
एउटा मर्मस्पर्शी लाइन छ, ‘थाहा हुन्न कुन रात अनि कुन बात अन्तिम हुन्छ ।’ बिहीबार दिउँसोसम्म फिल्म ‘ह्यासट्याग माया’को छायांकन गरेका अभिनेता सारुक ताम्राकारको त्यही दिन अन्तिम हुन्छ भन्ने कसलाई थाहा थियो र ! बिहीबार साँझ उनी अनन्त यात्रामा निस्किएका छन् । उनी रातोपुलस्थित निजी निवासमा मृत अवस्थामा भेटिए । उनको निधनले फिल्म क्षेत्र स्तब्ध बनेको छ ।

अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित निजी निवासमा मृत भेटिएका छन् । उनी बिहीबार साँझ घरमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । यतिबेला पोस्टमार्टमका लागि उनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । ३१ वर्षका उनी बिहीबार दिउँसो फिल्म ‘ह्यासट्याग माया’को छायांकन सकेर घर आएका थिए ।

नेपाली फिल्मका चर्चित अभिनेता राजेश हमाल गएको एक महिनादेखि अमेरिकामा छन् । उनले अमेरिकाका विभिन्न राज्यहरुमा आयोजना भैरहेका फिल्म महोत्सवदेखि सांगीतिक कार्यक्रममा समेत उपस्थिति जनाइरहेका छन् । यसबीच, उनले भोलि शुक्रबार (जुलाई ७ मा) न्युयोर्कमा आयोजना हुन लागेको ‘अ नाइट अफ नेपाली स्टार्स’ नामक कार्यक्रममा विशेष प्रस्तुति दिने भएका छन् ।

फिल्म ‘जारी’पछि नेपाली फिल्मले घरेलू बजारमा लय गुमाएको छ । हिट फिल्मको सिक्वेल तथा सिरिजले समेत हलमा घुँडा टेके । अघिल्लो हप्ता प्रदर्शित फिल्म ‘परस्त्री’प्रति ठूलो अपेक्षा राखिएको थियो । तर, बलियो ‘वर्ड अफ माउथ’ प्राप्त नहुँदा फिल्मको प्रदर्शन विर्सनलायक बनेको छ । चलचित्र विकास बोर्डको तथ्यांकअनुसार पहिलो हप्तामा फिल्मको नेट कमाई ७ लाख पनि छैन ।

गायक तथा संगीतकार कोशिश क्षेत्रीले आफूलाई अभिनयमा पनि प्रमाणित गरिसकेका छन् । अब उनी फिल्मको निर्देशक बनेका छन् । उनले हरर-लभस्टोरी कथामा फिल्म ‘बाइरोड’को निर्देशन गरेका छन् । फिल्ममा उनी स्वयंको लेखन, निर्माण तथा अभिनय छ । फिल्ममा उनको अपोजिटमा अभिनेत्री सुरक्षा पन्तले अभिनय गरेकी छन् । गत वर्ष नै फिल्मको छायांकन पूरा भैसकेको छ ।

भर्सटायल अभिनेता सौगात मल्ल अहिले करिअरको उचाइँमा छन् । गत वर्ष ‘दुई नम्बरी’ र ‘कबड्डी ४’ सफल भएपछि उनको माग चरमचुलीमा छ । अहिले उनको पाइपलाइनमा एक दर्जन फिल्म रहेको जानकारी प्राप्त छ । केही दिन अगाडि मात्र उनले फिल्म ‘अगस्त्य’को पहिलो चरणको छायांकन पूरा गरे । अब उनले १० केजी तौल बढाएपछि फिल्मको दोस्रो चरणको छायांकन हुनेछ ।