Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2839 - 2844 of 24233
फिल्मीखबर, काठमाडौं, 2024-06-23, आईतवार

निर्माणको तयारीमा रहेको फिल्म ‘जेरी अन टप’मा मुख्य अभिनेत्री फेरिएका छन् । करिब ६ महिना अगाडि नै फिल्ममा अनुबन्धित भइसकेकी अभिनेत्री आना शर्मालाई हटाएर निर्माण टिमले अर्की अभिनेत्री जसिता गुरुङलाई ‘कास्ट’ गरेको छ । अब यो फिल्ममा अभिनेता अनमोल केसीको जोडी जसितासँग बाँधिनेछ । यसअघि दुवैले ‘फर्की फर्की’मा पहिलोपटक एकसाथ काम गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2024-06-23, आईतवार

यतिबेला सिक्वेल र सिरिज फिल्मको निर्माण बढिरहेको समयमा अब १० वर्ष अगाडिको सफल फिल्म ‘काली’को पनि दोस्रो श्रृंखला बन्ने भएको छ । र, यसपटक दुई अभिनेत्रीहरु आमने-सामने हुने भएका छन् । फिल्ममा रेखा थापा र पूजा शर्मा मुख्य भूमिकामा प्रस्तुत हुन लागेका हुन् । फिल्म ‘दान्भी’को हल ‘भिजिट’को क्रममा शनिबार पूजाले ‘काली २’ बन्न लागेको जानकारी गराएकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2024-06-23, आईतवार

यस वर्षको हिट फिल्म ‘पूजार सार्की’ संयुक्त अधिराज्य (यूके)मा पनि रिलिज भएको छ । जुन २१ (असार ७ गते) बाट युकेको दुई ठूला मल्टीप्लेक्स चेन ओडियन सिनेमाज तथा सिनेवर्ल्डमा फिल्म रिलिज भएको हो । यी चेनका बेसिङस्टोक, बर्मिङ्घम न्यू स्ट्रिट, गिल्डफोर्ड, लिसेस्टर, म्यानचेस्टर ग्रेट नर्दन, एल्डरशट, फेल्दम लगायतका हलमा दैनिक रुपमा फिल्म हेर्न सकिने जनाइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-06-21, शुक्रवार

अभिनेता सलोन बस्नेत फिल्म ‘यूर्निभसिटी अफ गुन्डाज्’ निर्माणको तयारीमा छन् । गत माघमा एक पोस्टरमार्फत फिल्मको घोषणा गरिएको थियो । उनीसँगै ‘ए मेरो हजुर २’ अभिनेता सलिनमान बनियाँको मुख्य भूमिका रहने फिल्मको निर्देशक भने निश्चित भएका थिएनन् । स्क्रिप्ट लेखनको बेला हेमराज विसीले निर्देशन गर्ने पक्कापक्की भए पनि उनी अमेरिका गएपछि सलोन अन्योलमा थिए ।

फिल्मीखबर, काठमाडौं, 2024-06-21, शुक्रवार

आगामी साउन ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘अवार्डेड’ फिल्म ‘सतीदेवी’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘लैजा दैव फिर्ता लैजा’ बोलको गीतले फिल्मकी मुख्य अभिनेत्री मलिका महतको पीडा र वेदना बोलेको छ । गीतमार्फत फिल्ममा उनले बाँचेको जीवनलाई बुझाउन खोजिएको छ । उनले आफ्नो भाग्यलाई खोटो सिक्कासँग दाँजेकी छन्, जुन निकै मर्मस्पर्शी छ ।

फिल्मीखबर, काठमाडौं, 2024-06-21, शुक्रवार

मगर समुदायको परम्परा, संस्कार र संस्कृतिमा आधारित भएर बनेको फिल्म ‘घरज्वाइँ’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘बिन्जुरी’ बोलको प्रेमिल भावको गीतमा फिल्मका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीचको प्रेम दर्शाइएको छ । एसडी योगीको संगीतमा तयार भएको गीतमा राम अविरल बिष्टको शब्द र संगीतकार योगीको स्वर छ । गीत कर्णप्रिय सुनिन्छ ।

Results : 2839 - 2844 of 24233