
तेलुगू फिल्मले भारतको मूलधार मानिने बलिउडभन्दा ठूलो फड्को मारिसकेको छ । कुनै समय तेलुगू फिल्मलाई क्षेत्रीय भाषाको फिल्मको रुपमा मात्र हेरिन्थ्यो । तर, अहिले सबैभन्दा चासोको इन्डस्ट्री बनेको छ । भारतमै सर्वाधिक पखाई तेलुगू फिल्मको हुने गर्छ । र, कमाईमा पनि अब्बल बनिरहेको छ । तेलुगू फिल्मको बढ्दो बजारसँगै त्यहाँका अभिनेताहरुको पारिश्रमिक चुलिँदो छ ।

आगामी भदौ १४ गतेदेखि दुई फिल्म ‘गणपति’ र ‘ऐँचो पैँचो’ एकसाथ प्रदर्शनमा आउँदैछन् । रोचक कुरा के छ भने दुवै फिल्ममा अभिनेता मुकुन भुषाल मुख्य भूमिकामा छन् । र, यी दुवै फिल्मको टिमबीच प्रचार सामाग्री सार्वजनिक गर्न प्रतिस्पर्धा नै चलेको छ । शुक्रबार दिउँसो ‘ऐँचो पैँचो’को टिजर रिलिज गरियो । साँझपख ‘गणपति’को ‘टुकी झ्याप’ बोलको गीत सार्वजनिक गरिएको छ ।

निर्मात्री कृषा चौलागाईंले निर्देशनको सपना पूरा गरेको फिल्म ‘ऐँचो पैँचो’को टिजर सार्वजनिक भएको छ । फिल्मले राजनीतिक र प्रेमकथाको विषयलाई उठान गरेको टिजरले बुझाउँछ । माला लगाएका मुकुन भुषाललाई उचालेको दृश्यबाट सुरु भएको टिजर स्वस्तिमा खड्काले आफैँलाई अनुहारमा रंग दलेको दृश्यबाट अन्त्य छ । संवादरहित टिजरमा ब्याकग्राउन्ड म्यूजिक सशक्त छ ।

अभिनेता सारुक ताम्राकारको अन्त्येष्टि गरिएको छ । शुक्रबार दिउँसो पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरमा पिता सानु ताम्राकारले दागबत्ती दिएका छन् । उनका सारुक एउटै सन्तान थिए । अन्त्येष्टिभन्दा अघि सारुकको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । उनलाई श्रद्धाञ्जली दिन नयाँ तथा पुराना दर्जनौं कलाकारहरु पुगेका थिए ।

स्टारकास्टका कारण चर्चामा रहेको फिल्म ‘कामिनो’ अब संकटमा देखिएको छ । फिल्ममा निश्चित भएका कलाकारहरु श्रृंखलाबद्ध रुपमा बाहिरिरहेका छन् । सबैभन्दा पहिला सौगात मल्लले छाडे । बलिउड अभिनेता अनुपम खेरको एक्टिङ स्कुलमा अभिनय सिक्नका लागि नीति शाहले पनि फिल्म छाडिसकेको अवस्था छ । अब राजबल्लभ कोइरालाले पनि फिल्मबाट हात झिकेका छन् ।

विश्वमै नाम चलेका सेलिब्रेटीहरुले आत्महत्याको बाटो रोजिरहेका छन् । यसले कलाकारहरुको मानसिक स्वास्थ्यलाई लिएर विश्वमै व्यापक बहस भैरहेको छ । नेपालमा भने सामान्य रुपमा लिइँदै आएको छ । बिहीबार नेपाली फिल्मका अभिनेता सारुक ताम्राकार घरमै झुण्डिएको अवस्थामा भेटिएपछि फिल्म क्षेत्रमा कलाकारहरुको मानसिक स्वास्थ्यको बारेमा बहस सुरु हुन थालेको छ ।