
कुनै पनि फिल्म सहायक पात्रबिना अपुरो हुन्छ । फिल्ममा मुख्य पात्रलाई काँध थाप्न सहायक पात्रकै ठूलो भूमिका रहन्छ । नेपाली फिल्ममा केही यस्ता कलाकार छन्, जो सहायक भूमिकामा उच्च रोजाईमा छन् । त्यसमध्ये एक हुन्, विजय बराल । विशेषगरी अभिनेता दयाहाङ राईसँग उनको केमेन्ट्री रुचाइने गरिन्छ । ‘कबड्डी’ सिरिजमा दयाहाङको पात्रलाई बलियो बनाउने नै उनै हुन् ।

दुई-दुईपटक बर्लिन इन्टरनेसनल फिल्म फेस्टिभलमा अवार्ड जितेका चाइनिज निर्देशक तथा प्रोफेसर सिए फेई नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को फिचर फिल्म प्रतिस्पर्धा अन्तर्गत प्रमुख निर्णायकको रुपमा जोडिएका छन् । महोत्सवका अध्यक्ष केपी पाठकले सिए फेईले निर्णायकको भूमिकासँगै फिल्म लेखन तथा निर्देशनसम्बन्धी मास्टरक्लास पनि दिन लागेको जानकारी गराए ।

अभिनेता, गायक तथा संगीतकार कोशिश क्षेत्री विवाह बन्धनमा बाँधिएका छन् । उनले यही माघ १७ गते (बुधबार) हेटौंडा स्थायी घर भएकी प्रेमिका सन्ध्या ढुंगानासँग लगनगाँठो कसेका हुन् । त्यसो त कोशिशको घर पनि हेटौंडा नै हो । उनीहरुले गत वर्षको माघमा इन्गेजमेन्ट गरेका थिए । यो जोडी करिब ५ वर्षदेखि प्रेम सम्बन्धमा थियो ।

एउटा कहावत् छ, ‘फिल्ममा छिर्नभन्दा टिक्न बढी मुश्किल हुन्छ ।’ एक त प्रतिस्पर्धाको क्षेत्र, लगभग हरेक नयाँ फिल्मबाट विकल्प जन्मिरहेका छन् । त्यो भीडमा आफूलाई अब्बल सावित गर्नु अनिवार्य सर्त हो । त्यसमाथि फिल्मको व्यावसायिक पाटोले ठूलो अर्थ राख्छ । यी सबै कुराको तारतम्यता मिल्दा मात्र एउटा कलाकारको करिअर सन्तुलित बन्छ । जुन कमैको हकमा यो सम्भव हुन्छ ।

भगवान् शिवकी पहिलो पत्नी सतीदेवीको नाममा फिल्म बनाइसकेका निर्देशक लक्ष्मण सुवेदीले अब शिवकी दोस्रो पत्नी पार्वतीको नाममा पनि फिल्म बनाउने भएका छन् । शुक्रबार आफ्नो जन्मदिनको अवसरमा उनले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएपछि थिम पोस्टरमार्फत् फिल्म निर्माणको घोषणा गरेका हुन् । फिल्मलाई अर्को वर्षको शिवरात्रीमा प्रदर्शन गरिने भएको छ ।

तमिल सुपरस्टार थलापति विजय अब राजनीतिमा आएका छन् । त्यसका लागि उनले शुक्रबार आफ्नो पार्टीको घोषणा गरेका छन् । ‘तमिझागा वेत्री कझगम’ नाम राखिएको उनको पार्टी भारतीय निर्वाचन आयोगमा दर्ता भैसकेको छ । सन् २०२६ मा हुने विधान सभामा उनको पार्टीले चुनाव लड्ने समेत घोषणा गरिएको छ । यसै वर्ष हुने लोकसभा चुनावमा भने उनको पार्टी तठस्थ रहनेछ ।
- ‘राम नाम सत्य’को ट्रेलरमा विराज र सुशीलको टकराव
- काठमाडौंमा सुरू भयो ‘निफ’, भोलि संवाद गर्दै ‘शोले’ निर्देशक र हमाल
- सागरमाथि बलात्कारको आरोप लगाएकी युवती भन्छिन्, ‘दाइ भन्थेँ, राक्षस रहेछ’
- बलात्कारको आरोप लागेपछि ‘पाँच पाण्डव’बाट निकालिए ‘बले’
- विराजलाई प्रश्न- ‘नातिनी उमेरकी युवतीसँग रोमान्स गर्न कसरी मान्नुभयो ?’

