
केही वर्षयता नेपाली निर्मातालाई फिल्मको लगानी उठाउन हलको व्यापारमा मात्र निर्भर हुनुपर्ने अवस्था छैन । विदेश र डिजिटल राइट्स आम्दानीको राम्रो स्रोत बनिरहेको छ । कतिपय फिल्मको त यी दुई माध्यमबाटै लगानी सुरक्षित हुने गरेका छन् । अभिनेत्री नीता ढुंगानाको निर्माण तथा अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ले पनि विदेश राइट्सबाट लगानीको केही हिस्सा उठाइसकेको छ ।

बलिउड आफैंमा एउटा संसार हो । विश्वभर पहुँच बनाएको बलिउडप्रति विश्वकै आकर्षण देखिन्छ । यसैले त बलिउडमा करिअर बनाउने सपना बोकेर मुम्बईमा संघर्ष गर्ने धेरै छन् । त्यसमा नेपाली पनि पर्छन् । संघर्षसँग जुधेर केही नेपालीले बलिउडमा आफ्नो गर्विलो नाम बनाएका छन् । अभिनेत्री मनीषा कोइराला यसको उदाहरण हुन् । अब अर्को उदाहरण बनेका छन्, पुष्कर ओझा ।

ग्रामीण परिवेशमा निर्माण भएका फिल्मलाई ग्रामीण क्षेत्रमा प्रवर्द्धन गर्ने उद्देश्य लिएको नेपाल ग्रामीण चलचित्र महोत्सव (नेरुफ)को तेस्रो संस्करण रामेछाप जिल्लामा हुने भएको छ । आगामी बैशाखमा रामेछाप नगरपालिकामा महोत्सव गर्न लागिएको आयोजक संस्था सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी गराए । चाँडै महोत्सवको मिति घोषणा गरिने उनको भनाई छ ।

अभिनेता दयाहाङ राईले लामो समयदेखि ‘स्टेरियोटाइप’को आरोप खेपिरहेका छन् । फिल्ममा उनको व्यस्तता र माग चुलिँदो भए पनि चरित्र र अभिनयमा विविधता दिन सकेका छैनन् । तर, यही फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रङ्गेली’ले उनी ‘स्टेरियोटाइप’को आरोपबाट मुक्त हुनसक्ने देखिन्छ । किनकि, यसमा उनी ग्याङस्टर भूमिकामा छन् । फिल्म ‘छड्के’पछि उनी दोस्रोपटक ग्याङस्टर भूमिकामा देखिन लागेका हुन् ।

फिल्म ‘झ्यानाकुटी’पछि अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालले फेरि एकसाथ फिल्म ‘सिटामोल’मा काम गरेका छन् । यसमा उनीहरु श्रीमान्-श्रीमतीको भूमिकामा छन् । राज बहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्मको यसै हप्ता सिन्धुलीको सेड्युल सकिएको छ । अब काठमाडौंका केही दृश्य र एक गीत मात्र छायांकन गर्न बाँकी रहेको निर्देशक सेनले जानकारी गराए ।

बलिउडका नामी अभिनेता अनुपम खेरले पहिलोपटक नेपाली फिल्मको ट्रेलर हेरेर प्रशंसा गरेका छन् । उनले आइतबार ७० लाख फलोअर्स रहेको इन्स्टाग्राम स्टोरीमा फिल्म ‘गोर्खा वारियर’को पोस्टर सेअर गर्दै ट्रेलर मनपरेको जनाएका हुन् । निर्देशक मिलन चाम्सलाई ट्याग गर्दै उनले लेखेका छन्, ‘ट्रेलर मनपर्यो ।’ उनले तालीको इमोजीसहित ह्यासट्यागमा नेपाल उल्लेख गरेका छन् ।
- ‘राम नाम सत्य’को ट्रेलरमा विराज र सुशीलको टकराव
- काठमाडौंमा सुरू भयो ‘निफ’, भोलि संवाद गर्दै ‘शोले’ निर्देशक र हमाल
- सागरमाथि बलात्कारको आरोप लगाएकी युवती भन्छिन्, ‘दाइ भन्थेँ, राक्षस रहेछ’
- बलात्कारको आरोप लागेपछि ‘पाँच पाण्डव’बाट निकालिए ‘बले’
- विराजलाई प्रश्न- ‘नातिनी उमेरकी युवतीसँग रोमान्स गर्न कसरी मान्नुभयो ?’

