
यही माघ १८ देखि २२ गतेसम्म चितवनको सौराहामा आयोजना भएको ‘सौराहा दक्षिण एसियाली फिल्म महोत्सव’मा लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ले दुई विधामा अवार्ड जितेको छ । फिल्मले ५० हजार नगदसहित सर्वोत्कृष्ट फिल्म र स्व. शिव रेग्मीको नाममा समर्पित ‘शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक’को अवार्ड जितेको हो । अवार्ड लिन निर्देशक सुवेदी स्वयं स्टेज उक्लिएका थिए ।

गत वर्ष (२०२३) ‘पठान’ जस्तो ब्लकबस्टर फिल्म दिएका निर्देशक सिद्धार्थ आनन्दले अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोणलाई लिएर बनाएको फिल्म ‘फाइटर’ बक्स अफिसमा दम तोड्ने अवस्थामा पुगेको छ । २४ करोडको ओपनिङ गरेको फिल्मलाई घरेलू बजारबाटै लगानी सुरक्षित गर्न चुनौती देखिएको छ । यो फिल्म २ सय ५० करोडको लागतमा निर्माण भएको हो ।

निर्देशक मिलन चाम्सलाई फिल्म बनाउने मेशिन भन्ने गरिन्छ । एउटा फिल्म प्रदर्शनमा नआउँदै उनले अरु एक/दुईवटा फिल्मको छायांकन भ्याइसकेका हुन्छन् । आगामी फागुन ११ गते फिल्म ‘गोर्खा वारियर’ प्रदर्शनको तयारीमा रहँदा गत मंसिरमा उनले फिल्म ‘अञ्जिला’को छायांकन सकाएका थिए । अब केही महिनाभित्र फिल्म ‘वर एण्ड बधु’को अधुरो छायांकन पूरा गर्ने उनको तयारी छ ।

कथावाचन शैलीका गीतमा अब्बल मानिएका नवीन चौहानको निर्देशनमा बन्न लागेको पहिलो फिल्म ‘ऊनको स्वीटर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पुरानो ‘टेक्स्चर’मा तयार पारिएको पोस्टरमा विपिन कार्की र मिरुना मगर चित्रित छन् । ८०/९० को दशकतिर फोटो खिच्ने ट्रेन्डलाई पोस्टरले प्रतिबिम्बित गर्छ । पोस्टरमा विपिन उभिएका छन् भने मिरुना कुर्सीमा बसेकी छन् ।

करिब ५/७ वर्षअघि अभिनेत्री प्रियंका कार्कीको हरेक हप्ताजसो फिल्म रिलिज हुने गरेका थिए । त्यसमध्ये केही फिल्म सफल हुँदा उनलाई ‘नम्बर वान अभिनेत्री’ समेत भन्न थालिएको थियो । तर, जब उनले संख्यात्मक अभिनयमा जोड दिन थालिन्, त्यसपछि उनको करिअरको गति विग्रिएको छ । कुनै बेला मेकरको पहिलो रोजाईमा पर्ने गरेकी उनलाई अहिले विकल्पको रुपमा लिइन्छ ।

यही माघ २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको माओत्से गुरुङ निर्देशित फिल्म ‘दयारानी’को तालनगरी पोखरामा प्रिमियर गरिएको छ । आइतबार पोखराको मिडटाउन सिनेमाजमा आयोजित प्रिमियरमा पोखराका मेयरदेखि वडा अध्यक्षसम्मले फिल्मको प्रशंसामा शब्द खर्चिएका थिए । फिल्मको कथावस्तु, निर्देशन र कलाकारको अभिनय सशक्त रहेको भन्दै प्रशंसा भएको थियो ।
- ‘राम नाम सत्य’को ट्रेलरमा विराज र सुशीलको टकराव
- काठमाडौंमा सुरू भयो ‘निफ’, भोलि संवाद गर्दै ‘शोले’ निर्देशक र हमाल
- सागरमाथि बलात्कारको आरोप लगाएकी युवती भन्छिन्, ‘दाइ भन्थेँ, राक्षस रहेछ’
- बलात्कारको आरोप लागेपछि ‘पाँच पाण्डव’बाट निकालिए ‘बले’
- विराजलाई प्रश्न- ‘नातिनी उमेरकी युवतीसँग रोमान्स गर्न कसरी मान्नुभयो ?’

