Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2737 - 2742 of 23937
फिल्मीखबर, काठमाडौं, 2024-05-04, शनिवार

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’ले शुक्रबार पूर्वमा उत्कृष्ट व्यापार गर्‍यो । धरान, विराटनगर, इटहरी, दमक र विर्तामोड क्षेत्रका हलमा दर्शकको चाप उच्च थियो । तर, पूर्वबाहेक फिल्मको व्यापार अपेक्षाकृत हुन सकेको थिएन । शनिबार भने देशभर फिल्मको व्यापार बलियो देखिएको छ । काठमाडौंमा पनि शनिबार फिल्मप्रति दर्शकको क्रेज उत्साहजनक देखियो ।

फिल्मीखबर, काठमाडौं, 2024-05-04, शनिवार

फिल्म चल्न स्टार होइन, स्क्रिप्ट नै हिरो हुनुपर्छ भन्ने मान्यतालाई बलिउडमा बलियोसँग स्थापित गरेको फिल्म हो, ‘लापता लेडीज्’ । यो ५ करोडको बजेटमा बनेको फिल्म हो । गत अप्रिलमा रिलिज भएको फिल्मले भारतमा मात्र २४ करोड हाराहारी व्यापार गरेको थियो । र, अहिले ओटीटीमा धूम मच्चाइरहेको छ । नेपालमा समेत फिल्मको कन्टेन्टलाई लिएर यतिबेला ठूलो चर्चा भइरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-05-03, शुक्रवार

‘जारी’ समूहको नयाँ फिल्म ‘मनसरा’को शुक्रबारबाट भाग्य परीक्षा सुरु भइसकेको छ । देशभर उच्च शोज पाएको फिल्मले काठमाडौंमा मध्यम व्यापार गरिरहँदा पूर्वमा भने आक्रामक सुरुवात गरेको छ । लाहुरेको सहर भनेर चिनिने धरानमा फिल्मले बिहानैदेखि हाउसफुल यात्रालाई कायम राखेको छ । धरानस्थित फ्रेण्ड्स सिनेमाजले उपलब्ध गराएको चारवटै शोजमा हाउसफुल दर्शक देखिए ।

फिल्मीखबर, काठमाडौंं, 2024-05-03, शुक्रवार

जेठ १० गते रिलिज हुने नेपाली चलचित्र 'पुजार सार्की'को टिम र राष्ट्रिय दलित आयोगका पदाधिकारी बिच छलफल भएको छ। जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित भएर बनेको यो चलचित्र प्रति योगले चासो देखाउँदै यसै साता ललितपुरको कुपण्डलोस्थित आयोगको कार्यालयमा छलफल कार्यक्रम राखेको थियो।

फिल्मीखबर, काठमाडौं, 2024-05-03, शुक्रवार

टिकटकमा ‘कुल ब्वाई’को रुपमा चर्चित मानिएका पारस बम ठकुरी अब फिल्ममा देखिने भएका छन् । उनले फिल्म ‘होस्टेल ३’बाट डेब्यु गर्न लागेका हुन् । बुधबार उनीसँग कार्यकारी निर्माता शंकर कोइरालाले कागजी सम्झौता गरेका छन् । उनलाई फिल्मको महत्त्वपूर्ण भूमिकामा लिइएको निर्देशक सशान कँडेलले जानकारी गराए । फिल्मले ‘डिमान्ड’ गरेको पात्रमा पारस सबै पक्षबाट उत्तम हुने भएपछि उनलाई लिइएको निर्देशक कँडेल बताउँछन् ।

फिल्मीखबर, काठमाडौं, 2024-05-03, शुक्रवार

अघिल्लो वर्ष प्रदर्शनमा आएको फिल्म ‘जारी’ले बक्स अफिसमा ठूलो व्यावसायिक रेकर्ड राख्यो । झन्डै साढे १७ करोडको कमाई गरेको यो फिल्मको रेकर्ड गत वर्ष कसैले तोड्न सकेनन् । अब यही समूहको नयाँ फिल्म ‘मनसरा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । निर्देशकदेखि ‘स्टारकास्ट’सम्म एउटै भएकाले ‘जारी’को बक्स अफिस रेकर्ड अब आफैंले तोड्नुपर्ने चुनौती यो समूहलाई छ ।

Results : 2737 - 2742 of 23937