
अभिनेत्री पूजा शर्मा यस वर्ष विवाह बन्धनमा बाँधिने भएकी छन् । आगामी विजयादशमीमा उनले प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कस्ने योजना बनाएकी छन् । उनी स्वयंले दशैंमा विवाह गर्न लागेको जानकारी दिइन् । उनका अनुसार, दशैंकै दिन विवाहको तयारी भैरहेको छ । यसपटक आगामी कात्तिक ७ गते दशैं परेको छ । यही मितिमा प्रेमी युद्धसँग उनले विवाह गर्न लागेकी हुन् ।

मौलिक फिल्म निर्माणमा सहयोग गर्ने हेतुले चलचित्र विकास बोर्डले स्थापना गरेको ‘स्टोरी बैंक’ अन्तर्गत नवल खड्का अभिनीत तथा निर्देशित फिल्म ‘काँडेतार’लाई दश लाख प्रदान गरिएको छ । शनिबार बोर्डको २३औं वार्षिकोत्सवको अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्मा र बोर्ड अध्यक्ष भुवन केसीले संयुक्त रुपमा निर्देशक खड्कालाई १० लाखको चेक हस्तान्तरण गरे ।

कुनै समय नेपाली फिल्ममा अभिनेत्री रेजिना उप्रेतीले राम्रै रजगज गरेकी थिइन् । आफ्नो करिअरमा ६० बढी फिल्ममा काम गरेकी उनी विवाहपछि भने अभिनयमा सक्रिय छैनन् । उनले फिल्ममा काम नगरेकै ७ वर्षभन्दा बढी भैसकेको छ । एक छोरीकी आमा भैसकेकी उनलाई फिल्ममा फर्किने इच्छा नभएको होइन । तर, उनलाई लिएर फिल्म बनाउन मेकरहरुले इच्छा देखाएका छैनन् ।

पाँचौं संस्करणको ‘पिम नेपाल फिल्म फेस्टिभल’मा अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रमिला कार्की उत्कृष्ट घोषित भएका छन् । फिल्म ‘डिसेम्बर फल्स’बाट आर्यनले उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गर्दा असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बगान’बाट प्रमिलाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी हुन् । आर्यनको हातमा धेरैपछि उत्कृष्ट अभिनेताको अवार्ड परेको हो ।


फिल्म हिट हुनु कलाकारका लागि सानोतिनो उपलब्धि होइन । यसले करिअरलाई मजबूत बनाउँछ । फिल्ममा व्यस्तता बढाउँछ । तर, केहीको हकमा भने यो लागू भएको देखिन्न । अभिनेत्री अञ्जना बराइलीलाई यसको उदारणार्थ दिन सकिन्छ । उनको डेब्यू फिल्म ‘महापुरुष’ सुपरहिट भएको थियो । उनको अभिनय पनि रुचाइएकै थियो । तर पनि उनको करिअर सुखद देखिएको छैन ।