मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2737 - 2742 of 22679
फिल्मीखबर, काठमाडौं, २०८० आषाढ १९, मंगलवार

चर्चित रक गायक तथा नेपाली फिल्ममा नकारात्मक भूमिकामा सर्वाधिक रुचाइएका अभिनेता रोविन तामाङको निधन भएको छ । तामाङको फेसबुकबाट उनको निधनको जानकारी गराइएको हो । फेसबुकमा लेखिएको छ, ‘दुखद समाचार । रोविनको आज निधन भएको छ । हामी तपाईंहरुलाई जानकारी गराउँदै रहनेछौं ।’ बुढानिलकण्ठस्थित निजी निवासमा उनको निधन भएको हो ।

फिल्मीखबर, काठमाडौं, २०८० आषाढ १९, मंगलवार

अभिनेत्रीद्वय रेखा थापा र पूजा शर्माले पहिलो पटक एकसाथ काम गर्न लागेको फिल्मको नाम ‘उपहार’ राखिएको छ । मंगलबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएपछि रेखा फिल्म्सले थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको नाम सार्वजनिक गरेको हो । ‘उपहार’ नाममा दोस्रो पटक फिल्म बन्न लागेको हो । यसअघि यो नाममा स्व. निर्देशक शिव रेग्मीले फिल्म बनाएका थिए ।

एजेन्सी, मुम्बई, २०८० आषाढ १९, मंगलवार

‘कुछ कुछ होता है’, ‘कभी खुशी कभी गम’, ‘माई नेम इज खान’ जस्ता यादगार फिल्मका निर्देशक करण जोहरले करिब ६ वर्षपछि निर्देशनमा कमब्याक गरेको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा ड्रामा र रोमान्सलाई देखाइएको छ । रणवीर सिंह र आलिया भट्टबीचको प्रेममा आउने उतारचढावमा केन्द्रित ट्रेलरले बलियो दृश्यभाषाको संकेत गर्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० आषाढ १९, मंगलवार

चेक रिपब्लिकमा हुन लागेको ‘दि कार्लाेभी भारी इन्टरनेसनल फिल्म फेस्टिभल’मा सहभागी हुनका लागि अभिनेत्री मेनुका प्रधान मंगलबार त्यसतर्फ प्रस्थान गरेकी छिन् । आफू अभिनीत फिल्म ‘गुराँस’ जुलाई ५ अर्थात् यही बुधबार उक्त फेस्टिभलमा वर्ल्ड प्रिमियर हुने भएपछि उनी चेक रिपब्लिक उडेकी हुन् । मेनुका अन्तर्राष्ट्रिय फेस्टिभलमा पहिलो पटक सहभागी हुन लागेकी हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८० आषाढ १८, सोमवार

प्रल्हाद काफ्लेको निर्देशन रहेको फिल्म ‘अदृश्य’ आगामी साउन १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । सोमबार एउटा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति निश्चित गरिएको हो । पोस्टरमा फिल्मका तीन कलाकारहरु प्रमोद अग्रहरी, सोहित मानन्धर र रिस्ता बस्नेत देखिएका छन् । पोस्टरमा प्रमोदको लुक्सले ध्यान खिच्छ । हेलमेट लगाएका उनी पेस्तोल ताकेको अवस्थामा चित्रित छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० आषाढ १८, सोमवार

गत बैशाख १ गते प्रदर्शनमा आएको प्रवेश पौडेलद्वारा निर्देशित फिल्म ‘बिहे पास’ले अपेक्षाकृत दर्शक पाउन सकेको थिएन । केही हदसम्म ‘जारी’को मारमा परेको थियो । एकपटक फेरि फिल्मलाई हलमा प्रदर्शन गरिने भएको छ । सोमबार फिल्मको पोस्टर सार्वजनिक गर्दै यही असार २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । यही मितिमा फिल्म ‘बगान’ पनि प्रदर्शनमा आउँदैछ ।

Results : 2737 - 2742 of 22679