
सौन्दर्य प्रतियोगिताको जगमा उभिएर फिल्मसम्मको यात्रा तय गरेका एकाधको मात्र करिअर सुखद् देखिएको छ । प्रायः फिल्मको असफलताले संकटको अवस्थामा छन् । कतिले पलायनको बाटो समेत रोजिसकेका छन् । सन् २०१२ की मिस इन्टरनेशनल र सन् २०१७ की वर्ल्ड मिस यूनिभर्सिटीकी विजेता शुभेच्छा खड्कालाई पनि फिल्मको श्रृंखलाबद्ध असफलताले ठूलो धक्का दिएको छ ।

आगामी फागुन महिनामा फिल्म रिलिजको ठूलो चाप देखिने भएको छ । फागुन ११ गते ‘गोर्खा वारियर’, फागुन १८ गते ‘अगस्त्य’ र फागुन २५ गते ‘उपहार’, ‘रंगेली’ र ‘काँडेतार’ प्रदर्शनमा आउने निश्चित भैसकेको अवस्थामा अब बाँकी रहेको फागुन पहिलो हप्ता फिल्म ‘जिग्री’ प्रदर्शन हुने भएको छ । आइतबार तीन पोस्टर सार्वजनिक गर्दै फागुन ४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।

अष्ट्रेलियाको भिक्टोरियास्थित वाल्हालामा नेपालको पहिचान र संस्कृति झल्किने गरी तयार गरिएको सेटमा हलिउड फिल्म ‘आइस रोड २’को छायांकन भैरहेको छ । त्यहाँको सडकदेखि घर र होटलसम्मलाई नेपालको हिमाली भेगको झल्को दिने गरि सजाइएको छ । फिल्मको छायांकनका लागि नेपाल पुलिस लेखिएको केही भ्यान र नेपालको झण्डा इंकित एक बस समेत तयार गरिएको छ ।

गायनमा सफल मानिएको जोडी प्रकाश सपूत र शान्तिश्री परियारले पहिलोपटक फिल्मको गीतमा सहकार्य गरेका छन् । ‘प्रकाश’ फेम्ड निर्देशक दिनेश राउतको सातौं फिल्म ‘पूजार सार्की’को एक गीतमा उनीहरुले स्वर भरेका हुन् । यो जोडीले ‘गलबन्दी’, ‘बोल माया’, ‘दमाई महाराज’ जस्ता चर्चित गीतमा सहकार्य गरिसकेको छ । अब फिल्मको गीतमा पनि दुवैको स्वर गुञ्जिन लागेको हो ।

२२ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘गदर’को दोस्रो सिक्वेलले गत वर्ष भारतीय बक्स अफिसमा ५ सय करोडमाथिको ‘रेकर्ड’ बनायो । यो व्यापार बलिउडका लागि कुनै ‘सरप्राइज’भन्दा कम थिएन । किनकि, प्रदर्शनपूर्व फिल्मको उत्तिधेरै चर्चा थिएन । तर, नामै ब्रान्ड भएकाले ‘गदर २’ले अप्रत्यासित रुपमा सफलता हासिल गर्यो । अब यसको तेस्रो सिक्वेल पनि निर्माण हुने भएको छ ।

फिल्मको हाइप निर्माण गर्न गीतको ठूलो भूमिका हुने गर्छ । यसैले गीतको अडियो र भिडियो स्तरीय बनाउन निर्माताले लाखौं खर्च गर्ने गरेका छन् । तर, यतिबेला गीतमाथिको लगानी बालुवामा पानीझैँ भैरहेको देखिन्छ । वर्षमा एकाध गीत मात्र चर्चामा आउँछन्, बाँकी त युट्युबमै हराउँछन् । यसैले अचेल गीतलाई जबर्जस्ती हिट देखाउन डलर तिरेर युट्युबमा भ्यूज थुपार्ने ट्रेन्ड फस्टाएको छ ।

