीबार सार्वजनिक ट्रेलरमा यौन, अपराध र धोका केन्द्रमा छ ।

फिल्म लेखनमा महिलाहरुको उपस्थिति ज्यादै न्यून छ । मधेशी समुदायका महिलाहरुको उपस्थिति त झन् करिब शून्य बराबर छ । यसैलाई मध्यनजर गर्दै मधेश प्रदेशका महिलाहरुलाई फिल्म लेखनमा आकर्षित गर्नका लागि काठमाडौंमा ‘टेल योर स्टोरी-मधेश च्याप्टर’ कार्यशाला भैरहेको छ । बुधबार पहिलो चरणको कार्यशाला सम्पन्न गर्दै दोस्रो चरणको सप्ताह कार्यक्रम सुरु गरिएको छ ।