Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2761 - 2766 of 23499
फिल्मीखबर, काठमाडौं, २०८० माघ ५, शुक्रवार

केही वर्षयता अमेरिकामा बस्दै आइरहेका अभिनेता राजबल्लभ कोइरालाले फिल्म ‘कामिनो’बाट ९ वर्षपछि कमब्याक गर्ने निश्चित भएको थियो । तर पछि फिल्मको निर्माण अन्योल भएपछि उनी सहमतिमै बाहिरिएका थिए । अब अर्को फिल्म ‘एक्टर’बाट उनले कमब्याक गर्ने भएका छन् । शुक्रबार आफू चित्रित फिल्मको एक पोस्टर फेसबुकमा सेअर गर्दै उनले कमब्याक पुष्टि गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८० माघ ५, शुक्रवार

व्यक्तिगत जीवनमा आएको उतार-चढावपछि अभिनेत्री शिल्पा पोखरेल ५ वर्षदेखि फिल्मबाट टाढा देखिएकी छन् । उनी अभिनीत पछिल्लो फिल्म ‘भिलेन’ हो, जुन सन् २०१९ मा रिलिज भएको थियो । यसपछि उनले नयाँ फिल्म सम्झौता गरेको जानकारीमा छैन । बरु यो बीचमा उनले तीनवटा जति भोजपुरी फिल्ममा काम गरिन् । नेपाली फिल्ममा भने उनको कमब्याक अझै अनिश्चित छ ।

फिल्मीखबर, काठमाडौं, २०८० माघ ५, शुक्रवार

नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डले फिल्मसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा प्राप्त राय सुझावको विषयमा सरोकारवालाहरूसँग छलफल अगाडि बढाएको छ । यही बिहीबार बोर्डमा फिल्मसम्बद्ध संघ-संस्थाका प्रतिनिधि तथा फिल्मकर्मीहरुको उपस्थितिमा माग र सम्बोधनका विषयमा केन्द्रित भएर छलफल गरिएको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८० माघ ५, शुक्रवार

‘तीन पाते’, ‘फूलथुंगे रानी’, ‘लजाएर’, ‘गाला पुक्क’, ‘घुमी घुमी’, ‘बाफ’ जस्ता गीतबाट लोकप्रियताको उत्कर्षमा पुगेका गायक सुजन चापागाईँले फिल्ममा पनि हिट गीत दिएका छन् । उनको स्वर तथा संगीत रहेको फिल्म ‘बाबरी’को ‘चुलबुल चुलबुल’ गीत चर्चित बनेको थियो । अब उनी सन्तोष सेनको निर्देशन तथा निर्माणमा बन्न लागेको फिल्म ‘बलिदान’को गीतमा पनि गुञ्जिने भएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० माघ ४, बिहिवार

‘झोला’बाट निर्देशकको रुपमा अगाडि आएका यादव भट्टराईले ६ वर्षपछि निर्देशनमा कमब्याक गर्ने भएका छन् । सन् २०१८ मा रिलिज भएको फिल्म ‘भोर’पछि उनी निर्देशनमा सक्रिय थिएनन् । अब भट्टराईले फिल्म ‘झिल्को’बाट कमब्याक गर्न लागेका हुन् । बिहीबार बागमतीको दक्षिणी किनारामा अवस्थित गुहेश्वरी मन्दिरमा शुभमुहूर्त गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरियो ।

फिल्मीखबर, काठमाडौं, २०८० माघ ४, बिहिवार

अभिनयमा पारंगत मानिने माओत्से गुरुङको डेब्यु निर्देशित फिल्म ‘दयारानी’को टिजर सार्वजनिक गरिएको छ । सवा एक मिनेट लामो टिजरमा निःसन्तान दाम्पतीको कथा भनिएको छ । श्रीमान्-श्रीमतीको भूमिकामा रहेका दयाहाङ राई र दीया पुनबीच सन्तान नहुँदा उत्पन्न परिस्थितिलाई चित्रित गरिएको टिजरमा सन्तानका लागि दीयाले दयाहाङलाई दोस्रो बिहे गर्न दबाब दिएको देखिन्छ ।

Results : 2761 - 2766 of 23499