Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23119 - 23124 of 23984
फिल्मीखबर, काठमाण्डौ, 2011-03-01, मंगलवार
मोफसलका हलहरूमा अग्रपंक्तीमा गनिने हल मध्येको एक हो पोखराको बिन्ध्वाबासिनी हल । करिब ३ दशक देखि नेपाली चलचित्र क्षेत्रलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा बिशेष योगदान दिँदै आएका उत्तम दुवाले २०४३ सालबाट सञ्चालनमा ल्याएको सो हलमा निर्माताहरू चलचित्र चलाउन तछाडमछाड गर्छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-03-01, मंगलवार
बासुदेव पोखरेलले निर्देशन गरेको चलचित्र 'म बिर्सुं कसरी' को छायाँकन समाप्त भएको छ । मंगलबार काठमाण्डौको कपनमा रातभर छायाँकन गरेर चलचित्रको छायाँकन कार्य सकिएको निर्माता रिमेश अधिकारीले जानकारी दिए ।
फिल्मीखबर, काठमाण्डौ, 2011-03-01, मंगलवार
साईलेन्स ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ब्याच नम्बर १६ को प्रदर्शन मिती पुन: सरेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-03-01, मंगलवार
संगीत उद्योग संघ र एक सयभन्दा बढी म्युजिक कम्पनी मिलेर नेपाली गीत आधिकारिक रूपमै पेनड्राइभ र मेमोरी कार्डबाट सुन्न पाइने व्यवस्था लागु गर्ने भएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-03-01, मंगलवार
चलचित्र विकास बोर्ड र ग्रुप फोर प्रोडक्सनले सोमबार राजधानीमा चलचित्रकर्मी महिलाको सशक्तीकरणमा राज्य तथा निजी पक्षको भूमिकाका बारेमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा  चलचित्रकर्मीहरुले महिला सहभागिता बढाई सशक्तीकरण गर्न राज्य र निजी क्षेत्रबाट प्रोत्साहन गर्नुपर्ने माग उठाएका छन् ।
सुमन गैरे, काठमाण्डौ, 2011-03-01, मंगलवार
अष्ट्रेलियन नायिका सराह मावे काठमाण्डौमा छायाँकन भईरहेको नेपाली चलचित्र 'डेस्टिनेशन काठमाण्डू' मा अभिनय गर्नमा व्यस्त छिन् । 'सेभेन्थ हन्टिङ', 'भेनगार्ड' र 'न्यूटनस् थर्ड ल' गरी तीन अंग्रेजी चलचित्रमा अभिनय गरिसकेकी सराह 'डेस्टिनेशन काठमाण्डू' का लागि अष्ट्रेलियाबाटै अडिसन दिएर नेपाल आएकी हुन् ।
Results : 23119 - 23124 of 23984