
‘युवा स्टार’ प्रदीप खड्का र नव-अभिनेत्री दिव्या रायमाझीको मुख्य भूमिका रहेको फिल्म ‘एक्टर’को छायांकन सकिएको छ । दुई चरणमा गरी ४५ दिन (पोखरामा १० दिन र काठमाडौंमा ३५)मा फिल्म ‘प्याकअप’ भएको हो । यद्यपि, एउटा गीत खिच्न भने बाँकी छ । त्यसलाई अर्को महिना युरोपमा खिच्ने तयारीमा निर्माण टिम छ । फिल्मलाई लक्ष्मीपूजा (कात्तिक १५ गते)मा प्रदर्शन गरिँदैछ ।

अभिनेता जितु नेपाल र अभिनेत्री नीति शाहले पहिलोपटक सहकार्य गरेको फिल्म ‘ज्वाइँ साब’को छायांकन ३० दिनमा पूरा भएको छ । २३ दिन चित्लाङ र ७ दिन चितवनमा छायांकन गरेपछि फिल्म ‘प्याकअप’ भएको निर्देशक वसन्त निरौलाले जानकारी दिए । फिल्मको पोस्ट प्रडक्सनको काम पनि सुरु भइसकेको छ । यस वर्षको तिहारमा फिल्मलाई प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ ।

कुनै बेला आदिवासी जनजातिको कथामा आधारित फिल्मलाई डकुमेन्ट्रीको संज्ञा दिइन्थ्यो । त्यसलाई मूलधारका फिल्म नै मानिँदैन थियो । जब ‘कबड्डी’ श्रृंखलाले सफलता हासिल गर्यो, त्यसपछि यो समुदायको कथा व्यावसायिक बन्न थालेको छ । पछिल्ला वर्षमा त आदिवासी जनजातिको कथामा बनेका फिल्महरु नै बढी सफल छन् । ‘जारी’देखि ‘मनसरा’सम्म यसका ज्वलन्त उदाहरण हुन् ।

गत वर्ष सर्वाधिक फिल्म रिलिजको ‘रेकर्ड’ अभिनेता दयाहाङ राईको नाम रह्यो । कूल ९ वटा फिल्म प्रदर्शन भएका थिए । लगभग यही संख्यामा छायांकन पनि गरे । तर, फिल्मको संख्यात्मक वृद्धिले दर्शक भड्किने अवस्था आएपछि उनले गत चैतदेखि न नयाँ फिल्म साइन गरे न छायांकनमा जोडिए । बरु यो बीचमा प्रदर्शन भएका आफ्ना फिल्मको प्रचारमा समय दिए । विदेश पनि घुमे ।

संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘खुस्मा’को पहिलो रोमान्टिक गीत ‘खुशीका पल बटुलेर’ युट्युबमार्फत् सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गीतमा एसडी योगी र विज्ञानी पराजुलीको संयुक्त गायन रहेको छ भने राम अविरल विष्टको शब्द रचना तथा गायक योगी स्वयंले संगीत भरेका छन् । गीत कर्णप्रिय सुनिन्छ ।

गत फागुनमा प्रदर्शन भएको फिल्म ‘गोर्खा वारियर’ले अपेक्षाकृत व्यापार गर्न सकेन । तर, फिल्मको मेकिङ र कथावस्तुको प्रशंसा भएको थियो । अब यो फिल्म कोरियाली भाषामा प्रदर्शन हुने भएको छ । त्यसका लागि पोस्टर सार्वजनिक गरिएको छ । निर्देशक मिलन चाम्सले कोरियन कम्पनी मुभमेन्ट पिक्चर्स कर्पले ७ वर्षका लागि फिल्मको प्रदर्शन अधिकार खरिद गरेको जानकारी दिए ।

