मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2761 - 2766 of 22679
फिल्मीखबर, काठमाडौं, २०८० आषाढ १४, बिहिवार

असार र साउन महिना फिल्म प्रदर्शनको लागि सही समय मानिँदैन । यी महिनामा पानी परिरहने भएकाले त्यसको असर फिल्मको व्यापारमा पर्छ भन्ने बुझाइ प्रायः नेपाली निर्मातामा छ । यसैले हरेक वर्ष हिउँदे महिनामा कमै फिल्म रिलिज हुन्छन् । तर, फिल्म बलियो छ भने दर्शकलाई हल जान न पानीले रोक्छ न घामले । यही विश्वासमा फिल्म ‘परस्त्री’ बिहीबारबाट प्रदर्शनमा आएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० आषाढ १३, बुधवार

चर्चित हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ र ‘सक्किगोनि’मा निर्वाह गरेको ‘बले’ चरित्रले एकाएक चर्चामा आएका सागर लम्साल अब आफैं फिल्म निर्माणको तयारीमा जुटेका छन् । केही समयदेखि उनी आफैंले फिल्मको स्क्रिप्ट लेखिरहेका छन् । आगामी वर्ष फिल्मको छायांकन सुरु गर्ने योजनामा लम्साल छन् । उनले निर्देशक समेत अनुबन्धित गरिसकेका छन् । तर, नाम भने खुलाउन चाहेनन् ।

फिल्मीखबर, काठमाडौं, २०८० आषाढ १३, बुधवार

असार १५ गते शुक्रबारका लागि प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘परस्त्री’ भोलि बिहीबारबाटै नेपालमा प्रदर्शन हुने भएको छ । भोलिबाटै कार्तिक आर्यन र कियारा आडवाणी अभिनीत बलिउड फिल्म ‘सत्यप्रेम की कथा’ प्रदर्शन हुने भएपछि ‘परस्त्री’को टिमले पनि शुक्रबार नकुर्ने निर्णय गरेको हो । नेपाल सरकारले भोलि बकर ईदको अवसरमा सार्वजनिक विदा समेत दिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० आषाढ १३, बुधवार

प्रायः नेपाली कलाकार हरर फिल्मदेखि तर्सिन्छन् । अर्थात् काम गर्न रुचाउँदैनन् । यसको एउटै कारण हो, नेपालका हरर फिल्मले दर्शक तर्साउन सकेका छैनन् । र, नेपालमा यो जनराको सफलता दर शून्य बराबर छ । त्यसैले कलाकारहरुको रोजाईमा हरर जनरा पर्दैन । अभिनेत्री प्रियंका कार्कीमा भने हरर फिल्मप्रति विछट्टै मोह देखिन्छ । नेपालमा धेरै हरर फिल्म गर्नेमा उनै पर्छिन् ।

फिल्मीखबर, काठमाडौं, २०८० आषाढ १३, बुधवार
फिल्मीखबर, काठमाडौं, २०८० आषाढ १२, मंगलवार

रेश्मा घिमिरेलाई टिकटकले चिनाएको हो । तर, टिकटकले चिनाउनुभन्दा धेरै अगाडि उनले फिल्ममा मुख्य अभिनेत्री भएर काम गरिसकेकी थिइन् । ८ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘यो साइनो मायाको’बाट उनले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । तर, पहिलो गाँसमै उनलाई ढुंगा लाग्यो । फिल्म न व्यावसायिक रुपमा सफल हुन सक्यो न रेश्माले अभिनयको प्रशंसा कमाइन् ।

Results : 2761 - 2766 of 22679