Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2731 - 2736 of 24088
फिल्मीखबर, काठमाडौं, 2024-06-14, शुक्रवार

यतिबेला नेपालका हलमा फिल्मको ठूलो चाप देखिएको छ । नेपाली र विदेशी फिल्मले हल भरिभराउ छन् । त्यसमा कुनै नयाँ छन् त कुनै पुराना फिल्म । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा मात्र अहिले दशवटा फिल्म प्रदर्शन भैरहेका छन् । त्यसमध्ये ६ वटा विदेशी र ४ वटा नेपाली छन् । यसरी हेर्दा हलमा फिल्मको अभाव छैन । र, केही फिल्मले राम्रो व्यापार पनि गरिरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-06-13, बिहिवार

गत जेठ १० गतेबाट प्रदर्शनरत फिल्म ‘पूजार सार्की’ चौंथो हप्तामा प्रवेश गरिसकेको छ । तर, फिल्म हेर्ने दर्शकको चाप अझै पनि राम्रो देखिन्छ । विशेषगरी साँझतिरका शोजमा अकुपेन्सी सुखद् छ । फिल्मले आम दर्शकसँगै नेताहरुलाई पनि हलमा तानिरहेको छ । बिहीबार बिहान पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष डा. बाबुराम भट्टराईले पनि फिल्म हेरेका छन् ।

एजेन्सी, काठमाडौं, 2024-06-13, बिहिवार

गत वर्ष आएको फिल्म ‘गदर २’ले अभिनेता सनी देओलको संकटग्रस्थ करिअरलाई ठूलै राहत दियो । यो फिल्मले भारतमा मात्र ५ सय करोड कमाएको थियो । अब सनीको अर्को पुरानो ब्लकबस्टर फिल्म ‘बोर्डर’को पनि सिक्वेल बन्ने भएको छ । बिहीबार टिजर भिडियोमार्फत फिल्मको निर्माण घोषणा गरिएको हो । टिजरमा ‘बोर्डर २’लाई ‘भारतको सबैभन्दा ठूलो वार फिल्म’ भनिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-06-13, बिहिवार

तीज विदालाई लक्षित गर्दै आगामी भदौ २१ गते फिल्म थपिने क्रम जारी छ । यो मितिमा निर्देशक सुदर्शन थापाको फिल्म ‘रावायण’ प्रदर्शनमा आउने तयारीमा छ भने अब अर्को फिल्म ‘देवी’ पनि थपिएको छ । बिहीबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै तीजलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । यो फिल्ममा अभिनेत्री शिल्पा मास्के र अभिनेता गौरव पहारी मुख्य भूमिकामा छन् ।

फिलमीखबर, काठमाडौं, 2024-06-13, बिहिवार

नेपाली फिल्म रिलिजका लागि दशैं सबैभन्दा उपयुक्त मानिन्छ । लामो विदा हुने भएकाले त्यसको फाइदा फिल्मको व्यापारमा पर्ने विश्वास निर्माताहरुमा छ । यसैले हरेक वर्षको दशैंमा फिल्म रिलिज गर्न निकै ठूलो माथापच्ची हुने गरेको पाइन्छ । यस वर्ष दशैंको विदा हडप्न पनि रस्साकस्सी सुरु भइसकेको छ । ‘छक्का पञ्जा ५’देखि ‘बेहुली फ्रम मेघौली’सम्मले दशैं ‘रिजर्भ’ गरेर बसेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-06-13, बिहिवार

ट्रेलर सार्वजनिक भएसँगै चर्चामा आएको फिल्म ‘बाटो : रोड टु डेथ’ यही शुक्रबार (जेठ ३२ गते)बाट प्रदर्शनमा आउने तयारीमा छ । तर, निर्माण टिमले फिल्मको प्रचारमा ध्यान नै दिएको छैन । यसको असर व्यापारमा पर्ने निश्चित प्रायः छ । यद्यपि, निर्माण टिमले प्रदर्शनको पूर्वसन्ध्यामा बुधबार ललितपुरस्थित लबिम मलमा प्रिमियर भने आयोजना गर्‍यो । जहाँ फिल्मलाई राम्रो तारिफ मिल्यो ।

Results : 2731 - 2736 of 24088