Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2845 - 2850 of 23937
फिल्मीखबर, काठमाडौं, 2024-04-09, मंगलवार

यस वर्षको सर्वाधिक सफल फिल्म ‘जारी’बाट उपेन्द्र सुब्बाले निर्देशनमा डेब्यू गरेका हुन् । कविको रुपमा परिचित उनलाई पहिलो फिल्मले नै सफलता दिलायो । उनलाई यतिबेला ‘जारी २’ बनाउन वितरकदेखि हल सञ्चालकसम्मको ठूलो दबाब छ । सिक्वेलभन्दा पनि नयाँ नाम र कथामा फिल्म बनाउनुपर्छ भन्ने मान्यता राख्ने गरेका उनी अन्ततः ‘जारी’को सिक्वेल बनाउने निर्णयमा पुगेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-04-09, मंगलवार

अभिनेत्री आँचल शर्माका लागि यस वर्ष (२०८०)को सुरुवात निराशाजनक बन्यो । बैशाखमा रिलिज भएको चर्चित फ्रेन्चाइज फिल्म ‘नाईँ नभन्नू ल’को छैटौं श्रृंखला असफल बनेको थियो । यसको नतिजा उनका लागि अनपेक्षित थियो । अब यस वर्षका लागि उनको अन्तिम फिल्म ‘डिग्री माइला’ यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । यो फिल्मले वर्षको अन्त्य सुखद् गराउने उनको विश्वास छ ।

फिल्मीखबर, काठमाडौं, 2024-04-08, सोमवार

अभिनेत्री नीति शाहको डेब्यू फिल्म ‘खजुरे ब्रो’ प्रदर्शनमा आइसकेको छैन । जसले गर्दा उनको कामको मुल्यांकन हुन बाँकी छ । तर, उनलाई लिएर फिल्म बनाउन मेकरहरुबीच भने प्रतिस्पर्धा नै चलिरहेको छ । गत महिना उनले फिल्म ‘रुखान’ सम्झौता गरिन् । निर्देशक दीवाकर भट्टराईको नयाँ फिल्ममा पनि उनले काम गर्ने चर्चा छ । फिल्म ‘बलिदान’मा पनि उनको सम्भावना प्रवल छ ।

फिल्मीखबर, काठमाडौं, 2024-04-08, सोमवार

बाल्यकालमै गायनमा उचाइँ चुमेका प्रेम परियार फिल्म ‘पर्खि बसे फर्की आउनेछु’बाट हिरो बनिसकेका छन् । ५ वर्ष अगाडि नै यो फिल्म निर्माण भएको हो । तर, सार्वजनिक प्रदर्शनमा आउन सकेको छैन । शनिबार काठमाडौंको जमलस्थित विश्वज्योति हलमा फिल्मको विशेष शो आयोजना गरिएको थियो । फिल्मकर्मी तथा अन्य व्यक्तिले अभिनयको तारिफ गर्दा प्रेम खुसी देखिएका थिए ।

फिल्मीखबर, काठमाडौं, 2024-04-08, सोमवार
Results : 2845 - 2850 of 23937