Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2743 - 2748 of 23499
फिल्मीखबर, काठमाडौं, २०८० माघ १०, बुधवार

फिल्म (निर्माण, प्रदर्शन तथा वितरण) सम्बन्धी विधेयक तर्जुमा गर्न सरकारले सैद्धान्तिक स्वीकृति दिएको छ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फिल्मसम्बन्धी विधेयकलाई अन्तिम रुप दिन सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै सञ्चार मन्त्रालयलाई विधेयकको मस्यौदा अगाडि बढाउन बाटो खुलेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० माघ १०, बुधवार

तीन ‘स्टार’ नायक आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले पहिलोपटक फिल्म ‘पूजार सार्की’मा एकसाथ काम गर्दैछन् । यसैले निर्माण अगावै फिल्मको चर्चा उत्कर्षमा छ । फिल्मले व्यावसायिक रेकर्ड बनाउन सक्ने प्रक्षेपण पनि सुरु भएको छ । यो निर्माण टिमका लागि भने ठूलो चुनौती हो । ‘स्टारकास्ट’का कारण फिल्मप्रति चुलिएको अपेक्षामा खरो उत्रिनुपर्ने दबाब निर्माण टिममा छ ।

फिल्मीखबर, काठमाडौं, २०८० माघ १०, बुधवार

यही माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको सिमोस सुनुवारद्वारा निर्देशित फिल्म ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेटको ट्रेलरले सामाजिक कथा उठाउँदै प्रेम र कमेडीको स्वाद पस्किएको छ । दयाहाङ राई र उपासना सिंह ठकुरीबीचको नोकझोंकपूर्ण प्रेम र सौगात मल्लको ‘बोत्तल राजा’ अवतार ट्रेलरको आकर्षक पक्ष हो । सौगातको संवाद बोल्ने शैली रोचक छ ।

फिल्मीखबर, काठमाडौं, २०८० माघ १०, बुधवार

अभिनेत्री शिल्पा मास्केको करिअर सुखद् बन्न सकेको छैन । निरन्तर फिल्ममा काम गर्दै आएको भए पनि व्यावसायिक सफलता उनीबाट टाढै छ । फिल्म ‘कागजपत्र’बाट उनको डेब्यू भयो । रिलिजको हिसाबले भने पहिलो फिल्म ‘द ब्रेकअप’ हो । तर, यी दुवै असफल भए । तेस्रो फिल्म ‘सानो मन’ले पनि उनलाई निराश नै तुल्यायो । यद्यपि, उनले अभिनयमा सम्भावना देखाएकी थिइन् ।

फिल्मीखबर, मुम्बई, २०८० माघ १०, बुधवार

बलिउडका दुई एक्सन स्टार अक्षय कुमार र टाइगर श्राफ अभिनीत फिल्म ‘बडे मियाँ छोटे मियाँ’को टिजर सार्वजनिक गरिएको छ । ‘एक्सन प्याक्ड’ टिजरमा आर्मी र आतंककारी समुहबीचको द्वन्द्वलाई देखाइएको छ । आर्मी अफिसरको भूमिकामा रहेका अक्षय र टाइगर खतरनाक ‘स्टन्ट’ गर्दै प्रस्तुत छन् । भिलेनको भूमिकामा रहेका पृथ्वीराज सुकुमारन भने मुखौटा लगाएर देखिएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० माघ ९, मंगलवार

रियालिटी शो ‘द पोएट आइडल’को दोस्रो सिजनमा महिला निर्णायक फेरबदल भएका छन् । पहिलो सिजनको निर्णायकमा रहेकी अभिनेत्री सुरक्षा पन्तलाई अर्की अभिनेत्री केकी अधिकारीले ‘रिप्लेस’ गरेकी छन् । शोको निर्णायकमा केकी अनुबन्ध भइसकेको निर्देशक अमनप्रताप अधिकारीले जानकारी गराए । अन्य निर्णायकमा विप्लव प्रतीक, उपेन्द्र सुब्बा र अनुप बराल यथावत् छन् ।

Results : 2743 - 2748 of 23499